देश»
सदरमुकाम बन्द
मुगु, २०६६ कार्तिक १७ - निजी एयरलाइन्सले दैनिक उपभोग्य सामान बोक्न नमानेको विरोधमा व्यापारीले आयोजना गरेको सदरमुकाम बन्दले स्थानीयको जनजीवन कष्टकर भएको छ ।
आफ्ना मागप्रति सम्बन्धित निकायले चासो नदेखाएपछि बाध्य भएर मंगलबारदेखि ३ दिनसम्म सदरमुकाम बन्दको घोषणा गरिएको संघर्ष समितिका संयोजक ज्ञानदत्त भट्टले बताए । सदरमुकाम बन्द भएपछि गाउँघरबाट सामान किन्न आएका सर्वसाधारण रित्तै र्फकन बाध्य भएका थिए । व्यापारीले शनिबार यहाँको ताल्चा विमानस्थलमा निजी एयरलाइन्सहरूलाई ३ दिनसम्म अवतरणमा रोक लगाएका थिए । जिल्लाको हवाई सेवा अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समेत कठिनाइ भएको छ ।
कणर्ाली लोकमार्ग अवरुद्धका कारण जुल्लाबाट उपभोग्य सामान ओसार्न नसकिएको र कार्गो सामान निजी एयरलाइन्सले ढुवानी नगर्दा जिल्लामा दैनिक उपभोग्य वस्तुको हाहाकार भएको भन्दै व्यापारी आन्दोलनमा उत्रिएका हुन् । व्यापारीहरूको माग पूरा गर्न निजी एयरलाइन्ससँग पहल गर्न क्षेत्रीय प्रशासकलाई लिखित अनुरोध गरिसकेको प्रमुख जिल्ला अधिकारी केशरबहादुर केसीले बताए ।












