आमा

कृष्ण धरावासी
धेरै दिनदेखि जान मन लागेको थियो । किन किन
मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको
थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको
थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही
त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हु“ भन्दा पनि
हुन्छ ।
आमाका आ“खामा आ“सु त हामीले देखेनौ“ भने
पनि हुन्छ तर ती प्रायः सधै“ उदास, थकित र त्रस्त हुन्थे ।
हर्ुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले
मस“ग नै गर्नु हुन्थ्यो ।
उनलाई बिहे गरेर ल्याउ“दा घरको दुःख पटक्कै
घटेको थिएन । गरबिीको खाडल झन् गहिरएिको थियो । एउटी सानी,
कलिली १८ वर्षी केटीलाई बेहुली बनाएर भित्र्याएका थियौ“ हामीले
। २४ वर्षो म, मनमनै बेहुली पाएर रमाएको थिए“ ।
साह्रै कम बोल्ने, गम्भीर स्वभावकी, काम
गररिहने अनौठो बानी रहेछ तिनको । हाम्रोभन्दा राम्रो आर्थिक
अवस्थाको परविारबाट आएकी थिइन् उनी । तर, हाम्रामा आइपुगेपछि
एउटा गरबिीको पुरानो र गहिरो इनारमा खसेकी थिइन् । जहिले पनि
भरेको छाककै समस्यामा थियौ“ हामी । भान्सामा पसेपछि ती सधै“
अलमलिएको देख्थे“ म । उनले मुखले केही नभने पनि यी सबै कुराको
अनुभव गररिहन्थे“ म । उनले न हाम्रो गरबिीको अपमान गरनि्,
न माइतीको सम्पन्नताको स्मरण ।
कहिलेकाही“ तिनलाई मैले एकोहोरो हेररिहेको
देखेर लजाउ“दै तिनी सोध्थिन्, "के हेरेको होला नि बित्थामा
†" म मुसुक्क हा“सी दिन्थे“, अर्कै हा“सो । समय अनुसार
केटाकेटीहरू जन्मदै गए“ । उनी झन् परपिक्व र धरती हु“दै गइन्
। आमाको वृद्धतास“गै घरका जिम्मेवारीहरू उनका का“धमा र्सदै
गए ।
एकदिन उनी नभएका बेला आमाले आफ्नो बिरामी
खाटको छेउमा मलाई राखेर भन्नुभो, "हेर् नानी † घरमा एउटी
लक्ष्मी आएकी छ । त्यो आएपछि यो घर नै उज्यालो भएको छ । दिनदिनै
दुःखहरू घट्दै गएका छन् । सह बढेको छ । अनिकाल टरेको छ । मेरो
ठाउ“ बुहारीले लिएकी छ । त्यो तेरी आमा पनि हो । त्यसले त“लाई
मैले झै“ स्याहारेकी छ । त्यसलाई चिन्नू । कहिल्यै नरुवाउनू
।"
आमा
त्यत्तिकै भावुक हुनुभएको थियो । भन्नुभो, "अब म कति
नै बा“चौ“ला र † बा“चे पनि दिनदिनै बूढी हु“दै गएकी छु । अबको
संसार तिमीहरूको हो ।"
नभन्दै केही समयपछि आमा झन्झन् सिकिस्त हु“दै
जानुभयो । र, एकदिन चराचर नियमलाई पछ्याउ“दै आमाले यो जीवनलाई
विर्सजन गर्नुभयो ।
साह्रै रोइन् तिनी आमाको गोडामा टाउको राखेर
तर मुखबाट पटक्कै आवाज निस्किएको थिएन ।
आज जब घरको सम्झना आउ“छ, एकैचोटि सारा विगत
मान्द्रोझै“ ओच्छ्याएर आउ“छ आ“खाअघि, त्यसको मेसो र बुनोट
एकएक गरी देखिन थाल्छन् ।
जतिपल्ट घर जाउ“ भन्यो तर के भएर हो खुट्टै
लाग्दैनन् । जीउ नै भारी हुन्छ । अनुहार नै अ“ध्यारो बन्छ
। आ“खाभर िचलचित्र नै जिन्दगी ओच्छ्याइए पनि शरीरले त्यसलाई
अ“गाल्न सकिरहेको छैन । अपराधबोधको यो कहालीलाग्दो भीरमा उभिएर
आज पश्चात्त्ाापमा बगिरहेका यी आ“सुको के अर्थ छ र - तैपनि,
मनले कहिल्यै बिसाउन नपाएको यो भारी आफै“लाई छातीमाथिको ढुङ्गो
भएको छ ।
धेरै प्रयत्न गरेर, कष्ट गरेर, आफूलाई मानसिक
रूपमा तयार गरेर, थुप्रै स्पष्टीकरणहरू लिएर, निकै संवेदनशील
कथाहरू बनाएर एक वर्षघि म घर पुगेको थिए“ ।
लथालिङ्ग भएको थियो सबैथोक । फुङ्ग उडेको
थियो परविेश । घरवरपिर िसदा फुलिरहने फूलबारी मासिएको थियो,
गमलाहरू रत्तिा र चर्केका, फुटेका थिए । गोबरग्यास प्लान्टमा
गोबर नहालेको कहिलेदेखि हो, सुक्खा थियो । परपरसम्म बारी बा“झै
थियो । सुपारीका बोटहरू टुप्पिएछन्, सिसौका जतासुकै छरएिका
हा“गाले बारी मात्र सेपिलो भएको थियो । बरन्डाको खा“बोबाट
धमिराले माथि चढ्ने बाटो बनाएको रहेछ । भान्साघरको झ्यालको
एउटा पल्ला मकाएर कब्जा खुस्की झुन्डिरहेको थियो । आ“गनमा
जतासुकै झारैझार, हि“ड्ने गोरेटो मात्र थियो आ“गन ।
घर सुनसान थियो, कही“ कुनै चालचुल थिएन ।
सबै ढोकाहरू बन्द थिए । वरपर कोही मानिसहरू पनि देखिएनन् ।
भित्र कोही छन् कि भनी 'खाक्खुक्' गरे“ । एकदम नै असजिलो लाग्यो
। कसैले देखिहाल्छन् कि भनेझै“ पनि भयो मन । स्वाट्टै घरभित्र
पसिहाल्न पाए हुनेझै“ हतार पनि लाग्यो । हि“ड्ने बेलामा सोचेको
थिए“, "कसैलाई भेट्दिन“ गाउ“काहरू । सीधै घर पुग्छु,
भित्रै बस्छु, श्रीमतीको अनुहार हर्ेछु, बोलिछन् भने दर्ुइ-चारवटा
मनका पीर बिसाउ“छु, बोलिनन् भने पनि एकपल्ट हेरेर सा“झ-सा“झ
पारेर फर्किन्छु । राती बिर्तामोडतिरै बास बसेर बिहान ४ बजेको
बसबाट फर्किहाल्छु ।"
भित्र कोही हुनर्ुपर्छ भन्ने लाग्यो । विस्तारै
थरथराउ“दा पाइलाले सि“ढी उक्ले“ । बरन्डामा पुगेर एकपल्ट परपरसम्म
हेरे“ । आ“खै उज्यालाजस्ता भए । एकाएक मन रमाएजस्तो भयो ।
विस्तारै ढोका ढक्ढकाएर बोले“, "को छ भित्र - दिउ“सै
ढोका किन लगाएको -"
एकछिनसम्म कुनै चालचुल आएन । फेर िएकपल्ट
अलिक जोडले ढक्ढकाए“ । भित्र मान्छे भएझै“ चालचुल भयो । ढक्क
मन फुल्यो । डरजस्तो, धकजस्तो, अपराध पक्राउ परेजस्तो, कस्तो
कस्तो भयो । के गर्नु, के गर्नुजस्तो भयो । ढोकाबाट अलिक पर
सरेर रेलिङ्मा अडेस लागे“ । शरीर भित्रभित्रै कम्पित भइरहेको
थियो ।
विस्तारै भित्रबाट कसैले चुकुल खोल्यो ।
रजनीकै थिए ती चुकुल खोल्ने औ“लाहरू । एकापट्टकिो ढोकाको पल्ला
खुल्यो पहिला र आधा टाउको बाहिर निस्क्यो । झल्याक्क देखे“
तिनलाई । आ“खै अ“ध्यारा भए मेरा ।
केही बोलिनन् तिनी । विस्तारै बाहिर आइन्,
फेर िभित्र गइन् र एउटा चकटी ल्याएर ओछ्याइन् खाटमा । सि“ढी
ओर्लिएर तल झरनि् । ट्युबेलमा गएर हातमुख धोइन् । भान्साको
ढोका खोलेर भित्र पसिन् । एकछिनपछि एउटा लोटा र गिलास लिएर
आइन् । मेरो अगाडि उभिएर एक गिलास चिसो पानी दिइन् । मैले
थरथराउ“दा हातले गिलास समाते“ र तनतनी पिए“ । छेउमा उभिएर
अर्काेपल्ट थप्न खोजिन्, मैले 'भो'को इसारा गरे“ ।
तिनी गिलास र लोटा लिएर फेर ितल झरनि् ।
भान्सामा गइन् । बाहिर आइन्, केही झिक्रा र दाउरा लिएर भित्र
पसिन् ।
निकैबेर पछि तिनले थालमा ताछिएका उसिनेका
आलु र दूध नहालेको कालो चिया लिएर आइन् ।
म यी सबै दृश्य चुपचाप हेररिहेको थिए“ ।
कतिबेला तिनी मेरो छेउमा बस्लिन्, रोलिन्, दुःखका कुरा गर्लिन्,
रसिाउलिन् भनेर प्रतीक्षा गररिहे“ तर उनको अनुहारमा त्यस्ता
कुनै लक्षणहरू थिएनन् । तिनी न रसिाएकी जस्ती, न रोलिन् जस्ती
। उनको अनुहारको गम्भीरतामा कुनै परविर्तन आएको थिएन ।
त्यत्तिकै चुपचाप बसिरहे“ म । उनको अनुहारमा
सीधा आ“खाले हर्ेन सकिन“ ।
जति मौनता बढ्यो, उति असजिलो थपि“दै गयो
।
भित्र कता मन हुरुक्क भएझै“ लाग्यो । पुलुक्क
हेरे“ तिनको अनुहार । उनी पर कतैतिर हेरेर टोलाइरहेकी थिइन्
। दुब्लाइछन्, आ“खाका वरपिर िकालो भएको, दुवै आ“खाका छेउछेउतिरबाट
चाउरी सुरु भएको । निधारमा पनि रेखा देखिन थालेछन् । कपाल
निकै बाक्लै फुलेछन् । हातका औ“लाहरू फुटेका थिए ।
मेरो जीवनको त्यो स्वणिर्म युवाकालमा, मेरो
घरको त्यस्तो विकराल गरबिीमा सा“झको बत्तीजस्तो झलल बल्दै
प्रवेश गरेकी तिनी । तिनले मेरो मन र शरीर सबैलाई गोडेर, सि“गारेर,
सजाएर कति सुन्दर बनाएकी थिइन् । खुसी र हर्षे भर“िदै थियो
घर । आमाका जस्ता मायालु हातले सधै“ स्याहार्थिन् उनले मलाई
। तिनका काखमा टाउको राखेर कत्ति निदाएको छु म । कुनै नारी
हठ थिएन उनमा, असम्भव मागहरू थिएनन् । गरगहना, लुगाफाटा, यात्राभ्रमण,
केहीमा दबाब थिएन उनको । न छरछिमेकस“ग झगडा, न छोराछोरीस“ग
झर्काे, फर्काे, न पाहुनापासास“ग झिन्झ्याट । कस्तो एउटा पनि
अवगुण नभएको व्यक्तित्व तिनको -
आज,
अनाथ, टुहुरी, विधवाजस्ती असहाय भएर यत्रो
घर-व्यवहारका बीच एक्लै धुमधुम्ती बसेकी छन् ।
उनलाई आफूतिर आकषिर्त गर्न एकपल्ट घा“टी
साफ गरे“ र बल गर्दै बोले“, "केटाहरूले फोन गर्दैछन्
- कति भयो गएका -
पुलुक्क हेरनि् ।
आ“खा काला र ठूला भएका थिए । नाकका पोरा
फुलेका थिए । अनुहार अकस्मात् बिग्रिएको थियो । घोप्टिएर भुइ“तिर
हेररिहिन् निकैबेर । मौनता धेरै नलम्बियोस् भनेर थपे“, "मस“ग
पनि धेरै पैसा थिएन । खोजखाज गरेर एक लाख रुपिया“ पुर्याइदिएको
थिए“ । राम्ररी जानू, आमाको ख्याल गर्नू भनेको थिए“ ।"
झन्झन् झररिहेका थिए, तिनका आ“खाबाट आ“सु
। दह्रो गरी रेलिङ् समातेर उभिएकी थिइन् ।
"तीन वर्षछि त आइहाल्छन् केटाहरू ।
कमाएर आउलान्, व्यवहार हर्ेलान् । ठूलोचाहि“को बिहे भएपछि
बुहारी साथी भइहाल्छे ।"
म के-के, के-के, जे पायो त्यही बोलिरहेको
थिए“ एकोहोरो । बल गरेर आफूलाई नियन्त्रण गरेको थिए“ । तर,
तिनी बोलेकी थिइनन्, एकोहोरो हेररिहेकी थिइन् ।
जीवनमा ठूलै गल्ती गरेको छु मैले । यसको
कुनै प्रायश्चित हुन सक्दैन । यो गल्तीलाई सुधार्ने ठाउ“ पनि
छैन । अब खालि यो गल्तीबाट प्राप्त मन नपर्दाे परििस्थति भोग्ने
बाध्यता मात्र छ ।
निकैबेर फेर िमौनता छायो । मेरा बोल्ने कुराहरू
सकिएका थिए । एकोहोरो बिनाप्रसङ्ग, बोल्ने कुराहरू पनि सकिएझै“
लाग्यो । लामो मौनतापछि एकपल्ट तिनले खोकिन् । नराम्रो सुनियो
त्यो खोकी । बिरामी रहिछिन् भन्ने लाग्यो । असह्य भयो मन ।
फेर िबोले“, "रजनी † किन चित्त दुखाउ“छ्यौै - मैले आफ्नो
भूल स्वीकार गरसिक“े । मैले माफी पनि मागिसके“ । म आफ्नो कर्तव्यबाट
विमुख भएको छुइन“ । जहा“ बसे पनि तिमीहरूको खोजखबर गररिहेकै
छु । यथासक्य आर्थिक सरसहयोग पनि गररिहेको छु । मैले नगर्ने
काम गरेको हु“ तर अब त्यसबाट उम्किने पनि त उपाय छैन । त्यस्तै
भइगयो, अर्काकी कलिली छोरी जिम्मा लिइहालियो । उता पनि साना
केटाकेटीहरू छन् । तिनको पनि स्याहार गर्नैपर्यो । म यो भासमा
आफै“ पसेको छु । यस जीवनमा उम्किन पनि सक्दिन“ । मैले यी सबैकुरा
बा“ड्ने यस संसारमा तिमीबाहेक कोही छैन । किन किन अचेल तिमीलाई
म आमाजस्तो ठान्छु रजनी ।"
म ज्यादै भावुक भइसकेको थिए“ । अब आ“सु बगाउने
पालो मेरो थियो । कहिले कहिलेदेखि मनमा टिलपिल भएको पीडा आज
फुटेर बगिरहेको थियो । सानो केटाकेटीजस्तै भए“ म । केही पनि
बोल्न सकिन“ ।
तिनी विस्तारै मेरो छेउमा आइन् । थरथराउ“दा
हातले मेरो टाउको सुमसुम्याइन् । जुन र्स्पर्शले आगो लागेको
शरीरमा पानी खन्याएजस्तो शीतल हु“दै गयो । सोडाझै“ उम्लिएर
आएको मन विस्तारै शान्त हु“दै गयो । विस्तारै टाउको उठाएर
हेरे“ । तिनको अनुहार शान्त र सामान्य भइसकेको थियो । बोलिन्,
"आफूलाई ख्याल गर्नू, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नू
। त्यो कलिली केटी र तिनका बालकको माया गर्नू । मैले आफूलाई
स्वीकार गरसिकेकी छु । जीवनका सबै रङहरू देखिसकेकी छु । मेरो
कुनै गुनासो छैन । अब यस्तो भूराजस्तो रु“दै नहि“ड्नू । आफ्ना
कर्महरूको परण्िाामलाई स्वीकार्नू । घरीघरी यहा“ आइरहुन पर्दैन
। पोइल गएको लोग्ने बारम्बार आइरहनु मेरो अपमान हुन्छ । गाउ“-समाजले
राम्रो मान्दैन । मेरो बदनाम नगरििदनू । यस जीवनको केही काल
हामीले स“गै बिताएका थियौ“ तर त्यो सबै अब उमेरजस्तै पुरानो
भइसक्यो । यस उमेरमा मलाई सम्मानित नारी भएर जिउने इच्छा छ,
परपुरुषस“गको कुनै सम्बन्ध मलाई स्वीकार छैन । छोराछोरीहरूस“गको
हाम्रो सम्बन्ध समान भए पनि अब तपाईंस“ग मेरो कुनै सम्बन्ध
छैन । पोइल गएको लोग्नेस“ग घरीघरी भेट्नु राम्रो देखि“दैन
।"
उनको बोलीमा अनौठो शक्ति थियो । तिनले त्यति
शक्तिशाली कुरा भन्लिन् भन्ने सोचेको थिइन“ । तिनी रोलिन्,
बिलौना गर्लिन्, रसिाउलिन्, यस उमेरमा एक्लै बस्नुपरेकामा
निराशा व्यक्त गर्लिन् भन्ने अनेक सोचेको थिए“ । तर, तिनी
त पहरोजस्तो दह्रो छाती भएकी, विदुषीजस्तो संंवाद बोल्ने भएकी
रहिछिन् ।
मन उदास भयो ।
टाउकामाथि परेका उनका हातहरू गह्रौ“ भए ।
यहा“सम्म हि“डेर आएको बाटो पनि लामो भयो । आफ्नै पत्नीका आ“खामा
आफू परपुरुष भएको बुझेपछि पहिलोपल्ट आफू भासि“दै भासि“दै सकि“दै
गएजस्तो हु“दै गयो ।
सा“झ पर्न लागेको थियो । बिर्तामोड पुग्न
ढिलो होलाजस्तो लाग्यो । जुरुक्क उठे“, विस्तारै सि“ढी ओर्लंे
। आ“गनमा उभिएर एकपल्ट माथि हेरे“ । बरन्डामा उभिएर एकोहोरो
हेररिहेकी थिइन्, आ“सु बगिरहेका थिए । आ“सु पुछेकी थिइनन्
।