Kantipur

Kantipur

मिति | २०७० जेष्ठ १०, शुक्रबार     Login | Register
खेलकुद»

साफ वुमेन्स च्याम्पियनसिप

  • नेपालको परिपक्व बन्ने योजना
कोलम्बो -श्रीलंका, भाद्र २४ -
नेपालले सुधारिएको प्रदर्शन गर्दै टिमलाई परिपक्व बनाउने योजनासहित दोस्रो साफ वुमेन्स च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध सोमबार प्रतिस्पर्धा गर्दैछ । कमजोर मानिएको प्रतिद्वन्द्वीविरुद्ध तीन अंक खोस्दै नेपाल सेमिफाइनल यात्रा पक्का गर्ने दाउमा छ ।

समूह 'बी' मा नेपालले पहिलो खेलमा कप्तान जमुना गुरुङको चार गोल सहयोगमा पाकिस्तानलाई ८-० ले हराएको थियो । समूहकै अर्को खेलमा माल्दिभ्स र अफगानिस्तानले १-१ को बराबरी खेलेका थिए । त्यसैले दोस्रो खेलमा माल्दिभ्सलाई पराजित गरे नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

एघारौं दक्षिण एसियाली खेलकुद र पहिलो साफ च्याम्पियनसिपको उपविजेता नेपालको तुलनामा माल्दिभ्स टेक्निकल र ट्याक्टिकल पक्षमा निकै कमजोर छ । सन् २०१० डिसेम्बरमा कक्स बजारमा भएको साफको पहिलो संस्करणमा नेपालले माल्दिभ्समाथि ६-० को एकतर्फी जित रचेको थियो । त्यसैले पनि नेपाली खेलाडी माल्दिभ्सविरुद्ध राम्रो नतिजा आत्मसात् गर्नेमा ढुक्क छन् ।

कक्स बजारमा माल्दिभ्सविरुद्ध अनु लामाले ह्याटि्रक गरेकी थिइन् । कप्तान जमुनाको नाममा दुई गोल थियो । यी दुई स्ट्राइकर नै नेपालका मुख्य हतियार हुन् । माल्दिभ्सविरुद्ध एक गोल गरेकी विङ्गर प्रमिला राईसँगै दीपा अधिकारीले पहिलो खेलजस्तै मैदानमा जम्ने अठोट गरेका छन् ।

पाकिस्तानविरुद्ध ठूलो अन्तरको जित हात पारे पनि त्यसमा नेपालको ट्याक्टिकल पक्षमा प्रशिक्षक किशोर केसी सन्तुष्ट थिएनन् । उनले त्यही कमजोरी सुधार्ने परीक्षा मानेका छन्, माल्दिभ्सविरुद्धको खेल । सम्भावित नेपाली टिमः नमिताकुमारी दली -गोलकिपर), भगवती थापा, उषा भण्डारी, अञ्चली वाइवा, चन्द्रा भण्डारी, नीरु थापा, सजना राना मगर, दीपा अधिकारी, प्रमिला राई, जमुना गुरुङ -कप्तान) र अनु लामा । भारत सेमिफाइनलमा कोलम्बो- डिफेन्डिङ च्याम्पियन भारत लगातार दोस्रो जितसँगै आइतबार साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम भएको छ ।

प्रकाशित मिति: २०६९ भाद्र २५ ०९:१३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-24
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication