क्षेत्रीय»
महानगरले नयाँ सडक नबनाउने
काठमाडौं, २०६६ कार्तिक २१ - सडक डिभिजन र काठमाडौं महानगरपािलकाले थप नयाँ सडक नबनाउने भएका छन् । बजेट अभाव देखाउँदै नयाँ नबनाउने भएका हुुन् । भएको रकमचाहिं मर्मतमा खर्च गर्ने भएका छन् ।
बजेट नभएको भन्दै काठमाडौं महानगरपालिकाले यो आर्थिक वर्षमा नयाँ सडक नथप्ने भएको हो । बजेट कम भएका कारण महानगरले भएका सडक मर्मत मात्र गर्ने योजना बनाएको छ । मर्मतअन्तर्गत खाल्टाखुुल्टी टाल्ने, भत्किएको बनाउनेलगायत पर्ने छन् ।
महानगरले एक हजार पचास किलोमिटर सडक हेर्दै आए पनि त्यसको तुुलानामा बजेट कम दिएपछि नयाँ सडक बनाउन नसक्ने महानगर सडक विभागका सुुरज शाक्यले कान्तिपुुरलाई बताए । 'नयाँ सडक थप्न हामीसँग बजेट छैन,' उनले भने, 'सडक बोर्डले दिएको बजेट मर्मतमा पनि अपुुग हुुन्छ ।' उनले सरकारले महानगरलाई पूर्वाधार मात्र जिम्मा लगाएको बताए ।
सडक बोर्डले महानगरलाई यो आर्थिक वर्षमा डेढ करोड रुपैयाँमात्र छुुट्याएको छ । महानगरको आन्तरिक स्रोत भए पनि नयाँ सडक बनाउन त्यो बजेट लगाउन नसकिने मानन्धरले बताए । 'हाम्रा आन्तरिक स्रोतले धेरै काम हेनर्ुुपर्ने हुुन्छ,' उनले भने, 'आन्तरिक स्रोतबाट गरिने कामको योजना छनोट गरिरहेका छौं ।'
सडक निर्माणको अर्को जिम्मा पाएको काठमाडौं सडक डिभिजन कार्यालयले २५ किलोमिटर मात्र सडक कालोपत्रे गर्ने भएको छ । ती सडक पहिलेदेखि कालोपत्रे नभई सञ्चालनमा आएका हुुन् । 'मागअनुुसारको बजेट छैन,' डिभिजन प्रमुुख बलराम मिश्रले भने, 'धेरै सडक मर्मत गर्छौं ।' भित्री सडक पनि पहिले प्रयोगमा आएका तर कालोपत्रे नभएकालाई गर्न लागेको हो ।'
यस्तै बाग्मती, विष्णुुमती र धोबीखोला करिडोरअन्तर्गत झन्डै ५ किलोमिटर कालोपत्रे गर्ने योजना बनाएको छ । करिडोरमा पनि गाडी गुुड्दै आएका छन् । बाग्मती करिडोरको तिलगंगा पुुलदेखि सिनामंगल, तीनकुुने पुुलदेखि भित्र बाँकी रहेको केही भागमा डेढ किलोमिटर कालोपत्रे गराउने छ । विष्णुुमतीमा गोंगबुुदेखि नयाँबजार तिरको सडक केही कालोपत्रे गर्ने योजना डिभिजनको छ ।
यस्तै धोबीखोला करिडोरको ओम अस्पताल चाबहिलदेखि भत्केको पुुलसम्म ५ सय मिटर कालोपत्रे गराउने छ । यो सडक अघिल्लो आर्थिक वर्षमै कालोपत्रे भइसक्नुुपर्ने थियो तर ठेकेदारले काम नगरेपछि रकम 'पि|mज' भएको मिश्रले बताए । यस्तै रातोपुुल र कालोपुुलबीचमा पनि ५ सय मिटर सडक कालोपत्रे गरिने छ । ललितपुुरको भाग उसलै हेर्ने छ ।
बाग्मती, विष्णुुमती र धोबीखोला करिडोरको काम चुुस्त रूपमा अघि बढाउन खोला किनारमा बनिएका 'अवैध' घर र सुुकुुम्बासीले अवरोध पुुर्याएको सडक निर्माणमा सम्बद्ध इन्ज्िनियरहरूले बताए । यस्तै कलंकी नागढुुंगा सडकको चौडा बढाउने काम पनि भइरहेको छ । त्यहाँ स्थानीयवासीले अवरोध गरिरहेका छन् । अन्य स्थानमा भने सडकको स्तर वृद्धि गरिने योजना सडक डिभिजनको छ । यस्तै विष्णुुमती करिडोरअन्तर्गत डल्लुुदेखि टेकुुसम्मको सडक महानगरपालिका र नगर विकास समितिले संयुुक्त रूपमा हेर्दै आएका छन् ।
भएका सडकको स्तर वृद्धि र केही सडकको चौडा बढाउन सकेमा ट्राफिक जाम हदसम्म नियन्त्रण हुुन सक्ने देखिन्छ । केही दिनअघि एडीबीको सहयोगमा सडक विभागले ट्राफिक व्यवस्थापन र सडकको क्षमता वृद्धि गर्न छलफलसमेत गरेको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुुख एआईजी विनोद सिंहले चुुस्त ट्राफिक व्यवस्थापनका लागि पूर्वाधार जरुरी भएको बताए । गाडी आयातको तुुलनामा सडक नभएको उनले बताए । '६०-७० हजार गाडी गुुड्ने सडकमा जस्ताको त्यस्तै भएको तर सवारी ४ लाख नाघिसकेको अवस्थामा २५ किलोमिटर सडक नगन्य हुुन्छ,' उनले भने, 'हरेक मुुख्य सडकलाई वैकल्पिक चाहिने बेला भएको छ ।' राजधानीवासीको जीवनस्तर दिनहुुँ बढिरहेको अवस्थामा दीघर् कालीन रूपमा जाम नियन्त्रणका लागि ठोस कदम चालिनुुपर्ने उनको भनाइ छ । 'हिजो पैदल हिंड्ने आज मोटरसाइकल चढ्छ, आज मोटरसाइकल चढ्ने भोलि गाडी चढ्छ,' उनले भने, 'त्यो गाडीलाई राख्ने र गुुडाउने सडक चाहियो ।'
प्रशासनमन्त्री निरीक्षणमा
मकर श्रेष्ठ
भक्तपुर- निजामती कर्मचारीको सरुवा/बढुवामा व्यस्त रहँदै आएका सामान्य प्रशासन मन्त्रीले शनिबार गृहजिल्ला भक्तपुरस्थित अरनिको राजमार्ग निरीक्षणका लागि फुर्सद मिलाए । ताथली गाउँ कमिटीको अधिवेशन सकेर फर्केका सामान्य प्रशासन मन्त्री रवीन्द्र श्रेष्ठ त्यतिकै फर्किएनन्, एक किलोमिटर सडक पैदलयात्रा गरी सडकको अवस्था बुझे अनि तत्काल मर्मत गर्न निर्देशनसमेत दिए ।
कार्यक्रमस्थल ताथली जाँदाजाँदै प्रमुख जिल्ला अधिकारी दीपक नेपाल र डिभिजन सडक कार्यालयका प्रमुख वसन्तलाल श्रेष्ठलाई फोन गर्न लगाए अनि खाल्डाखुल्डी भएको सडकमा आउन एमाले जिल्ला सदस्य वचन देउजालाई समेत आदेश दिए ।
ताथलीको कार्यक्रम छोट्याएर सडक निरीक्षणका लागि लगत्तै फर्किए । सूर्यविनायकबाट सल्लाघारीसम्मको दुई किलोमिटर हिँडेरै निरीक्षण गर्ने उनको योजना थियो । सूर्यविनायकमा १० मिनेट पखिर्ंदा पनि सडक कार्यालयका प्रमुख नआएपछि भौंताएरि सल्लाघारी पुगे ।
शनिबार बिदा मनाउन बसेका प्रमुख वसन्तलाल मन्त्रीको फोन आएपछि सल्लाघारीमा आइपुगे अनि मन्त्रीले साधे, 'खाल्डाखुल्डी उप्केको धेरै भइसकेछ किन मर्मत नगरेको ?'
मन्त्रीको कुरा फुत्किन नपाउँदै वसन्तलालले जबाफमा जापान सरकारले सडक फराकिलो बनाउने भएपछि बजेटै विनियोजन नभएकाले पिच नभएको बताए । चार महिनापछि सडक विस्तार आयोजनाले खाल्डाखुल्डी भएको ठाउँमा निर्माण सुरु गर्ने योजना रहेको सुनाए । सडकका प्रमुख भेटाएपछि गाडीबाट झरेर मन्त्री, सडक कार्यालयका प्रमुखलगायत सल्लाघारीदेखि चुनदेवी भक्तपुर गेस्टहाउस जाने बाटोसम्म हिँडेर सडक निरीक्षण गरे ।
निरीक्षणपछि ६ लेनको रूपमा विस्तारका लागि चार महिनासम्म मर्मत नहँुदा सडकको धुलोले सर्वसाधारण बिरामी पर्ने भएकाले तत्काल मर्मत गर्न मन्त्रीले निर्देशन दिए । 'गाडी गुडोस्, धुलो नउडोस्,' उनले भने, 'राजधानीभित्रै यस्तो सडक देख्न नपरोस् ।'
माथिल्लो निकायमा पनि आपै+mले कुरा राख्ने उनले बताए । सर्वसाधारणले यात्रा गर्दा बिनाकष्ट ओहोरदोहोर गर्न सक्ने सडक बनाउन निर्देशन दिएका हुन् ।
सडक मर्मतका लागि सोमबार सर्वपक्षीय बैठक राख्न सडकका प्रमुखलाई निर्देशन दिएका छन् । बैठकमा सडकसँग सरोकार राख्ने कार्यालयका प्रमुख, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव, जिल्लाका कार्यालय प्रमुखलगायत उपस्थित गराउन मन्त्रीले निर्देशन दिएको देउजाले बताए ।
सडकका प्रमुख श्रेष्ठले खाल्डाखुल्डी पुर्ने काम यस अघिदेखि निरन्तर गरिरहेकाले थप समाधान खोज्ने बताए । सोमबार हुने सर्वपक्षीय बैठकमा समाधान कसरी गर्ने भन्ने विषयमा सडक विभागमा छलफल गरिने उनले बताए । 'कामदारले खाल्डाखुल्डी पुरे पनि त्यति टिकेन,' उनले भने, 'मन्त्रीजयूको निर्देशनपछि कसरी समाधान खोज्ने भन्ने सोचिरहेको छु ।'
सडक कार्यालयले दैनिक दुईपटक पानी हालेर धुलो उड्न कम गरेको दाबी गरे पनि राजमार्ग हँुदै दुईपांग्रे र पैदलयात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । दुई वर्षदेखि राजमार्गमा खाल्डाखुल्डी भए पनि ग्राभेल मात्र भर्ने गरेको छ । पिच गर्ने बजेट नभएको भन्दै सडक डिभिजन पन्छिने गरेको छ ।












