अर्थ/वाणिज्य»
झन्झट मुक्त दैनिकी
काठमाडौं, २०६६ कार्तिक १६ - बानेश्वरका रमेश सुनुवार बैंकको कारोबारबारे जानकारी लिन बैंक जाँदैनन् । कम्प्युटरको इन्टरनेट ब्राउजरमा एक क्लिकमै खाता विवरण तुरन्त उपलब्ध हुने हुँदा उनलाई सहज भएको हो ।
'घरमै बसेर जानकारी लिन सकिने भएकाले इन्टरनेट बैंकिङ सेवाको प्रयोग गर्छु,' पन्ध्र वर्षदेखि बैंकिङ सेवा लिइरहेका उनले भने, 'एक वर्षदेखि इन्टरनेट बैकिङ सेवा लिन सुरु गरेको हुँ । यसले काम सजिलो र छिटो बनाएको छ ।' यतिमात्रै होइन, उनले काठमाडौंमा जम्मा गरेको पैसा धेरैपटक राजधानी बाहिर जाँदा झिकेका छन् ।
वित्तीय क्षेत्रमा हरेक दिन विकसित भइरहेको प्रविधिको उपयोग गर्ने उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै लाखौं नेपालीले पनि बैंकहरूले आधुनिक सपmटवेयर प्रयोग गरेर दिने सेवाको उपयोग गरिरहेका छन् ।
'बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग त अनिवार्य भइसक्यो,' बंैकर्स संघका उपाध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भन्छन्, 'प्रविधिको प्रयोग जति बढी गर्यो बैंकलाई त्यति नै बढी फाइदा हुन्छ ।'
शाहका अनुसार २५ वर्षअघि नबिल बैंकले पहिलोपटक कम्प्युटरमार्फत सेवा सुरु गरेको थियो । 'अहिले त्यस बेलाभन्दा धेरै विकास भएको छ,' उनले भने, 'प्रविधिले बैंकिङ क्षेत्रलाई उपभोक्ता मैत्री बनाएको छ ।' उनी अहिलेको अवस्थामा लाखौं व्यक्तिको बैंकिङ कारोबार प्रविधिबिना ढड्डा पल्टाएको भरमा सम्भव नहुने बताउँछन् ।
बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उपयोग अन्य संस्थागत क्षेत्रका लागि समेत नमुना रहने गरेको छ । साना वित्त कम्पनी तथा सरकारी संस्थादेखि विकास बैंक र वाणिज्य बैंकले सहज कारोबारका लागि सपmटवेयर प्रयोग गर्छन् । 'प्रायः सबै बैंक तथा वित्तीय संस्थाले सहज कारोबारका लागि सपmटवेयर प्रयोग गर्छन्,' ६ वर्षदेखि बैंकिङ प्रविधिसम्बन्धी काम गरिरहेका क्लिन इनर्जी डेभ्लपमेन्ट बैंकका आइटी म्यानेजर प्रदीप नेपालले भने, 'नेपालमै उत्पादन भएका र बाहिरबाट आयातित दुवै प्रकारका सपmटवेयर नेपालमा प्रयोग हुने गरेको छ ।'
पिनाकल, ग्लावस, पmलेक्सजस्ता सपmटवेयर भारतबाट ल्याएर प्रयोग गरिने सपmटवेयर हुन् । अर्कोतिर मर्कन्टाइलले नेपालमै निर्माण गरेको पुमरी सपmटवेयरको प्रयोग पनि धेरै बैंक तथा वित्तीय संस्थाले गरिरहेका छन् ।
बाहिरबाट आयातित सपmटवेयर पुमरीभन्दा धेरै महँगा पर्छन् । सामान्यतया १५ लाख रुपैयाँमा पाइने पुमरी सपmटवेयर जडान गर्न सकिन्छ । तर भारतबाट ल्याउँदा करिब २ करोड रुपैयाँ खर्च लाग्छ । यी दुईबीच धेरै विषेशता मिले पनि बाहिरबाट ल्याएको सपmटवेयरमार्फत धेरै कारोबार गर्न सकिने विज्ञहरू बताउँछन् । तर मुख्य विषय मूल्यको भएकाले धेरैले सस्तो मूल्यमा झन्डै उस्तै सेवा भएको पुमरी प्रयोग गर्ने गरेका छन् ।
'हामीले बनाएका सपmटवेयर सरकारी तथा निजी सबै बैंकले प्रयोग गरेका छन््,' मर्कन्टाइलका सपmटवेयर शाखाका व्यवस्थापक सुरेन्द्रसिद्धि बज्राचार्यले भने, 'धेरै विकास बैंक, फाइनान्स कम्पनीले पनि हाम्रो सपmटवेयरको प्रयोग गरिरहेका छन् ।' उनका अनुसार अहिले ६ सयभन्दा बढी 'वेबसाइट' मा कम्पनीको सपmटवेयर प्रयोग भइरहेको छ ।
अहिले सपmटवेयरमार्फत एसएमएसमार्फत आपmनो एकाउन्टमा रहेको ब्यालेन्स, तिर्न बाँकी ऋण, कारोबारको जानकारी लिन सक्नु पनि बैंकिङ प्रणालीलाई प्रविधिले बनाएको सहजताको उदाहरण हो । एसएमएस बैंकिङका साथै इन्टरनेट बैंकिङ, एटिएम सेवा, अन्तर शाखा कारोबार सपmटवेयरमार्फत सम्भव भएको छ ।
यस क्षेत्रमा बेवसाइट प्रयोग पनि तीव्र छ । आपmनो सुविधा र विस्तारको जानकारी दिन उनीहरूलाई यो सहज माध्यम बनेको छ । वेबसाइट सञ्चालन र नियमित 'अपडेट' गर्ने गर्छन् । बैंकको वेबसाइटबारे आइटी म्यानेजर नेपाल भन्छन्, 'बैंकिङ सेवा लिने धेरै इन्टरनेट प्रयोगमा सचेत देखिन्छन् । त्यसैले बैंकहरू नियमित अपडेट गरिरहेका छन् ।'












