मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

नोबेल कलेज खोल्न दबाब

कान्तिपुर संवाद्‍दाता

विराटनगर, २०६६ कार्तिक १७ - लगानीकर्ताको आपसी झगडाले बन्द रहेको नोबेल मेडिकल कलेज तत्काल सञ्चालन गर्न विद्यार्थीले दबाब दिएका छन् । उनीहरूले कलेज खुलाउन संघर्ष समितिसमेत गठन गरेका छन् ।

कलेज अध्यक्ष डा. ज्ञानेन्द कार्की र प्रबन्ध निर्देशक सुनिल शर्माबीचको विवादले बन्द भएपछि आफूहरूको भविष्य अन्योलग्रस्त भएको भन्दै विद्यार्थीले सञ्चालनका लागि दबाब दिएका हुन् । चिकित्सा अध्ययन गर्ने विद्यार्थीले डीबी क्षेत्रीको संयोजकत्वमा समिति बनाएर सोमबार प्रदर्शन र कार्कीको स्वामित्वको विराट अस्पतालमा धर्ना दिएका थिए ।

उनीहरूले अध्यक्ष कार्की कलेजमा उपस्थित नभएको आरोप लगाए । अस्पताल परिसरबाहिर धर्ना दिने क्रममा आफूहरूमाथि दुव्र्यवहार र कुटपिटसमेत भएको भन्दै समितिका सहसंयोजक विजय भण्डारीले आपत्ति जनाए । उपस्थित प्रहरीले उल्टै लाठी प्रहार गरी केही विद्यार्थीलाई घाइते बनाएको उनले बताए । आफूहरूमाथि दमन भएको भन्दै उनीहरूले मंगलबार कलेज अध्यक्षको कुर्सी कञ्चनबारी चोकमा जलाएका छन् ।

विद्यार्थीले यसअघि दुवै सञ्चालकलाई एक भएर कलेज व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए । एक भएर कलेज सञ्चालन गर्न नसक्ने भए एक जनाले जिम्मेवारी लिएर कलेज व्यवस्थित रूपमा सञ्चलान गर्न दबाब दिएका छन् । सञ्चालकहरूको विवादका कारण कलेज बन्द भई अन्योल भएको भन्दै विद्यार्थीले मोरङ प्रशासनको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रसमेत दिएका छन् । सञ्चालकद्वय एकले अर्कालाई कलेज अव्यवस्थित बनाएको आरोप लगाउँदै आएका छन् ।

यस वर्ष भर्ना भएका ७६ विद्यार्थीको भर्ना शुल्कबापत करिब १४ करोड रुप्ौयाँ शर्माले हिनामिना गरेको आरोप कार्कीले लगाएका छन् । उता शर्मा भने कलेज बन्द हुनुमा कार्की जिम्मेवार रहेको दाबी गर्छन् ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console