कला र शैली»
बेइमान बने फिल्म निर्देशक
काठमाडौं, २०६६ कार्तिक १७ - टेलिभिजनहुँदी 'बेइमान' उपमानले चिनिएका रविमान डंगोल अब नेवारी चलचित्र निर्देशकका रूपमा आउँदै छन् ।
'व मिसा' -ती केटी) को मंगलबार राजधानीमा शुभमुहूर्त गरियो । डंगोलका अनुसार उक्त चलचित्रमा कुनै पनि जातजातिका मानिस ठूलो र सानो नहुने तथा मानवताभन्दा ठूलो कुरा केही नभएको सन्देश दिने प्रयास गरिनेछ । प्रेम कथामा आधारित चलचित्रमा नरोत्तम मानन्धर र विनीता महर्जनको मुख्य भूमिका रहनेछ । लेखन सुरेश किरणको, नृत्य जितेन्द्र श्रेष्ठ र द्वन्द्व अष्ट महर्जनको छ ।
ग्वार्को युथ एसोसिएसनको प्रस्तुति रहेको चलचित्र काठमाडौं, ललितपुर, भक्तपुर र चितवनमा सुटिङ गरी छ महिनाभित्र तयार गर्ने योजना रहेको डंगोलले बताए ।
तपाईंको प्रतिकृया












