समाचार»
भूमिसुधार आयोगलाई काम नगर्न आदेश
काठमाडौं, २०६६ कार्तिक १७ - सरकारले एमाले नेता धनेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा गत महिना गठन गरेको उच्चस्तरीय भूमिसुधार आयोगलाई तत्काल काम नगर्नु/नगराउनु भनी सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासबाट जारी आदेशमा कात्तिक २५ सम्म यसअघिको हरिबोलप्रसाद गजुरेलको अध्यक्षतामा गठित आयोगलाई नै काम गर्न दिनू भन्ने उल्लेख छ ।
अघिल्लो मंसिर २५ मा माओवादी सरकारद्वारा गजुरेलको अध्यक्षतामा गठित आयोगको
म्याद गत असोज १३ मा समाप्त भएको थियो ।
म्याद समाप्त भएको मितिले अर्को ६ महिना थप गर्न सरकारलाई पत्र लेखिएको थियो । तर उक्त पत्रको कुनै वास्ता नगरी बस्नेतको अध्यक्षतामा असोज २१ गते गठित आयोग गैरकानुनी भएकाले बदरका लागि आदेश जारी गर्न माग गर्दै गजुरेल लगायत आयोगका सदस्यहरूले संयुक्त रूपमा सोमबार रिट दायर गरेका थिए ।












