Kantipur

Kantipur

मिति | २०७० जेष्ठ ८, बुधवार     Login | Register
खेलकुद»

उत्कृष्टको मनोनयन सार्वजनिक

काठमाडौ, असार १२ -
पल्सर स्पोर्टस् अवार्ड २०६८ का लागि वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीका साथै उत्कृष्ट प्रशिक्षक विधामा ५/५ जनाको मनोनयन मंगलबार सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले सार्वजनिक गरेको मनोनयनमा वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ क्रिकेटका पारस खड्का, एथ्लेटिक्सका तिलकराम थारू, पौडीका शैलेश राणा, घोडचढीका ध्रुवप्रसाद अर्याल र गल्फका शिवराम श्रेष्ठ छन् । उत्कृष्ट खेलाडीको महिलामा पौडीकी श्रेया धिताल, भारोत्तोलोनकी तारादेवी पुन, एथ्लेटिक्सकी प्रमिला रिजाल, टेबलटेनिसकी नविता श्रेष्ठ र ब्याडमिन्टनकी नङशलदेवी तामाङ मनोनीत भएका छन् ।

उत्कृष्ट युवामा क्रिकेट र एथ्लेटिक्सका दुई/दुई खेलाडीले आफूलाई मनोनयनमा पार्न सफल रहे । क्रिकेटका पृथु बाँस्कोटा र रुबिना क्षेत्री, पौडीका शिरीष गुरुङ, एथ्लेटिक्सका सिद्धान्त अधिकारी र विश्वरूपा बुढा चयन भए । प्रशिक्षकतर्फको छनोटमा पनि क्रिकेटको बर्चस्व रह्यो । क्रिकेटका पुबुदु दासानायके, जगत टमटा र नवीन सिंह, जुडोका वीरबहादुर राना र पौडीका ईश्वर कार्की मनोनीत भए ।

मञ्चले दुई साताअघि नै एसएमएस मतदानका आधारमा विजेता छानिने वर्षको लोकपि्रय खेलाडी विधामा क्रिकेटका शक्ति गौचन, फुटबलका भरत खवास, भलिबलकी रमिला तण्डुकार, एथ्लेटिक्सकी सविता चौधरी र टेनिसकी अश्लेषा लिसानोभिच मनोनयनमा परेको घोषणा गरिसकेको थियो ।

प्रकाशित मिति: २०६९ असार १३ ०९:४०

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2013-05-21
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

ख्वै अलि उता सर्नु त ! त्याँ पोस्टर टाँस्नु पर्‍यो !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication