मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

मृत्युपछि अस्पताल तनावग्रस्त

शिव शर्मा

कास्की, २०६६ कार्तिक १७ - उपचारका लागि गएका लेखनाथ ११ का ४२ वषर्ीय तिलक खनालको मृत्युपछि मणिपाल शिक्षण अस्पताल पोखरा मंगलबार तनावग्रस्त बनेको छ ।

चिकित्सक लापर्बाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पताल घेराउ गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट मृतकका आफन्त सामान्य घाइते भएका छन् ।

बिहान सवा ९ बजे ओपीडीमा ईसिजी गर्दा सामान्य रिपोर्ट आएपछि घर पठाइएका खनाल १२ बजे पुनः छाती दुःखेको समस्या लिएर इमर्जेन्सीमा पुगेका थिए । पुनः ईसीजी गर्दा सामान्य रिपोर्ट

आएपछि बिरामीलाई 'पेन्टोसिट र बुस्कोपान' औषधि दिएको अस्पतालले जनाएको छ ।

इमर्जेन्सी कक्षमै शौच गर्न गएका खनाल आधा घन्टापछि शौचालयमा मृत फेला परेका थिए । अस्पतालले अकस्मात् बिरामीको मृत्यु भएकाले कारण थाहा नभएको जनाएको छ ।

आफन्तले लापर्बाहीले मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् । 'सामान्य समस्या लिएर आफैंले मोटरसाइकल चलाई अस्पताल पुग्दा ज्यान जान्छ भने कसरी विश्वास

गर्ने ?', मृतकका आफन्त धनञ्जय अधिकारीले भने, 'मृत्युको कारण माग गर्दा दिन नसक्नु, उल्टै प्रहरी लगाएर हातपात गरेर घाइते बनाइएको छ ।'

'औषधि चलाएपछि ट्वाइलेटमा पुगेका बिरामी केही समयपछि मृत अवस्थामा भेटिए,' अस्पतालका निमित्त निर्देशक डा. आशिष देले भने, 'बिरामीका आफन्तले मृत्युको कारण माग गरेकाले पोस्टमार्टमको लागि प्रहरीलाई पत्र लेखेका छौं ।' अस्पतालले उपचारमा कुनै लापर्बाही नभएको दाबी गरेको छ ।

घटनापछि अस्पतालमा आफन्त आक्रोशित भई भीड जम्मा

भएकाले सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ । आक्रोशित समूहले चिकित्सकमाथि हातपातको प्रयास गर्दा प्रहरीले रोकेको थियो । मृतकका आफन्त र अस्पताल प्रतिनिधिबीच घटनापछि प्रहरीको रोहवरमा भएको वार्ता सहमति नभई टुंगिएको थियो ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console