Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ६, सोमबार     Login | Register
देश»

कर्मचारीलाई कारबाही माग

जिविसको अनियमिततामा संलग्न कर्मचारीमाथि कारबाही माग गर्दै गरिएको प्रदर्शन । तस?बिर : श्यामसुन्दर शशि/कान्तिपुर
जनकपुर, भाद्र १३ -
आर्थिक अनियमितता आरोपमा निलम्बित जिविस धनुषाका १८ कर्मचारीमाथि कारबाही माग गर्दै बुधबार प्रदर्शन गरिएको छ । जनकपुर नागरिक समाज तथा रामानन्द युवा कमिटी पहलमा भएको प्रदर्शनमा दोषी कर्मचारीमाथि कारबाहीका लागि दबाब दिएको थियो । प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारीमार्फत सरोकारवालालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

ज्ञापनमा अनियमिततामा संलग्न कर्मचारीमाथि कडा कारबाही हुनुपर्ने उल्लेख छ । यसअघि पूर्वसभासद सञ्जयकुमार साह नेतृत्वको मधेस क्रान्ति फोरमले पनि दोषी कर्मचारीमाथि कारबाहीको माग गरेको थियो ।

सुनसान कार्यालय

निजामती सेवाका दुई अधिकृतसहित १८ कर्मचारी निलम्बनमा परेयता जिविस सुनसान देखिएको छ । सेवाग्राहीको संख्यामा कमी आएको छ भने कार्यालयका शाखाहरूमा कर्मचारी भेटिन्नन् । कर्मचारीलाई निलम्बन पुर्जी बुझाएर बिदामा बसेका स्थानीय विकास अधिकारी केदारबहादुर बोगटी अझै फर्केका छैनन् ।

सधैं भरिभराउ देखिने प्राविधिक कार्यालय, योजना शाखा तथा लेखा शाखा सुनसान छन् । निलम्बनमा परेका केही कर्मचारी कार्यालय आए पनि आफ्नो कुर्सीमा बसेका छैनन् । उपप्रधान तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्व उच्चस्तरीय टोलीले कार्यालयका अन्य फाइलसमेत लगेकाले बाँकी बचेका कर्मचारी पनि त्रसित छन् । कुनै पनि कर्मचारी सञ्चार माध्यमसित बोल्न मान्दैनन् ।

प्रकाशित मिति: २०६९ भाद्र १४ ०८:४४

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication