Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
 
 टिप्पणी

काङ्ग्रेस-एमालेका विकल्प

दयालबहादुर शाही

मति, गति र सरस्वतीले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टर्राई, मनमोहन अधिकारी र मदन भण्डारीले नेपाली जनताको हृदय पगाल्दै नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई मूलधारको पार्टर्ीी रूपमा स्थापित गर्नुभएको थियो । उहा“हरूले विचार, जनाधार र सदाचारका हिसाबले यी दर्ुइ पार्टर्ीीई श्रेष्ठ र सम्भावनायुक्त बनाउनमै आफ्नो जीवनको सम्पर्ूण्ा ऊर्जा खर्चिनुभयो । तर, पछिल्ला १५ वर्षा उहा“का उत्तराधिकारीहरूद्वारा यी पार्टर्ीी थप आकर्षा र ऊर्जा थप्ने काम हुन सकेन । जनताको दिलमा बस्न नसक्दा यी पार्टर्ीी संविधानसभा निर्वाचनमा पराजित भए ।

अग्रजहरूका आ“सु सुक्दैनन्, बरु सुनामीमा परण्िात हुन्छन् । निर्वाचन परण्िाामले त्यस्तै देखाएको छ । आफ्नो पराजयका अनेकौ“ कारणका थुप्रो उधिनिरहेका काङ्ग्रेस र एमालेजनले यो श्रीहीन अवस्थाको दर्ुलभ कारण गणेशमान सिंह, कृष्णप्रसाद भट्टर्राई र मनमोहन अधिकारीका आ“सु हुन् भनी अझै स्वीकारेका छैनन् । २०४६ सालमा गणेशमानले देखाएको त्याग, देशलाई लिकमा हि“डाउन ०५१ सालमा प्रधानमन्त्रीको हैसियतले मनमोहन अधिकारीले गरेको पहलकदमी र ०५६ सालमा कृष्णप्रसाद भट्टर्राईले बहुमतसहितको काङ्ग्रेस सरकारलाई प्रदान गरेको नेतृत्व महत्त्वपर्ूण्ा थिए । वयोवृद्ध नेताद्वय अधिकारी र भट्टर्राई सत्ता परविर्तनको खेलका सिकार भए । उनीहरू आफ्नो नाति पुस्तास“ग विवेक प्रयोगको याचना गर्दा गोहीको जुनी ग्रहण गरसिकेका तत्कालीन माननीय सांसदहरूका आ“खा त रसाए तर हृदय पग्लिएन । सत्पात्रहरूलाई सत्ताच्यूत गर्ने माननीयहरूको त्यतिबेलाको दर्ुर्बुद्धि नै अहिले आफ्नै खुट्टा छेक्ने बञ्चरो भयो ।

०५३ सालमा भारतमा १३ दिन मात्र प्रधानमन्त्री हुने अवसर पाएका अटलविहारी बाजपेयीका सहकर्मीहरू आफ्नो संसदीय दलका नेतालाई सडकमा छोडी गठबन्धन सरकारमा सामेल भएर घा“स चर्न जाने हतारो गर्ने स्वा“ठ र विवेकहीन भएर आएनन् । बरु उनको भारतीय जनता पार्टर्ीीर्ैय गरेर बस्यो र पछि जनताको र्समर्थनले बहुमत प्राप्त गरी सरकारमा गयो । र, पा“च वर्षम्म स्थिर सरकार प्रदान गर्न सफल भयोे । ठीक उल्टो नेकपा एमाले भने सांसद खरदिबिक्री, अविश्वास प्रस्ताव र सरकार परविर्तनका खेलमा अलमलियो । ०५४ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकारमा सामेल भई स्थानीय निर्वाचनमा पाएको सफलता पनि थेग्न सकेन, विभाजित हुन पुग्यो  । यसले गर्दा मनमोहन अधिकारीलाई पुनः प्रधानमन्त्रीका रूपमा देख्ने नेपाली जनताको चाहना टरेर गयो ।

उता कृष्णप्रसाद भट्टर्राईलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरी पा“च वर्षम्म स्थायी सरकार दिने सङ्कल्पका कारण काङ्ग्रेसले बहुमत पायो तर सङ्कल्प व्यवहारमा बदलिएन । अनि, ०५४ मा पाएको सफलताले एमालेको अधोगति सुरु भएजस्तै ०५६ मा प्राप्त सफलता नै नेपाली काङ्ग्रेसको अधोगतिको आधार बन्यो । भट्टर्राई र अधिकारीरूपी सुनकुखुरीका गला रेट्ने रक्तहीन कोतपर्व उचित होइन भन्ने विवेक काङ्ग्रेस र एमालेको वर्तमान नेतृत्वमा देखिएन । आफ्नो सिङ्गो जीवन राष्ट्रलाई समर्पित गरेका तिनैका आ“सु आज सुनामीमा रूपान्तरण हुनाले नै काङ्ग्रेस र एमाले यसरी पछारएिका हुन् । प्रजातन्त्रको मसिहा ठान्ने काङ्ग्रेस मासिने हालतमा पुग्नु र वाम आन्दोलनको मूलप्रवाह भनी नथाक्ने एमाले नेताहरूमा भ“गालो भनिएको माओवादीमा मिसिन खुट्टा उचाल्ने प्रतिस्पर्धा सुरु हुने आधार खडा हुनु भनेको त्याग र आ“सुको महत्त्व नबुझ्दाको परण्िााम हो ।

गणेशमान सिंहले ०४६ सालको जनआन्दोलनको सफलतापछि प्रधानमन्त्री हुन पाएको अवसर कृष्णप्रसाद भट्टर्राईलाई प्रदान गरेर त्यागको उच्चतम नमुना प्रस्तुत गर्नुभएको थियो । मदन भण्डारीले ०१७ सालदेखिका काङ्ग्रेस र कम्युनिस्टबीचको कटुता समाप्त गर्दै काङ्गे्रसस“ग सहकार्य गर्नुभयो । अनि, बहुदलीय जनवादको जगमा उभिएर उहा“ ४१ वर्षो उमेरमा नै नेपालको राजनीतिमा प्रभावशाली रूपमा स्थापित हुनुभयो । बीपी, गणेशमान र कृष्णप्रसादले सयौ“ मार र हन्डर सहेर निर्माण गरेको पार्टर्ीीेपाली काङ्ग्रेसलाई गिरजिाप्रसाद कोइरालाको असावधानी र अदूरदर्शिताले यतिबेला माओवादीबाट प्राणरक्षाको भीख माग्नुपर्ने हालतमा पुर्‍याएको छ । सन् १९९० को दशकमा सुकिसकेको विश्व वामपन्थी आन्दोलनलाई जनताको बहुदलीय जनवादरूपी सञ्जीवनी बुटी प्रदान गर्ने मदन र मनमोहनको पार्टर्ीीेकपा एमाले माधवकुमार नेपालको नेतृत्वकालको अन्त्यतिर आइपुग्दा सम्पर्ूण्ा सम्भावना गुमाएर गर्भपतन भएकी आमाको हालतमा पुगेर उल्टै ओठतालु सुकेको अवस्थामा छ ।

शक्ति पृथकीकरणको सिद्धान्तसहितको जनवाद, मानव अधिकारको रक्षा, संविधानको सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचन, बहुदलीयता, संवैधानिक प्रतिपक्ष, वर्ग रहेसम्म वर्गीय हितको पक्षपोषण गर्ने राजनीतिक शक्तिमाथिको निषेधकारी गतिविधिको अन्त्यको सुनिश्चितता मदन भण्डारीले विश्व वामपन्थी आन्दोलनलाई दिएको वैचारकि योगदान हो । तर, यस वास्तविकतालाई एमाले नेतृत्वले स्वीकार गर्न सकेन, न त पद त्याग गर्न प्राण छोड्नभन्दा गाह्रो ठान्ने प्रवृत्तिबाट मुक्त नै हुन सक्यो । अब एमालेको युवापुस्ताले वैचारकि नेतृत्वको अभावले ग्रस्त भई थला परेको पार्टर्ीीे क्रन्दनलाई बुझ्नर्ुपर्दछ । यसो गर्दा मात्र खहरे भनिएको माओवादीसामु एमालेलाई वास्तवमा महानदी सावित गराउन सकिनेछ ।

बीपी र मदनका अनुयायीहरूले काङ्ग्रेस र एमालेलाई जीवन्त बनाउन अविचलित रूपमा पहलकदमी गर्नुपर्दछ । माओवादीले चुनाव जिते पनि राजनीति हारेको छ । एमाले र काङ्ग्रेसले चुनाव हारे पनि राजनीति जितेका छन् । चुनाव त द्वितीय विश्वयुद्धमा बेलायतलाई जिताएका विन्स्टन चर्चिलको पार्टर्ीी पनि हारेको थियो  । मूल कुरा जरा कसका बलिया छन् भन्ने हो । काङ्ग्रेस र एमालेका जरा सतिसालका जस्ता जब्बर छन् र माओवादीका उत्तीसका जस्ता निर्बल  । त्यसैले काङ्ग्रेस र एमालेको युवापुस्ताले बुद्धि पुर्‍याउने हो भने अहिलेको धक्कालाई अस्थायी बनाउन सकिने दरलिा आधारहरू छन् ।

स्वच्छ छविको ढाल र वैचारकि सङ्र्घष्ाको तरबारले सुसज्जित नया“ नेतृत्वको कति धेरै खा“चो छ भन्ने दृष्टान्त गुल्मी-२ बाट एमालेका विजयी उम्मेदवार प्रदीप ज्ञवाली र निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसका युवा नेता चन्द्र भण्डारीले पाएको उल्लेख्य मत र माओवादीको दयालाग्दो हविगत हो । माओवादीको आगोले ढुङ्गैढुङ्गासमेत पगालेको कालीकोटको नाकैअगाडि बाजुराबाट काङ्ग्रेसका विजयी उम्मेदवार देवराज जोशी र एमाले उम्मेदवार कर्ण्र्ााादुर थापाले पाएको भारी मतका सामु माओवादीले पाएको करबि पा“च हजार कम मतले समेत काङ्ग्रेस, एमाले र माओवादीको वास्तविक हैसियत, आकार र भविष्य आ“क्न सकिन्छ  । यसैले दाबीका साथ भन्न सकिन्छ, नेपाली काङ्ग्रेस र एमालेलाई पुनः जनताको भरपर्दो पार्टर्ीी रूपान्तरण गर्न युवापुस्ताले विवेक र साहस देखाएमा यो अवस्था उल्टिन समय लाग्ने छैन । त्यसैले प्रेममा असफल प्रेमीले विक्षिप्त हु“दै चिनेका चौतारामाथि बसेकी जौमती, नौलो प्रीति मैले लाइन“, पुरानै रहु“ कति - भनेझै“ अब एमाले र काङ्ग्रेसस“ग आत्ममन्थन गर्दै जनताको साथ र काखको महत्त्व बुझ्नुको विकल्प छैन ।

 
काङ्ग्रेसले किन हार्‍यो ?


सुरेन्द्रराज देवकोटा

चुनावी मैदानमा नेपाली काङ्ग्रेसको रथ भा“चिएको छ । यसका महारथीले काङ्ग्रेसलाई चुनावमा पुर्‍याउने आफ्नो कर्तव्य पूरा गर्नुभयो । किनभने, चुनाव नै मुलुकका लागि मुक्तिको बाटो थियो । तर, चुनावरूपी युद्धको मैदानमा पुगेपछि अधिकांश काङ्ग्रेसी रथीहरू आ-आफ्नो रक्ष्र्ँार्थ नै चिन्तित देखिए । अनि, लाजमर्दो ढङ्गले पराजित भएपछि किर्ंकर्तव्यविमूढ भए । आज काङ्ग्रेसमा स्तब्धता छाएको छ, कार्यकर्ता निराश र खिन्न छन् । तर, यो भवितव्य त्यत्तिकै आएको भने होइन ।

चुनावको लाजमर्दो नतिजालाई काङ्ग्रेसले कसरी आत्ममूल्याङ्कन गर्छ, हर्ेन बा“की नै छ । तर, दोष कसलाई थोपर्ने भन्ने कसरतमा फेर िपनि अल्भिmए, दर्ुभाग्य नै हुनेछ । आफ्नो आङको भै“सी नदेखेर अर्काको आङको जुम्रँ खोज्ने बानी नया“ भने अवश्य होइन । गुण र दोष केलाउने काङ्ग्रेसी संयन्त्र नै दृष्टिदोषी भइसकेको यस घडीमा पानीमाथि ओभानो बन्ने प्रयत्न कसैले नगर्नुमै कल्याण देखिन्छ  । चुनाव र त्यसअघिका सम्पर्ूण्ा पक्षहरूको विश्लेषण गर्ने हिम्मत जुटाउनर्ुपर्छ, काङ्ग्रेसी नेतृत्वले । अन्यथा ओह्रालो लागेको मृगलाई कुकुरले पनि खेद्छ । हेरौ“, कमजोरीका केही पक्षहरू ः

नीतिगत पक्ष ः काङ्ग्रेसको पहिचान भनेको प्रजातान्त्रिक समाजवाद हो । २०४६ सालपछि अधिकांश समयमा सत्ता सम्हालेको यस पार्टर्ीी मुलुकमा समाजवादी कार्यक्रमहरू सञ्चालन गरेको जनताले चुनावमा बाहेक अरूबेला थाहा पाएनन् । समाजवाद काङ्ग्रेसको मागीखाने ढुङ्ग्रोभन्दा बढ्ता भएन । ०१२ सालको वीरगन्ज महाधिवेशनबाट भित्रिएको प्रजातान्त्रिक समाजवाद ०६४ सालको महासमिति बैठकमा प्रस्तुत संविधानसभा घोषणापत्रको मस्यौदाबाट हराइसकेको थियो । बीपी, सुवर्ण्र्ााशेर, गणेशमान, र्सर्ूयप्रसाद उपाध्यायजस्ता नेतागणले सुरु गरेको समाजवादी नाराको कार्यान्वयन नभएपछि जनताले केका लागि भोट हाल्ने -

यहा“निर अर्को प्रश्न थपिएको छ, आखिर काङ्ग्रेसले अब कसको प्रतिनिधित्व गर्छ - के यो गरबि र मध्यमवर्गीयहरूको पार्टर्ीीोइन - हुन त काङ्ग्रेसमा अधिकांश नेताहरू करोडपति भइसकेका होलान् र त्यसैले उनीहरू ठान्छन् कि आमकार्यकर्ता र गरबि-गुरुवाहरू तिनका रैती हुन्, जसले अन्यत्र भोट हाल्दैनन् ।

काङ्ग्रेसले पार्टर्ीी सरकारबीचको सैद्धान्तिक र व्यावहारकि पक्ष्ँलाई फरक ढङ्गले प्रस्तुत गर्न सकेन । सरकार चलाउ“दा पु“जीवादी एवम् बजारमुखी अर्थव्यवस्था समात्दा देशको बहुसङ्ख्यक जनसङ्ख्या आधारभूत आवश्यकताबाट वञ्चित हुने तथ्य आमकाङ्ग्रेसी नेतृत्वगणलाई थाहा हु“दाहु“दै पनि एउटै प्रभावकारी समाजवादी कार्यक्रमको कार्यान्वयन नहुनु स्वयम्मा अत्यन्त दुःखदायी पक्ष्ँ हो । त्यसैले सायद जनताले सोचे होलान्, काङ्ग्रेस अब पु“जीवादीहरू अथवा नया“ सामन्तवर्ग -बीपीको भाषामा भुइ“फुट्टावर्ग)को क्लब भइसक्यो । त्यसैले भोट दिन जरुरी देखेनन् ।

सङ्गठन ः माओवादीहरूले जनयुद्ध सुरु गरेपछि काङ्ग्रेसको अधिकांश गाउ“ सङ्गठन र केही जिल्ला सङ्गठनहरू पर्ूण्ातया धराशयी भइसकेका थिए र छन् पनि । त्यतिले नपुगेर पार्टर्ीीत्र बढ्दै गएको सामन्ती संस्कार र भुइ“फुट्टावर्गको वर्गीय चरत्रिबाट आमकार्यकर्ताहरू उदासीन हु“दै गएका थिए । पार्टर्ीीत्र आन्तरकि प्रतिस्पर्धाभन्दा को-कसको मान्छे भन्ने व्यक्तिगत गुटबन्दीमा आमकाङ्ग्रेसीजनहरू नराम्रँेस“ग जकडिन पुगे ।

पार्टर्ीी विभिन्न निकायहरूलाई प्रतिस्पर्धात्मक तवरले अगाडि बढ्न दिनुको साटो सामन्ती प्रक्रिया अपनाई आ-आफ्ना हुक्के र ढोका चहार्नेहरूलाई टीका लगाएर जिम्मा दिने प्रवृत्ति काङ्ग्रेसको दर्ीघरोग हो । टीका थाप्ने व्यक्ति सङ्गठन र आमकार्यकर्ताभन्दा आफ्नै टीका लगाउने मालिकप्रति बढी बफादार हुन्छ । किनभने, मालिकहरू सधै“ दाहिना भएपछि पार्टर्ीीङ्गठन खाल्डो परे पनि केही फरक पर्दैन  । त्यसैले आज प्रायःजसो क्षेत्रमा काङ्ग्रेसी सङ्गठन छरपस्ट छ । नेविसङ्घ र तरुण दलजस्ता सशक्त सङ्गठनहरू आज पक्षघातले पीडित देखिन्छन् ।

अरू त अरू, काङ्ग्रेस केन्द्रीय समितिकै कन्तबिजोग छ । चुनावमा आमउम्मेदवारहरूलाई सहयोग त परै जाओस्, आफ्नै उम्मेदवारी र धरौटी बचाउन धौधौ पर्‍यो । तैपनि, अहिलेसम्म चुनाव हारेका एक जना केन्द्रीय सदस्यले पनि नैतिकताका आधारमा राजीनामा दिन सकेनन् । राजीनामा दिएका कार्यवाहक सभापतिलाई पनि पुनःबहाली गरयिो । यसले के पुष्टि गर्छ भने काङ्ग्रेसमा पार्टर्ीीदा व्यक्ति ठूलो हो भन्ने मानसिकताले काम गर्छ, जो पार्टर्ीीर्ूण्ा सामन्तीकृत भइसकेको सूचक हो ।

उम्मेदवारी चयन ः संविधानसभा चुनावलाई काङ्ग्रेसले परम्परागत ढङ्गबाट लिनु पनि गल्ती थियो । यो ऐतिहासिक अवसरलाई ऐतिहासिक पार्टर्ीी ऐतिहासिक ढङ्गबाट लिनुपथ्र्यो । जनताले खोजेको र्सवाङ्गीण परविर्तनलाई हल्का किसिमले लिनु जनताकै भावना बुझ्न नसक्नुजस्तो भयो । उदाहरणका लागि जनताले खोजेको गणतन्त्रलाई कुण्ठित पार्ने खालका उम्मेदवारप्रति आमजनता विश्वस्त हुन सकेनन् । जनता के चाहन्छन् भन्दा पनि नेतागण के चाहन्छन् र त्यसलाई मानेर ताली पिट्ने काम जनताबाट हुनर्ुपर्छ भन्ने मान्यताबाट पीडित उम्मेदवारहरूको चयनलाई जनताले नराम्रँे झापट दिएका छन् ।

आ-आफ्ना त्याग र इतिहास भजाएर नथाक्नेहरूको भीड पनि अचम्मैलाग्दो थियो । जस्तै, ७० वर्षनाघिसकेका मर्ूधन्यहरूले प्रत्यक्ष चुनावको साटो समानुपातिकमा बस्न नसक्नु स्वयम्मा विडम्बना थियो । मानौ“, काङ्ग्रेसमा त्याग र योगदान गर्नेहरू उनीहरू मात्रै हुन् । वास्तवमा काङ्ग्रेसप्रति सद्भाव राख्नेहरूको मन त्यसैबेला कु“डियो, जब उम्मेदवार-सूची र्सार्वजनिक भयो । मानौ“, काङ्ग्रेसस“ग नया“ सोच राख्ने कुनै व्यक्तित्व छैन, नया“ जा“गर भर्ने शक्ति छैन, नया“ उत्प्रेरणा जगाउने कार्यक्रम छैन ।

नेपाली काङ्ग्रेसले सत्तँ र भत्तँभन्दा देश र जनताका लागि आफूलाई समर्पित गर्नुछ तर त्यसको निम्ति कोठे राजनीतिमै अल्भिmयो भने आगामी चुनावी परण्िाामहरू झन् दयनीय हुन सक्छन् । तर्सथ, काङ्ग्रेसमा कर्ुर्सर्ीीे परविर्तन होइन, समग्र पार्टर्ीीे संरचना, नीति र नेतृत्वमा आमूल परविर्तन आवश्यक छ । पार्टर्ीी यावत् निकायहरूमा पारदर्शी र लोकतान्त्रिक पद्धति अनुसार नया“ संस्कारको विकास हुनु जरुरी छ । २१औ“ शताब्दीमा पार्टर्ीी देश चलाउन सोही अनुसारको सोच, रणनीति र कार्यक्रमहरू चाहिन्छ । अन्यथा जनताले किन भोट हाल्ने ?


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur