Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
झटारो

सुरेश किरण

आखा अस्पताल

राजधानीमा अचेल त्यसै आ“खा दुख्छ । अनेकथरी हर्ेर्नुपर्ने बाध्यता छ राजधानीमा । अनि, आ“खा दुख्दैन - म आ“खा ज“चाउन आ“खा अस्पताल पुगे“ । तर, त्यहा“ मेरो आ“खाले झन् अनौठो दृश्य देख्नुपर्‍यो । आ“खा ज“चाउने बिरामीहरूको लाइनमा नेकपा माओवादीका झन्डै सबै नेताहरू उभिरहेका थिए  । यो के भएछ - माओवादीका जम्मै नेताहरूलाई एकैचोटि आ“खा दुख्ने रोग लागेछ - लाइनमा कमरेड अनन्त, कमरेड बादल, कमरेड बलदेव, कमरेड पासाङ, कमरेड राकेश, कमरेड किरण... करबिकरबि सबै वरष्िठ नेताहरू थिए । नेता मात्र होइन, कार्यकर्ताहरूको पनि भीडभाड थियो ।

मैले विस्तारै एक जना कमरेडलाई सोधे“, "यो के भयो कमरेड - साम्राज्यवादीहरूले पार्टर्ी्क्तिमाथि विषालु ग्यासै प्रहार गरेछन् कि क्या हो - सबैका आ“खा दुखेछन् ।"

उनले भने, "कुरो त्यस्तो होइन मित्र  । हामी वास्तवमा आ“खा दुखेर ज“चाउन आएका होइनौ“ । हाम्रा अध्यक्ष कमरेडले दिनुभएको निर्देशनको पालना गर्न आएका हौ“ ।"

"के उहा“ले तपाईंहरू सबैलाई आ“खा ज“चाऊ भनेर निर्देशन दिनुभएको हो -" मैले सोधे“ ।

उनले भने, "सीधै आ“खा ज“चाऊ त भन्नुभएको होइन । तर, उहा“को निर्देशन पालना गर्न आ“खा भने ज“चाउनैपर्ने अवस्था छ । उहा“ले भन्नुभएको छ, अब नया“ परििस्थतिमा हामीले अरूलाई हर्ेर्ने आफ्नो आ“खा बदल्नर्ुपर्छ । बस्, हामी आफ्नो आ“खा बदल्न आ“खा अस्पताल आएका हौ“ ।"

कमरेडको जिम्मेवार जवाफले म किञ्चित अकमकाए“ । तैपनि सोधे“, "अस्पतालले बदलिदिन्छ त तपाईंहरूको आ“खा -"

"नबदली सुख -" उनले भने, "आ“खा अस्पतालले नै आ“खा बदल्दैन भने अरू कसले बदल्छ - नेपालमा आ“खा बदल्ने ठाउ“ अरू पनि छ जस्तो त मलाई लाग्दैन । हामी त यही“ बदल्छौ“ ।"

उहा“हरू आ“खा नबदली यहा“बाट जानुहोला जस्तो लागेन । अतः मेरो ज“चाउने पालो नआउने निश्चित ठानेर म घरतिर फर्कें ।

अध्यक्षको अपहरण

आपर्ूर्तिमन्त्री श्यामसुन्दर गुप्तामाथि आफ्नै पार्टर्ीध्यक्ष आनन्दीदेवी सिंहलाई अपहरण गरेको आरोप लागेको छ । केही समयदेखि नेपालमा आपर्ूर्तिमन्त्रीको काम पेट्रोल बेपत्ता गर्नु, ग्यास बेपत्ता गर्नु, खाने तेल बेपत्ता गर्नुमा केन्द्रित थियो । अब पार्टर्ीे अध्यक्ष बेपत्ता गर्नतिर पनि विस्तारति भएछ ।

"मन्त्रीजस्तो भएर आफ्नै पार्टर्ीे अध्यक्षलाई अपहरण गर्नुहुन्छ -" कसैले मन्त्री गुप्तालाई सोधेछ । जवाफमा उहा“ले भन्नुभएछ, "अपहरण गरे“ त आफ्नै पार्टर्ीे अध्यक्षलाई गरे“, थोडै तपाईंको पार्टर्ीे अध्यक्षलाई गरेको छु -"

त्यसो त नेपालमा अपहरण अब आमकुरा भइसक्यो  । तर पनि मन्त्रीजस्तो मान्छेले अपहरण कार्य गरेपछि त्यहा“ केही प्रश्न उठ्नु स्वाभाविक हो । किनभने, नेपालमा अपहरण मन्त्रीले गररिहनुपर्ने कामै होइन । उहा“ले अह्राए मात्र पुग्छ, अपहरण गर्नेहरूको पूरा ग्याङै यहा“ मौजुद छ । बरु उहा“ले समेत अपहरण गरेकाले यो व्यवसायमाथि नै सरकारी हस्तक्षेप हुन पुगेको प्रतीत हुन्छ । मन्त्रीको यस कार्यबाट देशका अपहरण व्यवसायीहरू आक्रोशित भएको हुनर्ुपर्छ । के अबउप्रान्त सरकारले अपहरण कार्य आफ“ै सञ्चालन गर्ने योजना बनाएको हो - देशमा भएका जम्मै उद्योग-कलकारखाना सरकारले निजी क्षेत्रलाई दिइरहेको छ तर निजी क्षेत्रले गर्दै आएको अपहरण व्यवसाय भने आफूले गर्न खोजिरहेको छ । भन्ने बेला निजी क्षेत्रलाई प्रोत्साहित गर्र्छौं भन्ने, गर्ने बेलाचाहि“ निजी क्षेत्रको काममा समेत हस्तक्षेप गर्ने † यो कस्तो सरकारी नीति हो - के यस्तो तालले प्रचण्डले भनेजस्तो पु“जीवादको विकास हुन्छ - मन्त्रीजस्तो मान्छे आफ“ै अपहरण व्यवसायमा आए भने अरू सानातिना व्यवसायीले कसरी चलाउने - मन्त्री आफ“ैले चलाएको व्यवसायस“ग अरूले त प्रतिस्पर्धा नै गर्न सक्दैन । के यतातिर सरकारले सोच्नुपर्दैन -

सोझै - रवीन्द्र

Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur