आखा
अस्पताल
राजधानीमा अचेल त्यसै आ“खा दुख्छ । अनेकथरी
हर्ेर्नुपर्ने बाध्यता छ राजधानीमा । अनि, आ“खा दुख्दैन
- म आ“खा ज“चाउन आ“खा अस्पताल पुगे“ । तर, त्यहा“ मेरो
आ“खाले झन् अनौठो दृश्य देख्नुपर्यो । आ“खा ज“चाउने बिरामीहरूको
लाइनमा नेकपा माओवादीका झन्डै सबै नेताहरू उभिरहेका थिए
। यो के भएछ - माओवादीका जम्मै नेताहरूलाई एकैचोटि आ“खा
दुख्ने रोग लागेछ - लाइनमा कमरेड अनन्त, कमरेड बादल, कमरेड
बलदेव, कमरेड पासाङ, कमरेड राकेश, कमरेड किरण... करबिकरबि
सबै वरष्िठ नेताहरू थिए । नेता मात्र होइन, कार्यकर्ताहरूको
पनि भीडभाड थियो ।
मैले विस्तारै एक जना कमरेडलाई सोधे“,
"यो के भयो कमरेड - साम्राज्यवादीहरूले पार्टर्ी्क्तिमाथि
विषालु ग्यासै प्रहार गरेछन् कि क्या हो - सबैका आ“खा
दुखेछन् ।"
उनले भने, "कुरो त्यस्तो होइन मित्र
। हामी वास्तवमा आ“खा दुखेर ज“चाउन आएका होइनौ“ । हाम्रा
अध्यक्ष कमरेडले दिनुभएको निर्देशनको पालना गर्न आएका
हौ“ ।"
"के उहा“ले तपाईंहरू सबैलाई आ“खा
ज“चाऊ भनेर निर्देशन दिनुभएको हो -" मैले सोधे“ ।
उनले भने, "सीधै आ“खा ज“चाऊ त भन्नुभएको
होइन । तर, उहा“को निर्देशन पालना गर्न आ“खा भने ज“चाउनैपर्ने
अवस्था छ । उहा“ले भन्नुभएको छ, अब नया“ परििस्थतिमा हामीले
अरूलाई हर्ेर्ने आफ्नो आ“खा बदल्नर्ुपर्छ । बस्, हामी
आफ्नो आ“खा बदल्न आ“खा अस्पताल आएका हौ“ ।"
कमरेडको जिम्मेवार जवाफले म किञ्चित
अकमकाए“ । तैपनि सोधे“, "अस्पतालले बदलिदिन्छ त तपाईंहरूको
आ“खा -"
"नबदली सुख -" उनले भने, "आ“खा
अस्पतालले नै आ“खा बदल्दैन भने अरू कसले बदल्छ - नेपालमा
आ“खा बदल्ने ठाउ“ अरू पनि छ जस्तो त मलाई लाग्दैन । हामी
त यही“ बदल्छौ“ ।"
उहा“हरू आ“खा नबदली यहा“बाट
जानुहोला जस्तो लागेन । अतः मेरो ज“चाउने पालो नआउने निश्चित
ठानेर म घरतिर फर्कें ।
अध्यक्षको अपहरण
आपर्ूर्तिमन्त्री श्यामसुन्दर गुप्तामाथि
आफ्नै पार्टर्ीध्यक्ष आनन्दीदेवी सिंहलाई अपहरण गरेको
आरोप लागेको छ । केही समयदेखि नेपालमा आपर्ूर्तिमन्त्रीको
काम पेट्रोल बेपत्ता गर्नु, ग्यास बेपत्ता गर्नु, खाने
तेल बेपत्ता गर्नुमा केन्द्रित थियो । अब पार्टर्ीे अध्यक्ष
बेपत्ता गर्नतिर पनि विस्तारति भएछ ।
"मन्त्रीजस्तो भएर आफ्नै पार्टर्ीे
अध्यक्षलाई अपहरण गर्नुहुन्छ -" कसैले मन्त्री गुप्तालाई
सोधेछ । जवाफमा उहा“ले भन्नुभएछ, "अपहरण गरे“ त आफ्नै
पार्टर्ीे अध्यक्षलाई गरे“, थोडै तपाईंको पार्टर्ीे अध्यक्षलाई
गरेको छु -"
त्यसो त नेपालमा अपहरण अब आमकुरा भइसक्यो
। तर पनि मन्त्रीजस्तो मान्छेले अपहरण कार्य गरेपछि त्यहा“
केही प्रश्न उठ्नु स्वाभाविक हो । किनभने, नेपालमा अपहरण
मन्त्रीले गररिहनुपर्ने कामै होइन । उहा“ले अह्राए मात्र
पुग्छ, अपहरण गर्नेहरूको पूरा ग्याङै यहा“ मौजुद छ । बरु
उहा“ले समेत अपहरण गरेकाले यो व्यवसायमाथि नै सरकारी हस्तक्षेप
हुन पुगेको प्रतीत हुन्छ । मन्त्रीको यस कार्यबाट देशका
अपहरण व्यवसायीहरू आक्रोशित भएको हुनर्ुपर्छ । के अबउप्रान्त
सरकारले अपहरण कार्य आफ“ै सञ्चालन गर्ने योजना बनाएको
हो - देशमा भएका जम्मै उद्योग-कलकारखाना सरकारले निजी
क्षेत्रलाई दिइरहेको छ तर निजी क्षेत्रले गर्दै आएको अपहरण
व्यवसाय भने आफूले गर्न खोजिरहेको छ । भन्ने बेला निजी
क्षेत्रलाई प्रोत्साहित गर्र्छौं भन्ने, गर्ने बेलाचाहि“
निजी क्षेत्रको काममा समेत हस्तक्षेप गर्ने † यो कस्तो
सरकारी नीति हो - के यस्तो तालले प्रचण्डले भनेजस्तो पु“जीवादको
विकास हुन्छ - मन्त्रीजस्तो मान्छे आफ“ै अपहरण व्यवसायमा
आए भने अरू सानातिना व्यवसायीले कसरी चलाउने - मन्त्री
आफ“ैले चलाएको व्यवसायस“ग अरूले त प्रतिस्पर्धा नै गर्न
सक्दैन । के यतातिर सरकारले सोच्नुपर्दैन - |