Kantipur

Kantipur

मिति | २०७० जेष्ठ १२, आईतवार     Login | Register
कला र शैली»

एसिया कन्सर्टमा नेपाली

सोल, भाद्र २४ -
कोरियाको ख्यङनाम प्रदेश सरकारको आयोजनामा हुन लागेको आरिराङ फेस्टिभलमा नेपाली गायक शिव परियार र गायिका इन्दिरा जोशी पनि छानिएका छन् । ख्यङनाम राजधानी सोलभन्दा ४ सय २० किमि टाढा पर्छ । कोरिया सरकारले आफ्ना नागरिकलाई बाह्य संस्कृतिको जानकारी दिलाउने उद्देश्यले यहाँको संस्कृति मन्त्रालयको संयोजकत्वमा २००५ बाट सुरु भएको यो फेस्टिभल गत तीन वर्षदेखि भने ख्यङनाम प्रदेश सरकारले संयोजन गरिरहेको छ । आउँदो सेप्टेम्बर १४ देखि १६ सम्म हुन लागिरहेको फेस्टिभलमा नेपाली कलाकारको सहभागिता भने पहिलो हो । फेस्टिभलको पहिलो संस्करणदेखि नै नेपाली सहभागिता राम्रो भएकाले राष्ट्रिय कलाकार झिकाउने पहिलो मौका यसपालि यहाँका नेपालीहरूले पाएका हुन् ।

कोरियाली भाषामा 'आरिराङ' भन्नाले 'पुरानो र सांस्कृतिक महत्त्वको भाका' भन्ने बुझिन्छ । त्यसैले कोरियामा रहेका सबै प्रवासीहरूले आफ्नो संस्कृति प्रेमलाई बचाइराख्ाून् भन्ने उद्देश्यले फेस्टिभल' गर्ने गरिएको हो । फेस्टिभललाई ख्यङनामको छाङवन सहरमा सेप्टेम्बर १४ का दिन बेलुकी ख्यङनाम उद्योग वाणिज्य महासंघका अध्यक्ष छो जुङ ग्यङ, ख्यङनाम माइग्रेन्ट सेन्टरका चान्सलर खाङ जे यनका साथै ख्यङनाम बहुसांस्कृतिक परिवारका अध्यक्ष यज्ञराज सुवेदीले उद्घाटन गर्दै छन् ।

फेस्टिभलमा नेपाल, चीन, पाकिस्तान, बंगलादेश, मंगोलिया लगायत १५ राष्ट्रका ख्यातिप्राप्त कलाकार निम्त्याइएको छ भने नयाँ प्रतिभाका लागि प्रथमलाई एक करोड वन -करिब सात लाख रुपैयाँ), द्वितीय ५० लाख वन र तृतीय ३० लाख वन प्रतिस्पर्धात्मक गीति पुरस्कार पनि राखिएको छ । यसका लागि बाह्र देशका गायक अन्तिम चरणमा पुगेका छन् । कोरियाको विभिन्न क्षेत्रमा रहेका दस नेपाली गायकले प्रारम्भिक छनोट प्रतियोगितामा भाग लिएका थिए, अन्तिम चरणसम्म भने पुग्न सकेनन् ।

फेस्टिभलको विशेष आकर्षण सेप्टेम्बर १५ मा रहने बताइएको छ । यो दिन नेपाल लगायत १५ देशका राष्ट्रिय कलाकारहरूको 'एसिया पप म्युजिक कन्सर्ट' हुँदै छ । कन्सर्टमा गायक शिव परियार र गायिका इन्दिरा जोशीले नेपाली कलाकारको प्रतिनिधित्व गर्नेछन् । गत वर्षको तुलनामा बृहत् तयारी र व्यवस्थापन गरिएको फेस्टिभलमा २ लाख दर्शक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ । कार्यक्रमलाई अझ गरिमामय बनाउन कोरियामा कामदार आपूर्ति गर्ने १५ देशका राजदूतलाई पनि आयोजकले निम्त्याएको छ ।

सेप्टेम्बर १६ मा गायक शिव परियार र गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुतिका लागि एक छुट्टै कार्यक्रम पनि गरिएको छ । यस प्रस्तुतिमा नेपाली दर्शकहरू मात्र हुनेछन् । फेस्टिभल र प्रस्तुतिबाट धेरैभन्दा धेरै नेपालीहरूले मनोरञ्जन लिन सकून भन्ने उद्देश्यले आयोजकले खजेदो, याङसान, किम्हे, थेगु,

सुवन र आन्सानबाट नेपालीहरूको लागि आउन-जान निःशुल्क बस सेवाको व्यवस्थासमेत गरेको छ । 'यो फेस्टिभल, कोरियामा नेपाली कला र गला चिनाउने महत्त्वपूर्ण अवसर हो,' कार्यक्रमका सहआयोजना गरिरहेका ख्यङनाम बहुसांस्कृतिक परिवार संघका अध्यक्ष यज्ञराज सुवेदीले भने, 'यहाँ रहेका देशी विदेशी सबैलाई नेपाली संस्कार-संस्कृति चिनाउनु नै हाम्रो उद्देश्य हो ।'

प्रकाशित मिति: २०६९ भाद्र २५ ०९:०८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-26
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication