खेलकुद»
छोटकरी
२०६६ कार्तिक १७ - कराँतेमा दाङको वर्चस्व
नेपालगन्ज -कास)- दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि मंगलबार नेपालगन्जमा गरिएको क्षेत्रीय कराँते छनोट स्पर्धामा दाङको वर्चस्व रहेको छ । छनोट प्रतियोगितामा मध्यपश्चिमका १५ मध्ये नौ जिल्लाको सहभागिता थियो । दाङका खेलाडी पुरुष ५५ केजी समूहमा वसन्त केसी, ६७ केजी समूहमा हरिबहादुर घर्ती, महिला ५५ केजी समूहमा प्रतीक्षा बीसी र ६० केजीमा सीता बूढा विजयी भई छनोट भएका छन् । त्यस्तै, महिला टिम कातामा पनि दाङ विजयी भएको छ । पुरुष ६० केजी समूहमा प्युठानका शंकर विक, ७५ केजी समूहमा दैलेखका मानबहादुर डाँगी विजयी भएका छन् । त्यस्तै, महिला एकलकातामा बाँकेकी रविना साउद, पुरुष एकल कातामा रुकुमका मेलङ घर्ती र टिम कातामा सुर्खेत विजयी भएको रेप|mी दीपक गोसाईले बताए ।
रंगशालाका लागि धर्ना
इनरुवा -कास)- प्रस्तावित पूर्वाञ्चल क्षेत्रीय रंगशाला सुनसरी सदरमुकाम इनरुवामै निर्माण हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका इनरुवावासीले मंगलबार जिल्ला प्रसासन कार्यालय, सुनसरीमा एक घन्टा धर्ना दिएका छन् । रंगशाला निर्माण संघर्ष समितिको अगुवाईमा दिउँसो एक बजेदेखि एक घन्टा प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिइएको थियो । मूलगेटमै धर्ना दिएपछि सेवाग्राहीलाई समस्या भएको थियो । धर्नामा संघर्ष समितिका सदस्यहरू, पूर्वजिविस सभापतिहरू र विभिन्न राजनैतिक दलका प्रतिनिधि, खेलाडी र सर्वसाधारणको सहभागिता थियो ।
नुरानी अन्तिम चारमा
इटहरी -कास)- कविन्द्र चौधरीले गरेको निणर्ायक गोल मदतले आयोजक नुरानी स्पोर्टिङ क्लब क्षेत्रीय फुटबलको अन्तिम चारमा मंगलबार प्रवेश गरेको छ । नुरानीले इनरुवाको मितेरी क्लबलाई २-१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । नुरानी क्लबका लागि शेखर लिम्बू र कविन्द्र चौधरीले गोल गरे । बुधबारको पहिलो सेमिफाइनल झापा चन्द्रगढीको फेन्ड्स क्लब र एलेभेन एरोज, सुनसरीबीच हुनेछ ।
न्यु समिट विजयी
काठमाडौं -कास)- न्यु समिट प्रथम एलए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । मल्पीले पनि अन्तिम आठको स्थान सुरक्षित पार्यो । प्रतियोगिताको चौथो दिन न्यु समिटले दोहोरो जित आत्मासात् गर्यो । उसले पहिलोमा युलेन्समाथि ६८-६५ को कठिन जित दर्ता गर्यो । अर्कोमा जेम्सलाई ५६-४३ ले पराजित गर्यो । दुवै खेलमा विजेता टोलीका देवेन्द्र रानाले सर्वाधिक स्कोर गरे । उनले पहिलोमा २८ तथा दोस्रोमा २५ अंक जोडे । अर्को चरणमा न्यु समिटको भेट आइडियल मोडेलसँग हुनेछ ।












