म्याग्दी, असार ३१ -
जिल्लाका सबै ४१ गाविसका घर-घरमा शौचालय निर्माण भएपछि जिल्ला खुलादिसा मुक्त भएको छ ।
आगो र स्थानीय देवीदेवतालाई साक्षी राख्दै आआपmना घर, टोल, विद्यालय, चोक, बाटो, धारा/पँधेरा र पानीका मुहानलाई फोहोर नगर्ने प्रतिबद्धतासहित सदरमुकाम बेनी रहेको अथुङ्गे गाविसले आइतबार पछिल्लोपटक खुलादिसा मुक्त घोषणा गरेपछि जिल्लाभर शौचालय बनेका हुन । जिल्लाका सवै गाविसका हरेक घरमा शौचालय निर्माण भई प्रयोग सुरु भएकाले म्याग्दी देशभरमा तेस्रो खुला दिसामुक्त जिल्ला बनेको छ । जिविसको नेतृत्वमा खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, रेडक्रस लगायतका संघ-संस्थाको पहलमा जिल्लाका सबै २४ हजार एक सय ५५ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि खुलादिसा मुक्त बनेको हो । यीमध्ये २ हजार घरमा कच्ची शौचालय छन् ।