देश»
वाईसीएल-युथफोर्स झडपपछि कफ्र्यु
- स्थिति तनावपूर्ण
धनकुटा, २०६६ कार्तिक १७ - बन्दै गएपछि स्थानीय प्रशासनले मंगलबार जिल्ला सदरमुकाममा अनिश्चितकालीन कफ्यर्ु आदेश जारी गरेको छ ।
युथफोर्स र वाईसीएलबीच झडपको स्थिति भएपछि प्रशासनले सदरमुकामका चार क्षेत्र तोकेर आदेश जारी गरेको हो । जिल्ला सुरक्ष्ाा समितिले दिनभर समस्याको शान्तिपूर्ण निकासका लागि प्रयास गरे पनि एमाले र माओवादी वार्तामा नआएपछि प्रशासनले साँझ ५ बजेदेखि अर्को सूचना जारी नहुन्जेलका लागि कफ्र्यु आदेश जारी गरेको छ ।
कफ्यर्ु जारी गरिएको क्षेत्रमा सदरमुकामपूर्व घुमाउने चौतारा, पश्चिम स्कुलडाँडा, देब्रेबास,
उत्तरमा बिहीबारे हाट र दक्षिणमा आत्मारा ढाट रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
जिल्लाको सिधुवामा सोमबार राति माओवादी समूहले युथफोर्स कार्यकर्ताले प्रयोग गर्दै आएको ९ वटा पल्सर मोटरसाइकलमा आगजनी गरेको र एक मारुती भ्यान तोडफोड गरेको एमाले स्रोतले जनाएको छ । उक्त घटनापछि बिहानदेखि साँझसम्म दुवै समूहबीच मुठभेड हुने स्थिति आए पनि प्रहरीले रोकेको थियो । स्थानीय सहिद भीमनारायण चोकमा वाईसीएल र मदनचोकमा युथफोर्स लाठी तथा घरेलु हतियारसहित भिडन्तको तयारीमा थिए ।
युथफोर्सले गरेको बन्दका कारण जिल्लामा दिनभर यातायात र बजार ठप्प रह्यो । घटनाबारे संयुक्त राष्ट्रसंघीय उच्चायुक्त क्ष्ाेत्रीय कार्यालय विराटनगर, रेडक्रस, अधिकारवादी संस्था हुसाडेक, शान्ति समिति, मानव अधिकार मञ्चलगायतले अनुगमन गरेका थिए । त्यस्तै जिल्लालाई शान्तिपूर्ण निकास दिनका लागि जिम्मेवार राजनीतिक दल, प्रशासनलगायतसँग विज्ञप्तिमार्फत माग गरिएको छ । माओवादीले भने सिधुवामा भएको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको विज्ञप्तिमार्फत दाबी गरेको छ भने एमालेले उक्त घटनामा माओवादीको हात रहेको जनाएको छ ।
सुरक्ष्ाा माग्दै प्रदर्शन
सिधुवामा सोमबार राति हिंसात्मक घटना भएपछि स्थानीयले सुरक्षा माग राख्दै मंगलबार प्रदर्शन गरेका छन् ।
माओवादी कार्यकर्ताले बजारबीच राति नौवटा मोटरसाइकल जलाएका थिए । एउटा भ्यानमा तोडफो गरी क्षति पुर्याएका थिए । त्यसपछि स्थानीयले सुरक्षा माग गरेका हुन् । करिब तीन हजारको संख्यामा भेला भएका स्थानीयले माओवादीविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
घटनाको विरोधमा धनकुटा सदरमुकाममा पनि एमाले तथा युथफोर्स कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरूले अनिश्चितकालीन बजार बन्द घोषणा गरेका छन् ।
कोसी लोकमार्गको धरान-धनकुटा सडक खण्डमा यातायात चलेनन् । अकस्मात् यातायात बन्द गरिँदा सदरमुकाम, हिले, पाखि्रबास, लेगुवा, सिधुवालगायत स्थानमा सयौं यात्रु अलपत्र परे ।
यसैबीच सिधुवामा एक समूहले माओवादी कार्यकर्ता शेरबहादुर बानियाँमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको छ । यस्तै गाउँ कमिटी सेक्रेटरी ज्ञानेन्द्र कार्कीको घरमा तोडफोड गरेको छ । सदरमुकाममा पनि माओवादी कार्यालयमा रहेको झन्डा र साइनबोर्ड युथफोर्सले जलाएको छ ।
शान्तिसुरक्ष्ााका लागि व्यापक सशस्त्र, जनपथ प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।












