मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

कांग्रेस नेता खर्च अभावले थला

कान्तिपुर संवाद्‍दाता

हेटांैडा, २०६६ कार्तिक १७ - नेपाली कांग्रेसका नेता इन्द्रबहादुर श्रेष्ठ आर्थिक अभावका कारण उपचार गर्न नसकेर ६ महिनादेखि थला परेका छन् ।

कांग्रेस महासमितिका सदस्यसमेत रहेका ६४ वषर्ीय श्रेष्ठ राजधानीमा आइतबारदेखि सञ्चालित महासमिति बैठकमा समेत सहभागी हुन सकेनन् । उनी क्षयरोगबाट गत जेठदेखि थलिएका हुन् । आर्थिक अवस्था नाजुक भएका उनी दशकदेखि हेटांैडा २ मा कोठा भाडामा लिएर बस्दै आएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठको उपचारमा पार्टीले कुनै सहयोग गरेको छैन ।

उनलाई महासमितिको बैठकमा लैजानलाई पार्टी सभापति रामचन्द्र माइकल अर्याल आएका थिए । 'ओछ्यानबाट उठ्नसमेत सक्दिन, कसरी जाने ?' उनले गहभरी आँसु पार्दै भने, 'मुलुकलाई केही दिन सकिन्छ भन्ने लागेको यियो, नसकिने भयो ।' दुब्लाएर उनका आँखा गाडिएका छन् ।

उनको उपचारका निम्ति मकवानपुर उद्योग वाणिज्य संघले २५ हजार रुपैयाँ सहयोग गरेको थियो ।

उद्योगी, व्यवसायीले भन्दा आफूलाई पार्टीले सहयोग गर्नुपर्ने उनको भनाइ छ । कांग्रेस नेता सुजाता कोइराला, शशांक कोइराला र स्वास्थ्य मन्त्री उमाकान्त चौधरी आएर आफ्नो बिचल्ली हेरेर गएको बताउँदै उनले भने, 'कसैले सहयोग गरेनन् ।' लोकतन्त्रका निम्ति ६ पटक जेल बसेका श्रेष्ठका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console