देश»
शान्तिका लागि विराट महायज्ञ
बाँके, २०६६ कार्तिक १७ - शान्ति, सद्भाव र समयमै नयाँ संविधान निर्माणको कामना गर्दै नेपालगन्जमा एक सय आठ कुण्डीय विराट गायत्री महायज्ञ एवं संस्कार महोत्सव हुने भएको छ ।
महायज्ञ तयारी भइरहेको र प्रचारप्रसार तीव्र पारिएको आयोजकले जनाएका छन् । देशको असहज परिस्थितिका कारण ११ वर्षपछि नेपालगन्जमा विराट महायज्ञ आयोजना हुन गइरहेको हो ।
तीन दिनसम्म चल्ने यज्ञमा हिन्दु, मुस्लिमलगायत जुनसुकै जाति, समुदाय वा धर्मका व्यक्ति सहभागी हुन सक्ने आयोजकले जनाएका छन् । गायत्री परिवारका संस्थापक पण्डित श्रीराम शर्माको शतवाषिर्कीको अवसरमा गायत्री परिवार बाँकेले महोत्सवको आयोजना गर्न लागेको हो । मंसिर ५ गते यसको उद्घाटन हुनेछ । महायज्ञको उद्घाटनका लागि राष्ट्रपति डा. रामवरण यादवलाई आमन्त्रण गरिएको परिवारका अध्यक्ष मामराज अग्रवालले बताए ।
तपाईंको प्रतिकृया












