मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

क्षेत्रीय»

महायज्ञबाट अस्पताललाई २ अर्ब

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक २१ - मनमोहन मेमोरियल सामुदायिक अस्पताल भवन निर्माणका लागि लगाइएको श्रीमद्भागवत बृहत् ज्ञान महायज्ञको आठौं दिनसम्ममा भूमि र नगद गरी करिब २ अर्ब रुपैयाँ संकलन भएको छ । 

महायज्ञमा ललितपुर लुभु लामाटार गाविसले ५ सय रोपनी जग्गा मनमोहनका नाममा सुम्पिएको घोषणा गरेको थियो । उक्त जग्गाको हालको मूल्य करिब डेढ अर्ब रहेको गाविसले जनाएको छ ।

त्यस्तै लामाटार गाविसका विभिन्न सहकारीहरूले भवन निर्माणका लागि १ करोड रुपैयाँ दिने लामाटार गाविसका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यले घोषणा गरे । यसअघि धादिङ छत्रेदेउराली गाविसले ९ सय रोपनी जग्गा दिएको छ ।

 महायज्ञमा विभिन्न दाताबाट करिब १७ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा भइसकेको महायज्ञ आयोजक समिति अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कान्तिपुरलाई बताए ।

सहदेव कक्षपतिले एक करोड एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा भएको थियो । उमेश श्रेष्ठबाट ५५ लाख ५५ हजार, विदेशी नागरिक डब्लूईऊ लिक्जियाङबाट ५० लाख, सुवास काफ्ले २० लाख २५ हजार, त्रिरत्न महर्जनबाट १०  लाख ३३ हजार, मधुसूदन भण्डारीबाट रु. १० लाख, एस घिमिरे १० लाख, राजेन्द्रप्रसाद पाण्डेबाट १० लाख उपलब्ध हुने भएको छ ।

त्यस्तै सुदर्शन शर्मा घिमिरेबाट १० लाख, कृष्णप्रसाद सिंखडाबाट ७ लाख ५० हजार, होमबहादुर बुढाथोकीबाट ५ लाख ११ हजार, जनार्दन ढकालबाट ५ लाख ५ हजार, डा. रामकुमार अधिकारीबाट ५ लाख, तुलसीप्रसाद अधिकारीले ३  लाख ३ हजार, शिव खकुरेलले २ लाख ११ हजार, नेकपा -एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चबाट २ लाख उपलब्ध गराउने घोषणा भएको छ ।

 डा. नुतन गौतमबाट एक लाख १५ हजार, इन्द्रकुमारी आचार्य एक लाख ११ हजार, कृष्णप्रसाद रिमाल एक लाख ११ हजार, ओमविक्रम राणा एक लाख ११ हजार, रामप्रसाद बजगाईंबाट एक लाख एक हजार, हिमालयन जब एक्प्लोरर  एक लाख एक हजार, रामप्रसाद नेपाल एक लाख, पवनकुमार अग्रवाल एक लाख, डोलप्रसाद दाहाल एक लाख, डा. यदुचन्द्र घिमिरे एक लाख, धिरज थपलिया एक लाख, कमला ढकाल एक लाख, बाबुकाजी/विन्द्रा प्रधान १ लाख,  यज्ञकुमारी भण्डारीले एक लाख दिने घोषणा गरेका छन्् ।

त्यस्तै शिवहरि दंगाल एक लाख, सन्देश पाठक एक लाख, डा. घनश्याम गुरुङबाट एक लाख, डा.रामेश्वरमान श्रेष्ठ एक लाख, मोती पाठक एक लाख, कृष्णकुमारी श्रेष्ठ एक लाख, चन्द्रमान गुरुङ एक लाख, विष्णु पन्थीबाट एक लाख,  राजेन्द्र बराल एक लाख, उमेशप्रसाद लामिछानेबाट एक लाख उपलब्ध हुने भएको छ ।

यज्ञबाट संकलित रकमबाट ७ सय शय्याको मनमोहन मेमोरियल सामुदायिक अस्पताल निर्माण गरिने छ भने ५ विकास क्षेत्रमा १-१ वटा १५/१५ शय्याको मनमोहन मेमोरिलय अस्पताल सञ्चालन गरी ५ वर्षभित्रमा सो अस्पताललाई ५०  शय्याको बनाउने लक्ष्य लिइएको छ ।

अस्पतालले ७५ वटै जिल्लामा ५ लाख रुपैयाँको मनमोहन स्मृति स्वास्थ्य कोष स्थापना गरिने छ  भने ५०/५० लाखको पत्रकार र मजदुर उपचार अक्षयकोष खडा गरिनेछ । अस्पतालले ७० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई १५ शय्या,  नेत्रहीन र अपाङ्गका लागि १० शैया निःशुल्क उपचार सेवा उपलब्ध बनाएको छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा