मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

खेलकुद»

एसओएस क्वाटरफाइनलमा

मध्यपुर ठिमी

काठमाडौं, २०६६ कार्तिक १७ - एसओएस, जेम्स र सेन्ट जेभियर्स स्कुल टीभीएस टायर्स कप तेस्रो अन्तरस्कुल आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा मंगलबार प्रवेश गरेका छन् । एसओएसले सिद्धार्थ वनस्थलीलाई, जेम्सले नेक्ससलाई, सेन्ट जेभियर्सले मेरिगोल्डलाई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

सानोठिमी खेल मैदानमा सञ्चालित प्रतियोगितामा एसओएसले सिद्धार्थ वनस्थलीलाई ३-२ ले हरायो । निर्धारित समयसम्म दुवै टिमले कुनै गोल गर्न नसकेपछि टाइब्रेकरका आधारमा एसओएस जित हात पार्न सफल भएको हो । टाइब्रेकरमा एसओएसका तर्फबाट गोल गर्नेमा सुरज थापा, विवेक श्रेष्ठ, निश्चल गाथे थिए भने सिद्धार्थका तर्फबाट सुनिल लामा र कर्म नर्बु लामाले गोल गरे । खेलको 'म्यान अफ द म्याच' विजेता टिमका गोलरक्षक टेक लम्साल भए ।

मध्यपुर युथ एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको दोस्रो खेलमा जेम्स स्कुलले नेक्ससलाई ५-० गोलको फराकिलो अन्तरले हरायो । जेम्सका विशेष जोसीले खेल सुरु भएको एक मिनेटमै गोल गरेका थिए । विजय भूषणले १५ औं मिनेटमा थप एक गोल थपे । त्यसैगरी अतुल गौतमले लगातार तीन गोल

गरे । उनले ३५, ४७ र ६२ आंै मिनेटमा गोल गरेका थिए ।

तेस्रो खेलमा सेन्ट जेभियर्सले मेरिगोल्ड स्कुललाई ४-० ले हरायो । उसका लागि विवेक प्रधानले ह्याट्रीक गरे । उनले खेल सुरु भएको एक मिनेटमै गोल गरे । त्यस्तै लगातार २९ र ३७ औं मिनेटमा थप गोल गरे । तेजस्वी केसीले ४२ औं मिनेटमा एक गोल हाने । खेलमा तीन गोल गर्ने विवेक 'म्यान आफ द म्याच' घोषित भए । 

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा