काङ्ग्रेसले
किन हार्यो ?

सुरेन्द्रराज देवकोटा
चुनावी मैदानमा नेपाली काङ्ग्रेसको रथ भा“चिएको छ । यसका महारथीले
काङ्ग्रेसलाई चुनावमा पुर्याउने आफ्नो कर्तव्य पूरा गर्नुभयो
। किनभने, चुनाव नै मुलुकका लागि मुक्तिको बाटो थियो । तर, चुनावरूपी
युद्धको मैदानमा पुगेपछि अधिकांश काङ्ग्रेसी रथीहरू आ-आफ्नो
रक्ष्र्ँार्थ नै चिन्तित देखिए । अनि, लाजमर्दो ढङ्गले पराजित
भएपछि किर्ंकर्तव्यविमूढ भए । आज काङ्ग्रेसमा स्तब्धता छाएको
छ, कार्यकर्ता निराश र खिन्न छन् । तर, यो भवितव्य त्यत्तिकै
आएको भने होइन ।
चुनावको लाजमर्दो नतिजालाई काङ्ग्रेसले कसरी आत्ममूल्याङ्कन
गर्छ, हर्ेन बा“की नै छ । तर, दोष कसलाई थोपर्ने भन्ने कसरतमा
फेर िपनि अल्भिmए, दर्ुभाग्य नै हुनेछ । आफ्नो आङको भै“सी नदेखेर
अर्काको आङको जुम्रँ खोज्ने बानी नया“ भने अवश्य होइन । गुण
र दोष केलाउने काङ्ग्रेसी संयन्त्र नै दृष्टिदोषी भइसकेको यस
घडीमा पानीमाथि ओभानो बन्ने प्रयत्न कसैले नगर्नुमै कल्याण देखिन्छ
। चुनाव र त्यसअघिका सम्पर्ूण्ा पक्षहरूको विश्लेषण गर्ने हिम्मत
जुटाउनर्ुपर्छ, काङ्ग्रेसी नेतृत्वले । अन्यथा ओह्रालो लागेको
मृगलाई कुकुरले पनि खेद्छ । हेरौ“, कमजोरीका केही पक्षहरू ः
नीतिगत पक्ष ः काङ्ग्रेसको पहिचान भनेको प्रजातान्त्रिक समाजवाद
हो । २०४६ सालपछि अधिकांश समयमा सत्ता सम्हालेको यस पार्टर्ीी
मुलुकमा समाजवादी कार्यक्रमहरू सञ्चालन गरेको जनताले चुनावमा
बाहेक अरूबेला थाहा पाएनन् । समाजवाद काङ्ग्रेसको मागीखाने ढुङ्ग्रोभन्दा
बढ्ता भएन । ०१२ सालको वीरगन्ज महाधिवेशनबाट भित्रिएको प्रजातान्त्रिक
समाजवाद ०६४ सालको महासमिति बैठकमा प्रस्तुत संविधानसभा घोषणापत्रको
मस्यौदाबाट हराइसकेको थियो । बीपी, सुवर्ण्र्ााशेर, गणेशमान,
र्सर्ूयप्रसाद उपाध्यायजस्ता नेतागणले सुरु गरेको समाजवादी नाराको
कार्यान्वयन नभएपछि जनताले केका लागि भोट हाल्ने -
यहा“निर
अर्को प्रश्न थपिएको छ, आखिर काङ्ग्रेसले अब कसको प्रतिनिधित्व
गर्छ - के यो गरबि र मध्यमवर्गीयहरूको पार्टर्ीीोइन - हुन त
काङ्ग्रेसमा अधिकांश नेताहरू करोडपति भइसकेका होलान् र त्यसैले
उनीहरू ठान्छन् कि आमकार्यकर्ता र गरबि-गुरुवाहरू तिनका रैती
हुन्, जसले अन्यत्र भोट हाल्दैनन् ।
काङ्ग्रेसले पार्टर्ीी सरकारबीचको सैद्धान्तिक र व्यावहारकि
पक्ष्ँलाई फरक ढङ्गले प्रस्तुत गर्न सकेन । सरकार चलाउ“दा पु“जीवादी
एवम् बजारमुखी अर्थव्यवस्था समात्दा देशको बहुसङ्ख्यक जनसङ्ख्या
आधारभूत आवश्यकताबाट वञ्चित हुने तथ्य आमकाङ्ग्रेसी नेतृत्वगणलाई
थाहा हु“दाहु“दै पनि एउटै प्रभावकारी समाजवादी कार्यक्रमको कार्यान्वयन
नहुनु स्वयम्मा अत्यन्त दुःखदायी पक्ष्ँ हो । त्यसैले सायद जनताले
सोचे होलान्, काङ्ग्रेस अब पु“जीवादीहरू अथवा नया“ सामन्तवर्ग
-बीपीको भाषामा भुइ“फुट्टावर्ग)को क्लब भइसक्यो । त्यसैले भोट
दिन जरुरी देखेनन् ।
सङ्गठन ः माओवादीहरूले जनयुद्ध सुरु गरेपछि काङ्ग्रेसको अधिकांश
गाउ“ सङ्गठन र केही जिल्ला सङ्गठनहरू पर्ूण्ातया धराशयी भइसकेका
थिए र छन् पनि । त्यतिले नपुगेर पार्टर्ीीत्र बढ्दै गएको सामन्ती
संस्कार र भुइ“फुट्टावर्गको वर्गीय चरत्रिबाट आमकार्यकर्ताहरू
उदासीन हु“दै गएका थिए । पार्टर्ीीत्र आन्तरकि प्रतिस्पर्धाभन्दा
को-कसको मान्छे भन्ने व्यक्तिगत गुटबन्दीमा आमकाङ्ग्रेसीजनहरू
नराम्रँेस“ग जकडिन पुगे ।
पार्टर्ीी विभिन्न निकायहरूलाई प्रतिस्पर्धात्मक तवरले अगाडि
बढ्न दिनुको साटो सामन्ती प्रक्रिया अपनाई आ-आफ्ना हुक्के र
ढोका चहार्नेहरूलाई टीका लगाएर जिम्मा दिने प्रवृत्ति काङ्ग्रेसको
दर्ीघरोग हो । टीका थाप्ने व्यक्ति सङ्गठन र आमकार्यकर्ताभन्दा
आफ्नै टीका लगाउने मालिकप्रति बढी बफादार हुन्छ । किनभने, मालिकहरू
सधै“ दाहिना भएपछि पार्टर्ीीङ्गठन खाल्डो परे पनि केही फरक पर्दैन
। त्यसैले आज प्रायःजसो क्षेत्रमा काङ्ग्रेसी सङ्गठन छरपस्ट
छ । नेविसङ्घ र तरुण दलजस्ता सशक्त सङ्गठनहरू आज पक्षघातले पीडित
देखिन्छन् ।
अरू त अरू, काङ्ग्रेस केन्द्रीय समितिकै कन्तबिजोग छ । चुनावमा
आमउम्मेदवारहरूलाई सहयोग त परै जाओस्, आफ्नै उम्मेदवारी र धरौटी
बचाउन धौधौ पर्यो । तैपनि, अहिलेसम्म चुनाव हारेका एक जना केन्द्रीय
सदस्यले पनि नैतिकताका आधारमा राजीनामा दिन सकेनन् । राजीनामा
दिएका कार्यवाहक सभापतिलाई पनि पुनःबहाली गरयिो । यसले के पुष्टि
गर्छ भने काङ्ग्रेसमा पार्टर्ीीदा व्यक्ति ठूलो हो भन्ने मानसिकताले
काम गर्छ, जो पार्टर्ीीर्ूण्ा सामन्तीकृत भइसकेको सूचक हो ।
उम्मेदवारी चयन ः संविधानसभा चुनावलाई काङ्ग्रेसले परम्परागत
ढङ्गबाट लिनु पनि गल्ती थियो । यो ऐतिहासिक अवसरलाई ऐतिहासिक
पार्टर्ीी ऐतिहासिक ढङ्गबाट लिनुपथ्र्यो । जनताले खोजेको र्सवाङ्गीण
परविर्तनलाई हल्का किसिमले लिनु जनताकै भावना बुझ्न नसक्नुजस्तो
भयो । उदाहरणका लागि जनताले खोजेको गणतन्त्रलाई कुण्ठित पार्ने
खालका उम्मेदवारप्रति आमजनता विश्वस्त हुन सकेनन् । जनता के
चाहन्छन् भन्दा पनि नेतागण के चाहन्छन् र त्यसलाई मानेर ताली
पिट्ने काम जनताबाट हुनर्ुपर्छ भन्ने मान्यताबाट पीडित उम्मेदवारहरूको
चयनलाई जनताले नराम्रँे झापट दिएका छन् ।
आ-आफ्ना त्याग र इतिहास भजाएर नथाक्नेहरूको भीड पनि अचम्मैलाग्दो
थियो । जस्तै, ७० वर्षनाघिसकेका मर्ूधन्यहरूले प्रत्यक्ष चुनावको
साटो समानुपातिकमा बस्न नसक्नु स्वयम्मा विडम्बना थियो । मानौ“,
काङ्ग्रेसमा त्याग र योगदान गर्नेहरू उनीहरू मात्रै हुन् । वास्तवमा
काङ्ग्रेसप्रति सद्भाव राख्नेहरूको मन त्यसैबेला कु“डियो, जब
उम्मेदवार-सूची र्सार्वजनिक भयो । मानौ“, काङ्ग्रेसस“ग नया“
सोच राख्ने कुनै व्यक्तित्व छैन, नया“ जा“गर भर्ने शक्ति छैन,
नया“ उत्प्रेरणा जगाउने कार्यक्रम छैन ।
नेपाली काङ्ग्रेसले सत्तँ र भत्तँभन्दा देश र जनताका लागि
आफूलाई समर्पित गर्नुछ तर त्यसको निम्ति कोठे राजनीतिमै अल्भिmयो
भने आगामी चुनावी परण्िाामहरू झन् दयनीय हुन सक्छन् । तर्सथ,
काङ्ग्रेसमा कर्ुर्सर्ीीे परविर्तन होइन, समग्र पार्टर्ीीे संरचना,
नीति र नेतृत्वमा आमूल परविर्तन आवश्यक छ । पार्टर्ीी यावत्
निकायहरूमा पारदर्शी र लोकतान्त्रिक पद्धति अनुसार नया“ संस्कारको
विकास हुनु जरुरी छ । २१औ“ शताब्दीमा पार्टर्ीी देश चलाउन सोही
अनुसारको सोच, रणनीति र कार्यक्रमहरू चाहिन्छ । अन्यथा जनताले
किन भोट हाल्ने ?