मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

महिला आकर्षण

मनोज बस्नेत

बनेपा -काभ्रे, २०६६ कार्तिक १६ - जागिरका लागि आकर्षक बन्दै गएको बैंकिङ क्षेत्रमा केही समययता महिला रोजाइ बन्दै गएको छ ।

निश्चित समयको रोजगारी हुने भएकाले काम गर्न सजिलो हुने र बैंकहरूले पनि प्राथमिकता दिने चलन बढेकाले महिलाको संख्या बढ्दै गएको छ । केही बैंकले आफ्ना शाखामा महिला मात्र राखेर सञ्चालनसमेत गरेका छन् । यसको उदाहरण डिसिबिएल बैंक हो, जसको न्युरोड शाखामा महिला मात्र छन् । महिलाकै लागि भनेर छुट्टै पदसमेत सिर्जना गर्न थालेका छन् ।

केही वर्षअघिसम्म बैंकमा सीमित मात्रामा महिला कर्मचारी हुन्थे । अधिकांश पदमा पुरुष कर्मचारीको बाहुल्य थियो ।

तर केही वर्षयता आएर जिल्लाका तीन दर्जनभन्दा बढी बैंकमा कुल कर्मचारीको ४५ प्रतिशतभन्दा बढी महिला छन् । 'पहिलेको तुलनामा महिला कर्मचारीको संख्या निकै बढेको छ,' इन्प|mास्ट्रक्चर डेभलोपमेन्ट बैंकका नायब महाप्रबन्धक विदुरमान सिंह बस्नेतले भने । उनको बैंकमा रिसेप्सनिस्टदेखि लिएर शाखा म्यानेजरसम्म महिला छन् । जनसम्पर्क बढी हुने विभागमा बढी मात्रामा महिला कर्मचारी राख्ने गरेको उनले बताए ।

'पुरुष कर्मचारीभन्दा महिला कर्मचारी नरम हुन्छन्,' उनले भने, 'महिलाको मिजासिलो व्यवहारले ग्राहकलाई आकषिर्त पार्छ ।'

महिला कर्मचारी राख्नुको अर्को उद्देश्य स्थायित्व पनि हो । महिला बढी मात्रामा घरायसी व्यवहारमा अल्झने भएकाले कामको खोजीमा बाहिर जान रुचाउँदैनन् । 'पुरुष कर्मचारी अन्य क्षेत्रमा काम राम्रो पाउने बित्तिकै स्थानान्तर हुन्छन्,' उनले भने, 'तर महिला कर्मचारी हत्तपत्त अन्यत्र काम गर्न जान मान्दैनन् ।'

बैंकमा काम गर्ने महिला कर्मचारीले अन्य क्षेत्रमा भन्दा राम्रो सेवा सुविधा पाउने गरेको उनको भनाइ छ । उक्त बैंकमा काम गर्ने महिला कर्मचारीले न्यूनतम सात हजारदेखि माथि पाउने गरेका छन् ।

यहाँ खुलेका 'क' वर्गदेखि लिएर 'ग' वर्गसम्मका बैंकमा महिलाको संख्या उल्लेख्य छ । बैंक अफ एसिया, किस्ट, हिमालयन, दियालो विकास, अन्नपूर्ण विकास, नेपाल कमर्स एन्ड क्रेडिट -एनसिसी), प्रोफेसनल विकास, माछापुच्छ्र्रे विकास, पशुपति विकास, इन्भेस्टमेट, लक्ष्मीलगायतमा महिला कर्मचारीको सहभागिता निकै राम्रो छ । 'क्षमतावान् महिला छन्,' पशुपति डेभलपमेन्ट बैंकका प्रमुख विनोद कार्कीले भने, 'महिलामा प्रस्टता हुन्छ ।' उनको बैंकमा दुई वर्षयता ५ पुरुष कर्मचारी र ७ महिला थपिएका छन् ।

'बैंकिङ क्षेत्रमा काम गर्ने इच्छा सानैदेखि थियो,' माछापुच्छ्रे बैंकमा वरिष्ठ सहायक सगुना शाक्यले भनिन्, 'अरू पेसाभन्दा बैंकमा राम्रो सेवा सुविधा रहेको छ ।'

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console