खेलकुद»
ह्वाइटहाउसको जित
काठमाडौं, २०६६ कार्तिक १७ - ह्वाइटहाउस कलेजले सातौं प्राइम कप बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फराकिलो जित हासिल गरेको छ । उसले नेसनल क्याम्पसलाई ३५-९ ले हरायो ।
ह्वाइटहाउसले पहिलो क्वाटरमै जितको आधार तयार
पार्यो । उसले पहिलो क्वाटरमा १४-२ को अग्रता लियो । ह्वाइटहाउसले अन्तिम क्वाटरसम्म क्रमशः ५-२, ८-२ र ८-३ स्कोर गर्यो । विजयी टिमका लागि सजनी तामाङले ११ स्कोर योगदान गरिन् ।
जेभियर र नेसनल क्याम्प्ासबीचको प्रतिस्पर्धामा जेभियर ३१-२८ ले विजयी भयो । जेभियरले पहिलो क्वाटरमै राम्रो प्रदर्शन गर्यो । उसले उक्त क्वाटरमा ११-४ स्कोर गर्यो । विजयी टिमले दोस्रोमा ४-११, तेस्रोमा ९-७ र अन्तिममा
७-६ स्कोर गरेर जित हात
पार्यो । विजयी टिमका लागि मनीष मानले १० स्कोर जोडे ।
अर्को प्रतिस्पर्धामा केतन खडकाको २२ स्कोर मदतले आयोजक प्राइमले एनसीसी कलेजमाथि ६९-१२ कोे सहज जित निकाल्यो । प्राइमले सुरुदेखि एनसीसीलाई दबाबमा राख्यो । उसले पहिलोमा १३-६ स्कोर गर्यो । विजयी टिमले दोस्रोमा २१-२ स्कोर जोड्यो । तेस्रोमा २२-४ र अन्तिम क्वाटरमा १३-० स्कोर गर्यो । महिलातर्फको अर्को खेलमा जेभियरले ओरिएन्टमाथि १४-९ को जित दर्ता गर्यो । पहिलो क्वाटरमा बराबरमा रहेको खेल दोस्रो क्वाटरमा १-४ ले ओरिएन्टले अग्रता लियो । तेस्रो क्वाटरमा ३-३ स्कोर बनायो । अन्तिम क्वाटरमा जेभियरले ८-० ले जित हासिल गर्यो । विजयी टिमकी सीमा कार्कीले १० स्कोर गरिन् ।
पुरुषतर्फको अर्को खेलमा विजय गुरुङको २१ स्कोर मदतले ह्वाइटफिल्डले ग्यालेक्सी कलेजमाथि ३३-३१ को साँधुरो जित हासिल गर्यो । ह्वाइटफिल्डले पहिलो क्वाटरमा ७-६ को अग्रता लियो ।
उसले दोस्रो र तेस्रोमा अग्रता कायम राख्न सकेन ।
अन्तिम क्वाटरमा १५-६ स्कोर जोड्यो ।
अर्को खेलमा एसमाथि सीपीएसले ४३-४२ को साँधुरो जित हासिल गर्यो । विजयी टिमले पहिलो क्वाटरमा ११-७ स्कोर गर्यो । दोस्रोमा १६-५, तेस्रोमा ४-१२ र अन्तिममा १२-१८ अंक बटुल्यो । विजयी टिमका लागि सन्दीपले १९ स्कोर योगदान गरेे ।
ब्याइजतर्फ गोल्डेनगेट र क्याम्पियनबीचको खेलमा गोल्डेनगेट ४२-२४ ले विजयी भयो । अर्को प्रतिस्पर्धामा ह्वाइटहाउसले भीएस निकेतनमाथि ३८-३३ को जित निकाल्यो ।












