मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

समाचार»

छोटकरी

२०६६ कार्तिक १७ - प्राविधिक समितिमा माओवादी

काठमाडौं -कास)- माओवादी लडाकुको रेखदेख, पुनःस्थापना र समायोजनका लागि सरकारद्वारा गठित प्राविधिक समितिले मंगलबार राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसँग छलफल गरेको छ ।

समितिको बैठकमा डीआईजी अर्जुनकुमार केसीले सरकारले बनाएको नीतिअनुसार माओवादी लडाकुलाई अनुसन्धान विभागमा पनि समायोजन गर्न सकिने धारणा राखेका थिए । बैठकमा माओवादी प्रतिनिधि इन्द्रजित राई र कुलप्रसाद केसी -सोनाम) सहभागी थिए ।



समाज कल्याणका उपाध्यक्ष नहटाउन आदेश

काठमाडौं -कास)- समाज कल्याण परिषदका उपाध्यक्ष पदबाट दाताराम खनाललाई हटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म उक्त अन्तरिम आदेश जारी

गरिएको हो । खनाललाई मन्त्रिपरिषदको गत असोज २१ को निर्णयले उपाध्यक्ष पदबाट हटाएपछि उक्त निर्णय गैरकानुनी भएकाले बदर गर्न माग गर्दै गत शुक्रबार रिट दायर भएकोे थियो ।



बालबालिकाले खोप पाएनन्

हिल्सा -हुम्ला) -कास)- हिल्सा बजारका पाँच दर्जन बढी बालबालिकाले नियमित रूपमा खोप पाउन सकेका छैनन् ।

नजिक स्वास्थ्य चौकी नभएकाले खोप नपाएका हुन् ।

मुचु गाविसअन्तर्गत पर्ने स्वास्थ्य चौकी पुग्न गाउँबाट दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ । बिरामी भए तिब्बतको ताक्लाकोट बजारमा लगेर उपचार गर्ने गरिएको स्थानीयवासीले बताए ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console