मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष चौथी नेपाल संवत् ११३० मुद्रण संस्करण

समाचार»

नेपाली र भारतीय माओवादीबीच नैतिक सम्बन्ध ः पिल्लाई

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक २१ - भारतीय गृहसचिव गोपाल के पिल्लाईले नेपाल र भारतका माओवादीबीच 'नैतिक सम्बन्ध' रहेको बताएका छन् ।

दुई दिने गृहसचिवस्तरीय बैठकपछि राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा गृहसचिव पिल्लाईले भने, 'नेपाल र भारतका माओवादीबीच नैतिक सम्बन्ध छ भन्ने थाहा छ तर उनीहरूबीच ठोस सम्बन्ध रहेको प्रमाण फेला पारेका  छैनौं ।' पिल्लाईले नेपाल र भारतका माओवादी वैचारिक रूपमा समान नभएको बताए । उनले भारतका माओवादीहरू सशस्त्र द्वन्द्वलाई आत्मासाथ गरेर हिँडिरहेको तर नेपालका माओवादी भने बहुदलीय प्रजातन्त्रमा आइसकेको बताए । बै ठकमा सुपुर्दगी सन्धि, आतंकवाद, अन्तरसीमा अपराध, नक्कली मुद्रालगायतका दुईपक्षीय सुरक्षाबारे कुराकानी भएको थियो । पिल्लाईले सुपुर्दगी सन्धिले अन्तिम रूप पाइसकेको बताउँदै त्यसमा हस्ताक्षर गर्न भारतले नेपाललाई दबाब  नदिएको बताए । उनले नेपालको अनुकूलता मिल्नासाथ सन्धिमा हस्ताक्षर हुने पनि बताए । गृहसचिव गोविन्द कुसुमले देशको बृहत्तर हितलाई ध्यानमा राखी राजनीतिक सहमतिको आधारमा सन्धिमा हस्ताक्षर हुने बताए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा