देश»
छोटोछोटो
२०६६ कार्तिक १७ - क्षतिपूर्ति माग
सडक दुर्घटनामा मृत्यु भएका माम्लिङ ४ का मोतिराम लिंखाका परिवारले क्षतिपूर्ति माग गर्दै इलाका प्रहरी चैनपुरमा धर्ना दिएका छन् । असोज २ गते को१त ट्याक्टर दुर्घटनामा लिंखाको मृत्यु भएको थियो । ट्याक्टर धनीले मृतकका परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूति दिने भने पनि अहिलेसम्म दिइएको छैन ।
सांगीतिक कार्यक्रम
सूर्य आवासीय माविले अतिरिक्त क्रियाकलापअन्तर्गत प्रतियोगितात्मक सांगीतिक कार्यक्रम गरेको छ । विद्यार्थीको चौतर्फी विकासलाई ध्यान दिँदै गरेको प्रतियोगितामा एकल गायन, एकल नृत्य र समूहगत नृत्यमा चार समूहका ५६ विद्यार्थीले भाग लिएका थिए । कक्षा ३ देखि ५ सम्मका जुनियर र ६ देखि १० का सहभागीलाई सिनियरमा विभाजन गरी मूल्यांकन गरिएको थियो ।
दलितलाई बंगुर
स्याविन गाविस ९ का दलितलाई बि्रटेन नेपाल मेडिकल रुस्ट
-बीएनएमटी) ले बंगुर वितरण गरेको छ । खाँदबारी बजारमा १६ वटा बंगुरका पाठापाठी खरिद गरेर १६ दलित परिवारलाई हस्तान्तरण गरिएको हो । दलित समुदायको आर्थिक अवस्था सुधारका लागि करिब ३० हजार रुपैयाँ खर्च गरेर आयआर्जनको माध्यम बनाएको संस्थाका प्रमुख रघु धितालले बताए ।
बरुण सन्देश प्रकाशन
नेपाल पत्रकार महासंघले वरुण साप्ताहिक प्रकाशन थालेको छ । हरेक बुधबार प्रकाशित हुने पत्रिका सभासद डम्बरबहादुर खडकाले विमोचन गरे । इन्द्र गिरी सम्पादक, श्यामप्रसाद निरौला कार्यकारी सम्पादक र छेटु शेर्पा समाचार संयोजक रहेको पत्रिकाको प्रकाशक महासंघ हो । योसमेत संखुवासभामा ४ साप्ताहिक पत्रिका प्रकाशन हुन थालेका छन् । मकालु सन्देश, लालीगुराँस र संखुवासभा पोस्ट यसअघि प्रकाशन भइरहेका थिए ।
कुटपिटको विरोध
स्याबुन गाविस ९ का लोकबहादुर विकलाई टंकबहादुर श्रेष्ठले निर्घात कुटेका छन् । स्याबुन ७ मा श्रेष्ठले आफ्नो पसलभित्र लगेर विकलाई कुटेको भन्दै दलित जातीय संगठनले विज्ञप्तिमार्फत उनीमाथि कारबाही माग गरेका छन् । दलित संगठन दलित मुक्ति मोर्चा, दलित संघ र उत्पीडित जातीय मुक्ति समाजले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कडा कारबाही माग गरेका हुन् ।
ठक्करबाट दिदीबहिनीको मृत्यु
कास्की -कास)- कलेज बसको ठक्करबाट मंगलबार बिहान स्कुटरमा सवार दिदीबहिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे घर भई जनस्वास्थ्य कार्यालयमा कार्यरत २४ वषर्ीया सीता खवास र पोखरा कलेज अफ टेक्नोलोजीमा अध्ययनरत २० वषर्ीया जिया खवास छन् । माटेपानीबाट महेन्द्रपुलतर्फ स्कुटरमा आउँदै गरेका उनीहरूलाई रानीपौवामा पश्चिमाञ्चल उच्चमाविको ग१क ८६५ नको बसले ठक्कर दिएको
थियो । घटनामा जियाको घटनास्थलमै र सीताको फिस्टेल अस्पतालमा उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विश्वराज अधिकारीले बताए ।
बिरामीलाई फलफूल
ताप्लेजुङ -कास)- मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूहले जिल्ला अस्पतालका बिरामीलाई मंगलबार फलफूल वितरण गरेको
छ । मानव अधिकार शान्ति सञ्जाल स्थापना अवसरमा फलफूल वितरण गरिएको हो ।
कर्मचारी संगठनमा ढुंगेल
सिन्धुली -कास)- नेपाल निजामती कर्मचारी संगठन आठौं जिल्ला अधिवेशनले फणीन्द्र ढुंगेलको अध्यक्षतामा १८ सदस्यीय समिति निर्विरोध चयन गरेको छ । समिति उपाध्यक्षमा अमरबहादुर भुजेल, महिला उपाध्यक्ष तारा घिमिरे तथा सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः अनन्तराज न्यौपाने, हेमबहादुर थापा र तेजविक्रम थापा छन् । सदस्यमा ताराबहादुर नेपाली, रामदुलार शाहलगायत छन् । केन्द्रीय प्रतिनिधिमा नारायणबहादुर थापा, रामजीप्रसाद बराल र कमला दाहाल चयन भए ।
सामाचकेवा सकियो
इनरुवा -कास)- आपसी सद्भाव र प्रेमको पर्वका रूपमा लिइने सामाचकेवा स्थानीय थारू महिलाले मंगलबार उत्सवका रूपमा मनाएका छन् । थारू कल्याणकारी सभा नगर समितिको आयोजनामा भएको उत्सवमा महिलाले बलाहा नहरको पानीमा सामाचकेवालगायत अन्य माटोका प्रतिमा विसर्जन गरेर पूरा गरेका छन् । भाइटीकादेखि सामाचकेवासहित अन्य पात्रको माटोको मूर्ति बनाउन सुरु गरेकी थारू महिलाले निर्धारितभन्दा एक दिनपछि पर्व समापन गरेका हुन् । सभा सुनसरीका सल्लाहकार बद्रीलाल चौधरीका अनुसार पूणिर्माकै दिन अर्थात सोमबार राति नै सामाचकेवा बिर्सजन गर्नुपर्नेमा एक दिन पाहुना राखेर मंगलबार बिहानमात्रै गाउँ घुमाउँदै दिउँसो पर्व सकेका छन् ।
दुव्र्यवहारको विरोध
पर्सा -कास)- वीरगन्ज भन्सार प्रमुख केवलप्रसाद भण्डारीमाथि सोमबार भएको दुव्र्यवहारको जिल्ला उद्योग वाणिज्य संघले कडा विरोध गरेको
छ । संघले मंगलबार विज्ञप्ति जारी गरेर घटनाको कडा शब्दमा विरोध जनाएको हो । उच्छृङ्खल समूहबाट गरिएको दुव्र्यवहारको घटनाप्रति संघले कडा शब्दमा विरोध गर्दै दोषी व्यक्तिमाथि कारबाहीको माग गरिएको छ । विज्ञप्तिमा आउँदा दिनमा यस्ता घटना नदोहरिनेलगायत सुनिश्चितताको मागसमेत गरिएको छ । संघले निजामती कर्मचारीको राष्ट्रियस्तरका ट्रेड युनियनको संघर्ष समितिबाट जिल्लाका सम्पूर्ण सरकारी कार्यालय मंगलबार बन्द गर्ने गरेको निर्णयप्रति ऐक्यबद्धतासमेत जाहेर गरेको छ ।
कैदी पक्राउ
सिरहा -कास)- जिल्ला कारागारबाट फरार एक कैदीलाई मंगलबार प्रहरीले चतरीबाट पक्राउ गरेको छ । चतरी ७ बस्ने हलेसी दास तत्मालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो । मेला हेर्ने क्रममा कल्याणपुर प्रहरीले तत्मालाई पक्राउ गरेको प्रत्यक्षदर्शीले बताए । अघिल्लो वर्ष भदौ २९ गते कारागार मूल गेटबाट ५२ जना कैदी फरार भएका थिए ।
पुस्तकालयमा देवकोटा
सिन्धुली -कास)- कमला सामुदायिक पुस्तकालय ढुंग्रेवासको अध्यक्षमा अम्मरदीप देवकोटा निर्विरोध चयन भएका छन् । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः ठाकुरनाथ शर्मा, परशुराम थापा र शारदामणि खडका चयन भएका
छन् । पुस्तकालय साधारणसभाले रमा शर्मा, विनोद श्रेष्ठलगायत ६ सदस्य निर्विरोध चयन गरेको छ ।
वृद्धाको हत्या
सल्यान -कास)- लुटमा संलग्न अज्ञात समूहले कजेरी ६ हल्चौरकी ७० वषर्ीया वृद्धा विष्णु बुढाथोकीको हत्या गरेको छ ।
लुटपाट क्रममा बुढाथोकीको घाँटी थिचेर हत्या गरिएको प्रहरीले अनुमान गरेको छ । घरमा एक्लै रहेकी वृद्धामाथि मौका छोपी कानमा लगाएको गहना लुट्ने प्रयास गर्दा उनी कराउन खोजेपछि लुटेराले हत्या गरेको हुन सक्ने प्रहरीले जनाए । कानमा लगाएको सबै गहना लुटिएको प्रहरी नायब उपरीक्षक राजु मानन्धरले बताए ।
रगत अभाव
पर्सा -कास)- रक्त सञ्चार केन्द्र वीरगन्जमा रगत अभाव भएको जनाउँदै रक्तदातालाई रक्तदानका लागि अपिल गरिएको छ । केन्द्रले विभिन्न सामाजिक संघसंस्था र रक्तदातालाई रक्तदान गर्न आह्वान गरेको हो । यहाँका अस्पतालमा आउने बिरामीलाई मासिक ३ सय युनिटभन्दा बढी रगत आवश्यक
पर्छ । तर अहिले मासिक सय युनिट रगत पनि संकलन हुन नसकेको जानकारी दिएको छ । दसैं, तिहार, इद तथा छठजस्ता विभिन्न चाडका कारण रक्तदान कम भएकाले रक्त सञ्चार केन्द्रमा रगत कमी भएको केन्द्रको भनाइ छ । वीरगन्जमा छिमेकी जिल्लाबाट समेत बिरामी आउने हुँदा बिरामी चाप तुलनामा रगत कम भएको हो ।
गोली प्रहार
दाङ -कास)- अज्ञात समूहको गोलीबाट सोमबार राति एक जना गम्भीर घाइते भएका छन् । पुरन्धारा गाविस ९ भाङबारीकी ३३ वषर्ीय गम्मर चन्द रोकायलाई गोली लागेको जिल्ला प्रहरीले जनाएको छ । घाइते रोकायलाई राप्ती अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि नेपालगन्ज लगिएको छ । उनलाई कसले किन गोली हानेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धानका लागि प्रहरी चौकी पुरन्धाराको एक टोली घटनास्थल पठाएको स्रोतले जनाएको छ ।
पुल मर्मत नहुँदा समस्या
बुटवल -कास)- तीन वर्षअघि भत्किएको डन्डाखोला पुल अझै मर्मत नहुँदा उपभोक्तालाई समस्या परेको छ । खोलामा पुल नहुँदा झन्डै दर्जन गाविसका उपभोक्ता मर्कामा परेका छन् । यो पुलबाट गंगोलिया मक्रहर, हाटी फर्साटिकर, सिक्टहन छिपागढल गायतका बासिन्दा आवत जावत गर्दछन् ।
पुल भत्केपछि खासगरी कृषि उपज ल्याउन नपाएको गंगोलियाका किसान रामप्रसाद मरासिनीले गुनासो गरे । स्थानीय बासिन्दाले हिउँदमा बांसका भाटा राखेर बनाएको फडकेबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जिविसले यस वर्षको बजेटमा समेत यसका लागि बजेट नछुट्याएपछि उपभोक्ता चिन्तित बनेका हुन् ।
घरमा आगलागी
परासी -कास)- प्रतापपुर र सुनवलका दुई घरमा मंगलबार आगजनी हुँदा २ लाख बराबरको क्षति भएको छ । प्रतापपुरका लक्ष्मण हरिजन र सुनवलका कृष्णबहादुर गुरुङको घरमा आगो लागेको हो । हरिजनको घरमा टुकीको आगो सल्केको थियो भने गुरुङकोमा आगलागीको कारण नखुलेको जिल्ला प्रहरीले जनाएको छ ।
कार्गिलबाट र्फकँदा बेपत्ता
नेपालगन्ज -कास)- भारतको कार्गिलबाट मजदुरी गरेर फर्किने क्रममा बाँके बैजापुर ६ खैरेनीका सुन्दर थारू चन्द्रीगढबाट बेपत्ता भएका छन् ।
भारतीय लुटेराले नसालु पदार्थ ख्वाएर लुटपाट गरेपछि उनलाई बेपत्ता पारेका हुन् । उनीसँगै फर्केका दुई जना भने होस खुलेपछि घर आइपुगेका छन् । '२८ वषर्ीय सुन्दरको भने अत्तोपत्तो छैन,' उनका भाइ गोविन्द चौधरीले भने । लुटेराले तीन जनासँगको ९१ हजार भारु लुटेको उनले बताएका छन् । दाजुको खोजी गर्न नेपाल र भारतका प्रहरी, अधिकारकर्मी र सञ्चारकर्मीसँग उनले आग्रह गरेका छन् ।
बन्द गर्ने चेतावनी
बारा -कास)- उद्योग वाणिज्य संघले कलैयाका बेपत्ता राहुल शर्माको खोजी नगरिए बिहीबारदेखि अनिश्चित कालीन बन्द गर्ने चेतावनी दिएको
छ । अध्यक्ष सञ्जयप्रसाद गुप्ताले मंगलबार विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् । असोज ३ देखि कलैयाका कपडा व्यवसायी १३ वषर्ीय राहुल शर्मा हराएका छन् । शर्माको खोजीका लागि सम्बन्धित निकायमा बारम्बार अनुरोध गर्दा पनि अहिलेसम्म पत्ता लागेको छैन ।
खाद्यान्न कब्जा गर्ने चेतावनी
खोटाङ -कास)- राजापानीवासीले आफ्नो गाविसलाई सुक्खा क्षेत्र घोषणा गरी खाद्यान्न सुविधा उपलब्ध नगराएको भन्दै खाद्य संस्थानले ढुवानी गर्दै गरेको चामल बाटैबाट कब्जा गर्ने घोषणा गरेका छन् ।
यहाँका समुदायले महिनाअघि आफ्नो गाविसलाई सुक्खा क्षेत्र घोषणा गरी खाद्यान्न उपलब्ध गराउन माग राखेका थिए । खडेरीका कारण कुनै बाली नभएपछि गाउँमा अनिकाल सामना गनर्ुपरेको भन्दै सुक्खा क्षेत्र घोषणा गरी खाद्यान्न उपलब्ध गराउनुपर्ने माग गरेको स्थानीय कमलराज रेग्मीले बताए ।
सुनौलीमा आठ नेपाली लुटिए
परासी -कास)- भारतबाट रोजगारी गरी र्फकने क्रममा सीमाको सुनौली नाकाबाट नवलपरासी र तनहुँका आठ नेपाली युवा लुटिएका छन् । नवलपरासी रतनपुरका हेमबहादुर थापा मगर, सोनाम विश्वकर्मा, धर्मबहादुर नेपाली, नरमका यमबहादुर मगर, श्यामबहादुर सार्की र कोटथरका मनबहादुर मगरस तथा तनहुँ भेतेरीका जंगबहादुर मगर र रत्नबहादुर नेपाली लुटिएका हुन् । खुकरीसहित आएको १०/१२ जनाको समूहले घेरा हालेर लुटेको पीडित श्यामबहादुर सार्कीले बताए । लुटेरा समूहले उनीहरूसँग भएको करिब २ लाख ६८ हजार नगदसहित ल्याएका सामान लुटेका छन् ।
व्यापारी मृत फेला
रौतहट -कास)- रौतहटको चन्द्रनिगाहपुर २ का कपडा व्यापारी रमेश सिंग्देल मंगलबार साँझ मृत फेला परेका छन् । चन्द्रनिगाहपुर- मैढा नहरदेखि दक्षिणतर्फको जंगलमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । साइकलमा
कपडा राखी गाउँघरमा बिक्री गर्दै हिँड्ने सिग्देलको शव डढेको अवस्थामा परिवारजनले फेला पारेका हुन् । कपडा बिक्री गर्न हिँडेका सिग्देल चार दिनदेखि हराइरहेका थिए ।
दुर्घटनामा विदेशीको मृत्यु
बागलुङ -कास)- कालीगण्डकी नदीमा र्याफ्टिङ गर्न गएका एक विदेशी पर्यटकको मंगलबार दुर्घटनामा मृत्यु भएको छ । र्याफ्टिङबाट खसेकी हल्यान्डकी ३२ वषर्ीया सविने करपेलीजनको मृत्यु भएको प्रहरीले जनाएको छ । राहदानी नम्बर पीएनकेके डीडीआर ८ सी ७ की सविने बागलुङको बिनामारे गाविसमा पुगेपछि र्याफ्टिङबाट खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु
भएको थियो ।












