कला र शैली»
सरस्वतीको दोस्रो कवितासंग्रह
पोखरा, २०६६ कार्तिक १७ - युवा कवयित्री सरस्वती 'प्रतीक्षा' ले दोस्रो कविता कृति 'बिम्बहरूको कठघरा' बजारमा ल्याएकी छन् ।
समालोचक प्राडा गोविन्दराज भट्टराईले हालै उक्त संग्रह सार्वजनिक गर्दै सरस्वतीका कविता समकालीन चेतना र बिम्बात्मक प्रयोगका हिसाबले शक्तिशाली रहेको टिप्पणी गरे । कवि तीर्थ श्रेष्ठले नेपाली साहित्यमा नारी हस्ताक्षर अत्यन्त न्यून रहेको अवस्थामा सरस्वतीको साहित्यकर्म महत्त्वपूर्ण रहेको औंल्याए ।
कार्यक्रममा सरस्वतीपिता साहित्यकार सरुभक्त, समालोचक लक्ष्मीशरण अधिकारी, कवि तेजनाथ घिमिरे, भूपिन व्याकुल, ईश्वरमणि अधिकारी, निमेष निखिल, इन्द्र विकल्प, अम्बिका भट्टराईसमेतले 'बिम्बहरूको कठघरा' बारे टिप्पणी गरेका थिए ।
तपाईंको प्रतिकृया












