मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

मार्जिन लेन्डिङ पुनरावलोकन गर्न माग

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १७ - सेयर बजारमा लागनी वृद्धि गर्न मार्जिन लेन्डिङ -सेयर धितो राखी गरिने ऋण प्रवाह) मा पुनरावलोकन गर्न सरोकारवालाहरूले माग गरेका छन् । सेयर बजार लगातार ओरालो लागिरहेपछि अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरूले मार्जिन लेन्डिङलाई नवीकरण गर्न मिल्ने बनाई लगानीको दायरा बढाउनुपर्ने बताए ।

सेयर धितोमा अहिले १ सय ८० दिनको कारोबार मूल्यको औसत निकालेर त्यसको ५० प्रतिशत कर्जा दिइने गरेको छ । सेयर मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै राष्ट्र बैंकको अगुवाइमा यस्तो व्यवस्था भएको हो । यो कर्जा नवीकरण पनि गर्न मिल्दैन ।

पुँजी बजार नियमकलाई स्वायत्तता मात्रै नभई बजार व्यवस्थित गर्ने औजार पनि दिनुपर्ने बैंकर्स संघका अध्यक्ष ससिन जोशीले बताए । यसैगरी पुँजीगत लाभकरलाई व्यवस्थित गर्नुपर्ने पनि उनको राय थियो । 'व्यक्तिगत रूपमा १० प्रतिशत पुँजीगत लाभकर बुझाउनुपर्ने भए पनि संस्थागत रूपमा लगानी गर्दा त्यो २५ प्रतिशतको हाराहारी पुग्छ,' उनले भने, 'यसले संस्थागत लगानीकर्ता आउने अवस्था छैन ।' पुँजीगत लाभकरलाई छोटो र लामो समय गरिने लगानीको आधारमा फरक बनाउनुपर्ने उनले बताए ।

निजी क्षेत्रको विकासका लागि पुँजी बजार अपरिहार्य रहेकाले यसमा सरकारले ध्यान दिनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले बताए । 'राजनीतिक अस्थिरताले यो बजारलाई असर गरेको छ,' उनले भने ।

पुँजी बजार विस्तार गर्न म्युचुअल फन्डलाई चाँडै ल्याएर संस्थागत लागनीलाई प्रोत्साहन गर्नुपर्ने विकास बैंक संघका अध्यक्ष झपट बोहोराले बताए । 'मार्जिन लेन्डिङ गर्दा कम्पनीलाई विभिन्न वर्गमा छुट्याएर लगानी गनुपर्छ,' उनले भने, 'यसले सुरक्षित लगानी हुनेछ ।' यसबाहेक नवीकरणको व्यवस्था हुनुपर्ने उनले माग गरे ।

बजारमा सेयरको संख्यामा मात्र धेरै वृद्धि भएको तर लगानीकर्ता बढ्न नसकेको सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले बताए । 'पुँजी बजारलाई विकेन्दि्रकृत गर्न सकिएको छैन,' उनले भने, 'संस्थागत लगानीकर्ता नभएर साना लगानीकर्ता मात्र केही आकषिर्त भएका छन् ।' बजारको दीर्घकालीन विकासका लागि केन्द्रीय निक्षेप प्रणाली चाँडै ल्याइनुपर्ने उनले बताए । 'म्युचुअल फन्डसम्बन्धी काम पनि छिटो गर्नुपर्छ,' उनले भने । सेयर बजारको तुलनामा घरजग्गामा धेरै फाइदा देखेर अहिले लगानी बाहिरिएको उनले बताए । 'लगानीकर्तामा

धैर्यको कमी छ,' उनले भने, 'यसका लागि नियामकले सही जानकारी दिइरहनुपर्छ ।'

वित्त कम्पनी संघका अध्यक्ष रामशान्त श्रेष्ठले पनि ५० प्रतिशत मात्र ऋण दिइने व्यवस्था अवैज्ञानिक भएको बताए । नागरिक लागनी कोष, बिमा समितिलगायत निकायले पनि सेयरमा लागानी गर्दै संस्थागत लगानीकर्ता वृद्धि गनुपर्ने इन्भेस्टर्स फोरमका सुदर्शन श्रेष्ठले बताए । 'घरजग्गाको क्षेत्रमा लगानी गर्न हुन्छ भने सेयरमा पनि लगानी गनुपर्छ,' उनले भने । पुँजी बजारको विकासका लागि गैरआवासीय नेपालीका साथै सार्क मुलुकबाट पनि लगानी आउने वातावरण बनाउनुपर्ने धितोपत्र दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले बताए । नेपाल स्टक एक्सचेन्जले केन्द्रीय निक्षेप प्रणालीको तयारीस्वरूप मुम्बई स्टक एक्सचेन्जसँग सम्झौता भइसकेको जानकारी दिएको छ ।

कार्यक्रममा अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका थिए ।





कमोडिटिजमा ध्यान दिइने

अर्थमन्त्री सुरेन्द्र पाण्डेले कमोडिटिज बजारमा नियमन गर्ने निकायको आवश्यकता रहेको बताउँदै यसका लागि छिट्टै काम गरिने बताए । बजारमा सरकारको ध्यान नगएकाले विकास हुन नसकेको कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपालका प्रमुख कार्यकारी अधिकृत विजय सत्यालले बताए । कृषि बजारलाई व्यवस्थापन गर्न कमोडिटिज बजारले सकारात्मक भूमिका निभाउने उनले बताए । सरकारले सहयोग गरे कमोडिटिज बजारबाट ठूलो राजस्व उठ्न सक्ने नेपाल डेरिभेटिभ एक्सचेन्जका निर्देशक सन्तोष प्रधानले बताए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console