मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

क्षेत्रीय»

बस्ताकोटीलाई दज्र्यानी चिह्न प्रदान

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १७ - वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका नारायणप्रसाद बस्ताकोटीलाई प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले मंगलबार दज्र्यानी चिह्न लगाइदिएका छन् ।

महानिरीक्षकलाई गालीगलौज गरेको र छानबिन रहेको जनाउँदै फुली लगाइएको थिएन । दज्र्यानी चिह्न ढिला लगाउनुको कारण र छानबिन स्थितिबारे केही उल्लेख नगरी महानिरीक्षक चन्दले फुली लगाएका हुन् ।

बढुवा भएलगत्तै महानिरीक्षक चन्दलाई तथानाम गाली गरेको कारण अन्य बढुवा भएका अधिकृतहरूसँगै उनलाई दज्र्यानी चिह्न प्रदान गरिएको थिएन । बस्ताकोटीविरुद्ध महानिरीक्षक चन्दले सचिवालयका अधिकृतहरूसँग लिखित बयान लिई छानबिन गर्न बोर्ड गठन गरेका

थिए । छानबिन बोर्डले 'अर्कोपटक त्यस्तो अनुशासनहीन कार्य नगर्ने सर्तमा एकपटकलाई सचेत गराउने पत्र' दिएपछि ठकुरीले दज्र्यानी प्रदान गरेका हुन् । 

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा