कृष्ण बहादुर महरा
"सत्ता साझेदारीका नाममा जनताको मतलाई लत्याउने हो भने उनीहरूले राजतन्त्रको जस्तै दुरदशा भोग्नुपर्छ, त्यसकारण कांग्रेसले जनादेशलाई सम्मान गर्दै अर्को राजतन्त्रको संस्कार त्याग्नुपर्छ । "
Related : | |
शेर बहादुर देउवा
"संविधानसभामा माओवादी ठूलो दलमात्र हो । संविधानअनुसार सरकार बनाउन संविधानसभाको दुई तिहाइ सदस्यको र्समर्थन चाहिन्छ, उसित दुई तिहाइको र्समर्थन छैन । गिरिजाबाबुले नै शान्ति प्रक्रियाको नेतृत्व गर्दै यहाँ सम्म ल्याउनुभयो । अब पनि सरकारको नेतृत्व उहाँले गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
"
Related : नेपाली कांग्रेस | |
राम शरण महत
"नयाँ सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ ।
"
Related : नेपाली कांग्रेस | |
सुरेन्द्रवीर मालाकार - अध्यक्ष नेपाल चेम्बर अफ कमर्श
"माओवादीले सरकारको नेतृत्व गर्न सके आशा गर्न सकिन्छ ।
"
Related : | |
झलनाथ खनाल
"ठूला दल बनेपछि दुई तिहाई बहुमत ल्याए जस्तो माओवादी घमण्डी बन्न थालेका छन् । "
Related : नेकपा एमाले | |
उपेन्द्र यादव
"एक मधेश, एक प्रदेशको माग पूरा भए मात्र माओवादी नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुन्छौं । "
Related : मधेशी जनअधिकार फोरम, नेपाल | |
बामदेब गौतम
"एमाले सरकारमा जानु पर्छ।सत्तापक्ष भएर जानुपर्छ, प्रतिपक्षी भएर रहने बेला भएको छैन।"
Related : नेकपा एमाले | |
बादल (माओबादी नेता)
"संविधानसभाको पहिलो बैठकले निर्णय गरेपछि पनि नहटे सेना या अन्य शक्तिको प्रयोग गरेरै भएपनि हटाइनेछ"
Related : नेकपा माओवादी | |
नरहरि आचार्य
"अब सबिधान बनाउने कुरा सबिधान सभा चुनाब भन्दा पनि चुनौती पूर्ण छ। "
Related : नेपाली कांग्रेस | नरहरि आचर्य |
-प्रचण्ड
"'राजालाई अपमानित तरिकाले निकालिने छैन । मर्यादित तरिकाले दरबार छोडाउन उनीसँगै वार्ता गर्न पनि तयार छौं’"
Related : नेकपा माओवादी | |
सि.पी गजुरेल
"अब बन्ने सरकारले कृषि विकास बैंकबाट किसानले लिएको ऋण मिनाहा गरिदिनेछ ।
"
Related : नेकपा माओवादी | | दिपक कुमार खत्री
प्रचण्ड
"जनताको आदेश आइसकेको छ, यो देखेर अब ज्ञानेन्द्रले सर्लक्क नारायणहिटी छाडिदिए हुन्छ ।"
Related : नेकपा माओवादी | |
कुशकुमार जोशी
"निजी क्षेत्र १२ वर्षसम्म माओवादीकै कारण प्रताडित थियो । अब मैत्री वातावरणको अभिभारा पनि माओवादीमै आएको छ ।
"
Related : नेकपा माओवादी | |
डा. भट्टराई
"सर्पझैं घस्रने वृद्धि होइन, भ्यागुतोजस्तो उपिने वृद्धि आवश्यक छ । '१५-२० प्रतिशत’ आर्थिक वृद्धि चाहिन्छ ।
"
Related : नेकपा माओवादी | |
प्रचण्ड
"श्रम ऐन लगानीकर्ता र श्रमिकबीच सन्तुलन हुने गरी ल्याउने छौं । जनताले दिएको शक्ति भएकाले यसमा हामी कठोर कदम चाल्छौं ।
सेना समायोजनसँगै औद्योगिक सुरक्षाका लागि औद्योगिक शक्ति वा बल स्थापना गर्नेछौं ।
"
Related : नेकपा माओवादी | पुष्प कमल दाहाल (प्रचण्ड) |
शेर बहादुर देउबा
"गाँउमा सुरक्षा स्थिति राम्रो बनाउन नसकेको र माओबादीको डर र धम्कीले गर्दा काग्रेस चुनाब हारेको हो।"
Related : नेपाली कांग्रेस | | अटल मान राई
नरहरि आचार्य
"नेपाली कांग्रेस सरकारबाट भाग्न खोजेको होईन । नेपाली जनताले दिएको जनमत को सम्मान गर्न खोजेको हो । "
Related : नेपाली कांग्रेस | |
एमाले
"जनताको म्यान्डेट अनुसार चल्छौं
"
Related : नेकपा एमाले | |
कांग्रेस
"संविधान लेखनमा मात्र सहकार्य
"
Related : नेपाली कांग्रेस | |
माओवादी
Related : नेकपा माओवादी | |