Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
देश»

वन्यजन्तु तस्करी तीव्र

खोटाङ , आश्विन २३ -
लोपोन्मुख वन्यजन्तु चोरी निकासी तीव्र बढेको छ । सालक, राजपङ्खीलगायत धेरै वन्यजन्तु निकासी भएका हुन् । धितुङ, राजापानी, विजयखर्क, अखौर्ैले, सल्ले, हलेसी, बतासे, लिच्किराम्चे, महेश्वरी, जलेश्वरी, हौचुर, कुभिन्डेलगायत दुई दर्जन गाविसमा चोरी निकासी भएको स्थानीय बासिन्दाले बताए । यस क्षेत्रमा सालकको खपटाबाट राम्रो आम्दानी हुने भएकाले तस्कली बढेको स्थानीयवासीको भनाइ छ ।

सालकको खपटा लिन खरिदकर्ता गाउँमै आउने भएकाले चोरी निकासी सहज भएको हो । एउटा सालकको खपटा दस हजारसम्ममा बिक्री हुने भएकाले खोजीखोजी मार्ने गरेको जलेश्वरीका विमल राईले बताए । हुचिलबाट पनि राम्रो कमाइ हुने भएकाले रातभरि खोजी गरेर बिक्री गर्ने गरेका छन् । एउटा हुचिलबाट ३ लाख रुपैयाँसम्म आउने भएकाले गाउँका युवा हुचिल खोजीमा लागेका हुन् । मासुका लागि लोपोन्मुख राजपङ्खी मृग, मयूर, कालिज मारिने क्रम पनि बढेको छ ।

प्रकाशित मिति: २०६९ आश्विन २४ ०९:५२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

काम्रेड नेपाल, नेता नेपाल, पुरानै नेपाल... यतिका शब्द हुँदाहुँदै जान्ने भ’र ह्याँ किन 'नयाँ नेपाल’ राख्नु भा’ ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication