मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

खेलकुद»

बास्केटबलमा लगातार तेस्रो हार

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १७ - नेपालले भियतनाममा सञ्चालित तेस्रो इन्डोर एसियाली खेलकुद प्रतियोगितामा बास्केटबलतर्फ तेस्रो खेलमा पनि हार बेहोरेको छ ।

नेपाल थाइल्यान्डसँग ३५-११ ले पराजित भयो । नेपालका तर्फबाट सदीश प्रधानले ६ तथा विपेन्द्र महर्जनले ५ अंक स्कोर गरेका थिए । नेपाल अघिल्ला लिग खेलमा कुवेत र जोर्डनसँग पराजित भइसकेको छ

यस्तै सात, आठ र नवौं चरणको बुद्धिचाल खेलमा नेपाली खेलाडीले सुखद नतिजा निकाल्न सकेनन् । महिला सिंगल्सतमार्फको सातौं, आठौं र नवौं चरणको र्‍यापिड खेलमा मोनालिसा खम्बूले एकमात्र जित हात पारिन् । अस्मिताले पनि एक खेल जितिन् । मोनालिसाले माल्दिभ्सकी मोमिना मोहम्मदलाई नवौं चरणको खेलमा पराजित गरेर पहिलो जित हात पारिन् भने सातौं र आठौं चरणमा क्रमशः थाइल्यान्ड र मकाउकी खेलाडीसँग हारिन् ।

अस्मिताले नवौं चरणमा जोर्डनकी राया अल्नाइमटलाई पराजित गरेर पनि आठौं चरणमा उज्वेकिस्तानी ओल्गा सविरोभासँग चुकिन् । नेपाल च्याम्पियन बद्रीलाल नेपालीले छैटौं चरणमा ताइपेईका याङ लिउलाई पराजित गरे र सातौ चरणमा  मंगोलियाली वाल्गनसँग हाररे । उनले आठौं चरणमा अफगानिस्तानका आवासिम महादीलाई पाखा लगाए पनि  नवौं चरणमा थाई खेलाडीसँग हारे ।

विलमलाल श्रेष्ठले छैटौं, सातौं र नवौं चरणमा सनसनीपूर्ण नतिजा निकाल्दै जापान तथा दुई अफगानिस्तानी खेलाडीलाई हराए । पुरुष सिंगल्स स्नुकरमा सरोज मुल्मी दोस्रो चरणमा पराजित भए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा