मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

छोटकरी

२०६६ कार्तिक १६ - ब्ला मोबाइल बजारमा

काठमाडौं -कास)- एस्टेल नेटवर्कसले ब्ला मोबाइल बजारमा ल्याएको छ । प|mान्सको सेजम ब्रान्डको संयोजनमा तयार ब्ला मोबाइलमा विभिन्न नयाँ प्रविधिको प्रयोग छ । यसमा प्रयोग भएको ट्राकर सफ्टवेयरले मोबाइल हराए पनि सिमकार्डमा रहेको सबै डाटालाई पुनः प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्रविधि प्रयोग भएको मोबाइल नेपाली बजारमा पहिलोपटक भित्रिएको हो । यो मोबाइलमा दुई सिमकार्ड राख्न मिल्ने, सेक एन्ड चेन्ज प्रविधिमार्फत वालपेपर र म्युजिक परिवर्तन गर्न सकिने, युएसबीबाट चार्ज गर्न मिल्नेजस्ता सुविधा छन् । रबराइज फिनिसिङ भएकाले ब्ला मोबाइल सेट कम कोरिने जनाइएको छ ।



एलजी मोबाइलको डिलर्स सम्मेलन

काठमाडौं -कास)- एलजी मोबाइलको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले यहाँ डिलर्स सम्मेलन गरेको छ । बिक्रेताको सम्मान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पोखरामा पनि यस्तै सम्मेलन गरिनेछ ।



कात्तिकभरि फिलिप्स बिग डिल

काठमाडौं -कास)- फिलिप्सले दसैं तिहारको अवसरमा सञ्चालन गरेको बिग डिल योजना कात्तिकभर जारी राख्ने भएको छ ।

ग्राहकको मागका कारण यसको समय वृद्धि गरिएको कम्पनीले जनाएको छ । फिलिप्सका सिआरटी टिभी, मोबाइल फोन, एलसीडी टिभीलगायत अन्य उपकरणमा लागू योजनाले ग्राहकलाई विशेष मूल्य तोकेको छ । यसबाहेक खरिदसँगै उपहार र १ लाखसम्मको नगद जित्ने अवसर पनि दिएको कम्पनीले जनाएको छ । कम्पनीले केही समयअघि ल्याएको फिलिप्स मोबाइल फोन एमपी थ्री, ब्लुटुथ, एफएमलगायत सुविधासहित लामो ब्याट्री लाइफका लागि पनि प्रख्यात छ । यसका साथै मोबाइलको एक्सचेन्ज अफरमा कुनै पनि पुरानो मोबाइल फोन साट्न जाँदा न्यूनतम २ हजार रुपैयाँ पाइने कम्पनीले जनाएको छ । दुई मोडलका मोबाइलको खरिदमा ट्राभल पाउच र डिजिटल घडी उपहार राखिएको छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console