मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

क्षेत्रीय»

केन्द्रद्वारा छापा

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १७ - राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार महानगरका कर्मचारीको सम्पत्ति विवरण फाइल छानबिनका लागि नियन्त्रणमा लिएको छ ।

भ्रष्टाचार निवारण र नियन्त्रण गर्ने केन्द्रका एक अधिकृतले महानगरको प्रशासन महाशाखाबाट कर्मचारीको सम्पत्ति विवरण फाइल छानबिनका लागि  नियन्त्रणमा लिएका हुन् । स्रोतका अनुसार, केन्द्रका ती कर्मचारीले महानगरमा कार्यरत सबै कर्मचारीको विवरण पनि लिएका छन् । सम्पत्ति विवरण अधिकांश कर्मचारीले नभरेको जानकारीका आधारमा केन्द्रले फाइल नियन्त्रणमा लिएको हो ।

महानगरमा कार्यरत माथिल्लो तहका अधिकाशं कर्मचारीले विवरण नबुझाउने गरेको भन्दै कर्मचारी संगठनले विरोध जनाएपछि केन्द्रले पहिलोपटक महानगरमा निगरानी राखेको हो । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई पाँच हजार जरिवानालगायतका कारबाहीका लागि केन्द्रले सिफारिस गर्ने अधिकार छ । 

भ्रष्टाचार निवारण ऐनले 'प्रत्येक राष्ट्र सेवक कर्मचारीले आर्थिक वर्ष सुरु भएको २ महिनाभित्र सम्पत्ति विवरण भरेर कार्यालयमा बुझाउनुपर्ने,' भनेको छ । तर आर्थिक वर्ष सकिएको दुई महिना बित्दा महानगरका २ हजार २ सयमध्ये २ सय ३५ कर्मचारीले मात्रै सम्पत्ति विवरण बुझाएका थिए । श्रेणीविहीन २ सय ७३ जना कर्मचारीका लागि भने यो नियम लागू हुँदैन ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा