मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

भारतीय बैंकमा निर्भर सीमावासी

कान्तिपुर संवाद्‍दाता

परासी, २०६६ कार्तिक १६ - द्वन्द्वकालमा नवलपरासीको सीमावर्ती गाउँबाट विस्थापित बैंक पुनःस्थापित नभएकाले स्थानीय भारतीय वित्तीय संस्थामा निर्भर हुन बाध्य छन् ।

त्यहाँ रकम जम्मा गर्ने र झिक्नेबाहेक सुविधा नपाइने भएकाले मर्कामा परेको सीमा क्षेत्रका बासिन्दाको गुनासो छ ।

द्वन्द्वकालमा सीमावर्ती क्षेत्रका सबैजसो वित्तीय संस्था विस्थापित भएका थिए । शान्ति प्रक्रिया सुरु भएपछि अन्यत्र पुनःस्थापित गरिए पनि सीमा क्षेत्रमा बैंक फर्केका छैनन् । राजमार्ग क्षेत्रमा शाखा खोल्ने प्रतिस्पर्धा बढे पनि सीमावर्ती क्षेत्रमा स्वेदशी बैंकको अभाव छ । जिल्लाको महेशपुर, प्रतापपुर, त्रिवेणी, सेमरीलगायत स्थानबाट बैंकहरूविस्थापित भएका थिए ।

विस्थापनअघि महेशपुरमा नेपाल बैंक, त्रिवेणी, सेमरी र प्रतापपुरमा वाणिज्य बैंक र कृषि विकास बंैकका शाखा थिए । शाखा विस्तार गरिरहेका निजी बैंकले सीमा क्षेत्रमा ध्यान दिएका छैनन् । भारतीय बैंकमा नेपालीले नगद जम्मा गर्ने र झिक्ने सुविधा मात्र पाउँछन् ।

 

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console