Kantipur

Kantipur

मिति | २०७१ वैशाख १०, बुधवार     Login | Register
देश»

लोपोन्मुख वन्यजन्तुको चोरीसिकार बढ्यो

रुकुम, पुस १५ -
यहाँ लोपोन्मुख वन्यजन्तुको चोरीसिकारी बढेको छ । ढोरपाटन सिकार आरक्ष, बुकिपाटन, मौराखारा, चित्रेपाटनलगायतका जंगलमा पाइने लोपोन्मुख वन्यजन्तुको चोरीसिकारी हुने गरेको हो । पूर्वी गाविसहरूमा कस्तूरी मृग, नाउर, झारल, थार, रातो बाँदर, चितुवा, भालुलगायतका लोपोन्मुख वन्यजन्तु मार्ने क्रम पनि बढेका छन् ।

मैकोट, तकसेरा, हुकाम, सिस्ने, जाङलगायतका गाविसका जंगलहरू विभिन्न लोपोन्मुख वन्यजन्तुका लागि उपयुक्त बासस्थान मानिन्छन् । वन्यजन्तुको संरक्षणका लागि सरकारीस्तरबाट ध्यान नदिइँदा वन्यजन्तु मारिने क्रम बढेको स्थानीय बासिन्दा बताउँछन् ।

जिल्ला वन कार्यालयले ध्यान नदिएपछि बाहिरबाट गएका सिकारीहरू र स्थानीय बासिन्दाले वन्यजन्तुहरू मार्ने गरेका हुन् । मैकोटस्थित बुकिपाटनमा सिकारका लागि दैनिक एक दर्जन सिकारी जाने गरेका छन् ।

'पाटनमा बसोबास गर्ने नाउर र झारलको संरक्षणका लागि सरकारी स्तरबाट कुनै पहल गरिएको छैन,' स्थानीय शिक्षक उदीराम पुनले भने, 'दैनिक पाँच वटासम्म वन्यजन्तुहरू यो क्षेत्रमा मारिन्छन् ।' मासुका लागि वन्यजन्तु मार्ने गरेका छन् । गाउँका बासिन्दाहरू मिलेर सिकार खेल्न जाने गरेकाले उजुरी नपर्ने गरेको उनी बताउँछन् ।

प्राकृतिक सम्पदा संरक्षण केन्द्रका सचिव सुरविन्द्रकुमार पुनले वन्यजन्तुको चोरीनिकासी बढेको बताए । गरायला, घेत्मा तथा दुली गाविसमा पर्ने मौराखारा जंगलमा पनि सिकारीहरू गएर वन्यजन्तु मार्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

'सदरमुकामबाट नजिकै भएकाले सातामा २४ भन्दा बढी सिकारीहरू आउने गरेका छन्,' स्थानीय दुर्गाबहादुर बिष्टले भने, 'सिकारीहरूले लोपोन्मुखलगायतका जनावरहरू दैनिकजसो मार्ने गरेकाले जनावरहरू लोप हुन थालेका छन् ।'

स्थानीय कमल पुनले मौराखारा जंगलबाट दुई महिनामा दस वटा रतुवाको भाले मारिएको बताए । कारबाही र सम्बन्धित निकायको चासो नहुँदा सिकारीहरूलाई प्रोत्साहन मिलेको उनले जनाए ।

ढोरपाटन सिकार आरक्षको दोगाडी, सेङखोला, सुनदहलगायतका क्षेत्रहरूमा पासो लाएर वन्यजन्तु मार्ने क्रम बढेको छ ।

वनहरूमा पासो थापेर, हतियार प्रयोग गरेर तथा विषादी प्रयोग गरेर वन्यजन्तु मार्न थालिएका छन् । जिल्लाका विभिन्न रेन्जपोस्टहरूमा कर्मचारीहरू नबस्ने भएकाले वन्यजन्तु मार्नेलाई सजिलो भएको छ ।

जिल्ला सदरमुकाममा समेत हुचिल, कालिज, गिद्धलगायतका लोपोन्मुख पन्छीहरूको बिक्री हुने गरेका छन् । जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, वन्यजन्तु मारिएकोबारे कसैले उजुरी नगरेको बताउँछन् । उनले वन्यजन्तु संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाए ।

'जिल्ल्ाा वन कार्यालयमा आएका उजुरीका आधारमा वन्यजन्तु मार्नेलाई कानुनअनुसार कडा कारबाही हुन्छ,' उनले भने, 'वन्यजन्तुको चोरी निकासी रोक्न स्थानीय वन उपभोक्ता समितिलाई सक्रिय बनाएका छौं ।'

प्रकाशित मिति: २०६९ पुस १६ ०९:१७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication