Kantipur

Kantipur

मिति | २०७० असार ५, बुधवार     Login | Register
कला र शैली»

सारंगी रेटियो लेटाङमा

लेटाङ -मोरङ, असार २० -
सारंगी रेटौंला मौका मिले फेरि भेटौंला

फेरि भेट्ने कैलेकैले मन पोल्छ ऐले

यत्रो दिन कसो गरी एक्लै बस्नु मैले...


परदेश हिँडेका पति छिट्टै आउने वाचा गर्छन् । अब कसरी बसँुला भन्दै पत्नी विरह बोल्छिन् । गीत चर्चित हुनुका पछि जिब्रोमा बसिहाल्ने लय र युगलका संवादमा मिलेको भाखा त हुँदै हो, त्यसमाथि अभिनेता हरिवंश आचार्यको स्वर पाउनु हो । यसको म्युजिक भिडियो पनि उत्तिकै मन पराइएकोमा पर्‍यो । गीत त्यसै बनेन । घरबाट टाढा विदेशमा रोजगारीमा रहेका सर्जकको घर आँउदा-जाँदाको अनुभव गीतका रूपमा पोखिएको हो । 

जर्मनीको म्युनिखमा कार्यक्रम लिएर पुगेका मदनकृष्ण श्रेष्ठ र हरिवंशका लागि उद्घोषक थिए— खड्ग न्यौपाने । ठेट शब्दहरूको आधिक्य रहेको उनको लयात्मक बोलीमा सहभागीहरू मोहित भइरहेका थिए । रसिला उद्घोषक कलाकारहरूलाई झन् मन नपर्ने कुरै भएन । त्यहीँ सुनेको 'सारंगी रेटौंला...' हरिवंशले मागेर ल्याएर स्वरबद्ध गरे ।

म्युनिखमा एक दशकदेखि रोजगारी गर्दै रहेका मोरङको लेटाङका उनै न्यौपानेले यस घडी 'सारंगी रेटौंला' शीर्षकमा गीति संग्रह निकालेका छन् । 'बाल्यावस्थादेखि नै गीत गाउन मन पराउने र मञ्च उक्लिने' उनले गायनलाई निरन्तरता दिन सकेनन् । घर-व्यवहारले अर्को बाटो समाउन लगाएपछि उनको हात चल्न थाल्यो । परदेशका प्रसंग, गाउँघरका उकाली-ओराली, तल्लाघरे माथ्लाघरेका दिनचर्या, प्रेम र विरह आदि उनका विषय बने । यो संग्रहका ४१ गीतमा यस्तै सन्दर्भ छन् ।

आएँ मुग्लान सम्पत्ति कमाउन

पाइनँ केही फेदटुप्पो समाउन

काम छैन दाम पनि छैन

बस्ने सुत्ने ठाउँ पनि छैन

परदेशको बास

जीवन बित्ने भो छैन केही आस...


लेटाङ बजारमा मंगलबार प्राज्ञ अनिरुद्र तिम्सिनाले 'सारंगी रेटौंला' सार्वजनिक गर्दै यसले परदेशमा बसेका नेपालीको भोगाइ र मातृभूमिप्रतिको प्रेमलाई चित्रण गरेको टिप्पणी गरे ।

घर आएको मौका सदुपयोग गर्दै गाउँमै संग्रह विमोचन राखेको उल्लेख गर्दै न्यौपानेले भने, 'म गीत लयमा सोच्छु । लयमा लेख्छु ।'

न्यौपानेका यसअघि 'आह्वान' र 'हल गोरु दाउँदै' -एल्बम), 'किसान' -लघु कविता संग्रह) र 'प्रवास'

-एकांकी) बजारमा आएका छन् ।

प्रकाशित मिति: २०६९ असार २१ ०८:५७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-06-19
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

...कम्तिमा मंसिरसम्मलाई भए’नि मेरा मतदाता नबगुन् ! दया होस्, पर्भु !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication