Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
साहित्य कथा

आमा


कृष्ण धरावासी

धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हु“ भन्दा पनि हुन्छ ।

आमाका आ“खामा आ“सु त हामीले देखेनौ“ भने पनि हुन्छ तर ती प्रायः सधै“ उदास, थकित र त्रस्त हुन्थे । हर्ुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले मस“ग नै गर्नु हुन्थ्यो ।

उनलाई बिहे गरेर ल्याउ“दा घरको दुःख पटक्कै घटेको थिएन । गरबिीको खाडल झन् गहिरएिको थियो । एउटी सानी, कलिली १८ वर्षी केटीलाई बेहुली बनाएर भित्र्याएका थियौ“ हामीले  । २४ वर्षो म, मनमनै बेहुली पाएर रमाएको थिए“ ।

साह्रै कम बोल्ने, गम्भीर स्वभावकी, काम गररिहने अनौठो बानी रहेछ तिनको । हाम्रोभन्दा राम्रो आर्थिक अवस्थाको परविारबाट आएकी थिइन् उनी । तर, हाम्रामा आइपुगेपछि एउटा गरबिीको पुरानो र गहिरो इनारमा खसेकी थिइन् । जहिले पनि भरेको छाककै समस्यामा थियौ“ हामी । भान्सामा पसेपछि ती सधै“ अलमलिएको देख्थे“ म । उनले मुखले केही नभने पनि यी सबै कुराको अनुभव गररिहन्थे“ म । उनले न हाम्रो गरबिीको अपमान गरनि्, न माइतीको सम्पन्नताको स्मरण ।

कहिलेकाही“ तिनलाई मैले एकोहोरो हेररिहेको देखेर लजाउ“दै तिनी सोध्थिन्, "के हेरेको होला नि बित्थामा †" म मुसुक्क हा“सी दिन्थे“, अर्कै हा“सो । समय अनुसार केटाकेटीहरू जन्मदै गए“ । उनी झन् परपिक्व र धरती हु“दै गइन्  । आमाको वृद्धतास“गै घरका जिम्मेवारीहरू उनका का“धमा र्सदै गए ।

एकदिन उनी नभएका बेला आमाले आफ्नो बिरामी खाटको छेउमा मलाई राखेर भन्नुभो, "हेर् नानी † घरमा एउटी लक्ष्मी आएकी छ । त्यो आएपछि यो घर नै उज्यालो भएको छ । दिनदिनै दुःखहरू घट्दै गएका छन् । सह बढेको छ । अनिकाल टरेको छ । मेरो ठाउ“ बुहारीले लिएकी छ । त्यो तेरी आमा पनि हो । त्यसले त“लाई मैले झै“ स्याहारेकी छ । त्यसलाई चिन्नू । कहिल्यै नरुवाउनू  ।"

आमा त्यत्तिकै भावुक हुनुभएको थियो । भन्नुभो, "अब म कति नै बा“चौ“ला र † बा“चे पनि दिनदिनै बूढी हु“दै गएकी छु । अबको संसार तिमीहरूको हो ।"

नभन्दै केही समयपछि आमा झन्झन् सिकिस्त हु“दै जानुभयो । र, एकदिन चराचर नियमलाई पछ्याउ“दै आमाले यो जीवनलाई विर्सजन गर्नुभयो ।

साह्रै रोइन् तिनी आमाको गोडामा टाउको राखेर तर मुखबाट पटक्कै आवाज निस्किएको थिएन ।

आज जब घरको सम्झना आउ“छ, एकैचोटि सारा विगत मान्द्रोझै“ ओच्छ्याएर आउ“छ आ“खाअघि, त्यसको मेसो र बुनोट एकएक गरी देखिन थाल्छन् ।

जतिपल्ट घर जाउ“ भन्यो तर के भएर हो खुट्टै लाग्दैनन् । जीउ नै भारी हुन्छ । अनुहार नै अ“ध्यारो बन्छ  । आ“खाभर िचलचित्र नै जिन्दगी ओच्छ्याइए पनि शरीरले त्यसलाई अ“गाल्न सकिरहेको छैन । अपराधबोधको यो कहालीलाग्दो भीरमा उभिएर आज पश्चात्त्ाापमा बगिरहेका यी आ“सुको के अर्थ छ र - तैपनि, मनले कहिल्यै बिसाउन नपाएको यो भारी आफै“लाई छातीमाथिको ढुङ्गो भएको छ ।

धेरै प्रयत्न गरेर, कष्ट गरेर, आफूलाई मानसिक रूपमा तयार गरेर, थुप्रै स्पष्टीकरणहरू लिएर, निकै संवेदनशील कथाहरू बनाएर एक वर्षघि म घर पुगेको थिए“ ।

लथालिङ्ग भएको थियो सबैथोक । फुङ्ग उडेको थियो परविेश । घरवरपिर िसदा फुलिरहने फूलबारी मासिएको थियो, गमलाहरू रत्तिा र चर्केका, फुटेका थिए । गोबरग्यास प्लान्टमा गोबर नहालेको कहिलेदेखि हो, सुक्खा थियो । परपरसम्म बारी बा“झै थियो । सुपारीका बोटहरू टुप्पिएछन्, सिसौका जतासुकै छरएिका हा“गाले बारी मात्र सेपिलो भएको थियो । बरन्डाको खा“बोबाट धमिराले माथि चढ्ने बाटो बनाएको रहेछ । भान्साघरको झ्यालको एउटा पल्ला मकाएर कब्जा खुस्की झुन्डिरहेको थियो । आ“गनमा जतासुकै झारैझार, हि“ड्ने गोरेटो मात्र थियो आ“गन ।

घर सुनसान थियो, कही“ कुनै चालचुल थिएन । सबै ढोकाहरू बन्द थिए । वरपर कोही मानिसहरू पनि देखिएनन् । भित्र कोही छन् कि भनी 'खाक्खुक्' गरे“ । एकदम नै असजिलो लाग्यो  । कसैले देखिहाल्छन् कि भनेझै“ पनि भयो मन । स्वाट्टै घरभित्र पसिहाल्न पाए हुनेझै“ हतार पनि लाग्यो । हि“ड्ने बेलामा सोचेको थिए“, "कसैलाई भेट्दिन“ गाउ“काहरू । सीधै घर पुग्छु, भित्रै बस्छु, श्रीमतीको अनुहार हर्ेछु, बोलिछन् भने दर्ुइ-चारवटा मनका पीर बिसाउ“छु, बोलिनन् भने पनि एकपल्ट हेरेर सा“झ-सा“झ पारेर फर्किन्छु । राती बिर्तामोडतिरै बास बसेर बिहान ४ बजेको बसबाट फर्किहाल्छु ।"

भित्र कोही हुनर्ुपर्छ भन्ने लाग्यो । विस्तारै थरथराउ“दा पाइलाले सि“ढी उक्ले“ । बरन्डामा पुगेर एकपल्ट परपरसम्म हेरे“ । आ“खै उज्यालाजस्ता भए । एकाएक मन रमाएजस्तो भयो । विस्तारै ढोका ढक्ढकाएर बोले“, "को छ भित्र - दिउ“सै ढोका किन लगाएको -"

एकछिनसम्म कुनै चालचुल आएन । फेर िएकपल्ट अलिक जोडले ढक्ढकाए“ । भित्र मान्छे भएझै“ चालचुल भयो । ढक्क मन फुल्यो । डरजस्तो, धकजस्तो, अपराध पक्राउ परेजस्तो, कस्तो कस्तो भयो । के गर्नु, के गर्नुजस्तो भयो । ढोकाबाट अलिक पर सरेर रेलिङ्मा अडेस लागे“ । शरीर भित्रभित्रै कम्पित भइरहेको थियो ।

विस्तारै भित्रबाट कसैले चुकुल खोल्यो । रजनीकै थिए ती चुकुल खोल्ने औ“लाहरू । एकापट्टकिो ढोकाको पल्ला खुल्यो पहिला र आधा टाउको बाहिर निस्क्यो । झल्याक्क देखे“ तिनलाई । आ“खै अ“ध्यारा भए मेरा ।

केही बोलिनन् तिनी । विस्तारै बाहिर आइन्, फेर िभित्र गइन् र एउटा चकटी ल्याएर ओछ्याइन् खाटमा । सि“ढी ओर्लिएर तल झरनि् । ट्युबेलमा गएर हातमुख धोइन् । भान्साको ढोका खोलेर भित्र पसिन् । एकछिनपछि एउटा लोटा र गिलास लिएर आइन् । मेरो अगाडि उभिएर एक गिलास चिसो पानी दिइन् । मैले थरथराउ“दा हातले गिलास समाते“ र तनतनी पिए“ । छेउमा उभिएर अर्काेपल्ट थप्न खोजिन्, मैले 'भो'को इसारा गरे“ ।

तिनी गिलास र लोटा लिएर फेर ितल झरनि् । भान्सामा गइन् । बाहिर आइन्, केही झिक्रा र दाउरा लिएर भित्र पसिन् ।

निकैबेर पछि तिनले थालमा ताछिएका उसिनेका आलु र दूध नहालेको कालो चिया लिएर आइन् ।

म यी सबै दृश्य चुपचाप हेररिहेको थिए“ । कतिबेला तिनी मेरो छेउमा बस्लिन्, रोलिन्, दुःखका कुरा गर्लिन्, रसिाउलिन् भनेर प्रतीक्षा गररिहे“ तर उनको अनुहारमा त्यस्ता कुनै लक्षणहरू थिएनन् । तिनी न रसिाएकी जस्ती, न रोलिन् जस्ती  । उनको अनुहारको गम्भीरतामा कुनै परविर्तन आएको थिएन ।

त्यत्तिकै चुपचाप बसिरहे“ म । उनको अनुहारमा सीधा आ“खाले हर्ेन सकिन“ ।

जति मौनता बढ्यो, उति असजिलो थपि“दै गयो  ।

भित्र कता मन हुरुक्क भएझै“ लाग्यो । पुलुक्क हेरे“ तिनको अनुहार । उनी पर कतैतिर हेरेर टोलाइरहेकी थिइन्  । दुब्लाइछन्, आ“खाका वरपिर िकालो भएको, दुवै आ“खाका छेउछेउतिरबाट चाउरी सुरु भएको । निधारमा पनि रेखा देखिन थालेछन् । कपाल निकै बाक्लै फुलेछन् । हातका औ“लाहरू फुटेका थिए ।

मेरो जीवनको त्यो स्वणिर्म युवाकालमा, मेरो घरको त्यस्तो विकराल गरबिीमा सा“झको बत्तीजस्तो झलल बल्दै प्रवेश गरेकी तिनी । तिनले मेरो मन र शरीर सबैलाई गोडेर, सि“गारेर, सजाएर कति सुन्दर बनाएकी थिइन् । खुसी र हर्षे भर“िदै थियो घर । आमाका जस्ता मायालु हातले सधै“ स्याहार्थिन् उनले मलाई  । तिनका काखमा टाउको राखेर कत्ति निदाएको छु म । कुनै नारी हठ थिएन उनमा, असम्भव मागहरू थिएनन् । गरगहना, लुगाफाटा, यात्राभ्रमण, केहीमा दबाब थिएन उनको । न छरछिमेकस“ग झगडा, न छोराछोरीस“ग झर्काे, फर्काे, न पाहुनापासास“ग झिन्झ्याट । कस्तो एउटा पनि अवगुण नभएको व्यक्तित्व तिनको -

आज,

अनाथ, टुहुरी, विधवाजस्ती असहाय भएर यत्रो घर-व्यवहारका बीच एक्लै धुमधुम्ती बसेकी छन् ।

उनलाई आफूतिर आकषिर्त गर्न एकपल्ट घा“टी साफ गरे“ र बल गर्दै बोले“, "केटाहरूले फोन गर्दैछन् - कति भयो गएका -

पुलुक्क हेरनि् ।

आ“खा काला र ठूला भएका थिए । नाकका पोरा फुलेका थिए । अनुहार अकस्मात् बिग्रिएको थियो । घोप्टिएर भुइ“तिर हेररिहिन् निकैबेर । मौनता धेरै नलम्बियोस् भनेर थपे“, "मस“ग पनि धेरै पैसा थिएन । खोजखाज गरेर एक लाख रुपिया“ पुर्‍याइदिएको थिए“ । राम्ररी जानू, आमाको ख्याल गर्नू भनेको थिए“ ।"

झन्झन् झररिहेका थिए, तिनका आ“खाबाट आ“सु  । दह्रो गरी रेलिङ् समातेर उभिएकी थिइन् ।

"तीन वर्षछि त आइहाल्छन् केटाहरू । कमाएर आउलान्, व्यवहार हर्ेलान् । ठूलोचाहि“को बिहे भएपछि बुहारी साथी भइहाल्छे ।"

म के-के, के-के, जे पायो त्यही बोलिरहेको थिए“ एकोहोरो । बल गरेर आफूलाई नियन्त्रण गरेको थिए“ । तर, तिनी बोलेकी थिइनन्, एकोहोरो हेररिहेकी थिइन् ।

जीवनमा ठूलै गल्ती गरेको छु मैले । यसको कुनै प्रायश्चित हुन सक्दैन । यो गल्तीलाई सुधार्ने ठाउ“ पनि छैन । अब खालि यो गल्तीबाट प्राप्त मन नपर्दाे परििस्थति भोग्ने बाध्यता मात्र छ ।

निकैबेर फेर िमौनता छायो । मेरा बोल्ने कुराहरू सकिएका थिए । एकोहोरो बिनाप्रसङ्ग, बोल्ने कुराहरू पनि सकिएझै“ लाग्यो । लामो मौनतापछि एकपल्ट तिनले खोकिन् । नराम्रो सुनियो त्यो खोकी । बिरामी रहिछिन् भन्ने लाग्यो । असह्य भयो मन । फेर िबोले“, "रजनी † किन चित्त दुखाउ“छ्यौै - मैले आफ्नो भूल स्वीकार गरसिक“े । मैले माफी पनि मागिसके“ । म आफ्नो कर्तव्यबाट विमुख भएको छुइन“ । जहा“ बसे पनि तिमीहरूको खोजखबर गररिहेकै छु । यथासक्य आर्थिक सरसहयोग पनि गररिहेको छु । मैले नगर्ने काम गरेको हु“ तर अब त्यसबाट उम्किने पनि त उपाय छैन । त्यस्तै भइगयो, अर्काकी कलिली छोरी जिम्मा लिइहालियो । उता पनि साना केटाकेटीहरू छन् । तिनको पनि स्याहार गर्नैपर्‍यो । म यो भासमा आफै“ पसेको छु । यस जीवनमा उम्किन पनि सक्दिन“ । मैले यी सबैकुरा बा“ड्ने यस संसारमा तिमीबाहेक कोही छैन । किन किन अचेल तिमीलाई म आमाजस्तो ठान्छु रजनी ।"

म ज्यादै भावुक भइसकेको थिए“ । अब आ“सु बगाउने पालो मेरो थियो । कहिले कहिलेदेखि मनमा टिलपिल भएको पीडा आज फुटेर बगिरहेको थियो । सानो केटाकेटीजस्तै भए“ म । केही पनि बोल्न सकिन“ ।

तिनी विस्तारै मेरो छेउमा आइन् । थरथराउ“दा हातले मेरो टाउको सुमसुम्याइन् । जुन र्स्पर्शले आगो लागेको शरीरमा पानी खन्याएजस्तो शीतल हु“दै गयो । सोडाझै“ उम्लिएर आएको मन विस्तारै शान्त हु“दै गयो । विस्तारै टाउको उठाएर हेरे“ । तिनको अनुहार शान्त र सामान्य भइसकेको थियो । बोलिन्, "आफूलाई ख्याल गर्नू, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नू  । त्यो कलिली केटी र तिनका बालकको माया गर्नू । मैले आफूलाई स्वीकार गरसिकेकी छु । जीवनका सबै रङहरू देखिसकेकी छु । मेरो कुनै गुनासो छैन । अब यस्तो भूराजस्तो रु“दै नहि“ड्नू । आफ्ना कर्महरूको परण्िाामलाई स्वीकार्नू । घरीघरी यहा“ आइरहुन पर्दैन  । पोइल गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ । गाउ“-समाजले राम्रो मान्दैन । मेरो बदनाम नगरििदनू । यस जीवनको केही काल हामीले स“गै बिताएका थियौ“ तर त्यो सबै अब उमेरजस्तै पुरानो भइसक्यो । यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ, परपुरुषस“गको कुनै सम्बन्ध मलाई स्वीकार छैन । छोराछोरीहरूस“गको हाम्रो सम्बन्ध समान भए पनि अब तपाईंस“ग मेरो कुनै सम्बन्ध छैन । पोइल गएको लोग्नेस“ग घरीघरी भेट्नु राम्रो देखि“दैन  ।"

उनको बोलीमा अनौठो शक्ति थियो । तिनले त्यति शक्तिशाली कुरा भन्लिन् भन्ने सोचेको थिइन“ । तिनी रोलिन्, बिलौना गर्लिन्, रसिाउलिन्, यस उमेरमा एक्लै बस्नुपरेकामा निराशा व्यक्त गर्लिन् भन्ने अनेक सोचेको थिए“ । तर, तिनी त पहरोजस्तो दह्रो छाती भएकी, विदुषीजस्तो संंवाद बोल्ने भएकी रहिछिन् ।

मन उदास भयो ।

टाउकामाथि परेका उनका हातहरू गह्रौ“ भए । यहा“सम्म हि“डेर आएको बाटो पनि लामो भयो । आफ्नै पत्नीका आ“खामा आफू परपुरुष भएको बुझेपछि पहिलोपल्ट आफू भासि“दै भासि“दै सकि“दै गएजस्तो हु“दै गयो ।

सा“झ पर्न लागेको थियो । बिर्तामोड पुग्न ढिलो होलाजस्तो लाग्यो । जुरुक्क उठे“, विस्तारै सि“ढी ओर्लंे  । आ“गनमा उभिएर एकपल्ट माथि हेरे“ । बरन्डामा उभिएर एकोहोरो हेररिहेकी थिइन्, आ“सु बगिरहेका थिए । आ“सु पुछेकी थिइनन्  ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur