Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
संविधानसभा समानुपातिक परिणाम

समानुपातिकमा बहुरङ्गी अनुहार


समानुपातिक उम्मेदवारहरुको अन्तिम छनोटपछि संविधानसभाले पर्ूण्ा आकार ग्रहण गर्दै

माधव ढुङ्गेल

संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फाट छानिने ३ सय ३५ सदस्यहरूको नाम राजनीतिक दलहरूले पेस गरेका छन् । निर्वाचन आयोगले सूची बुझाउन तोकेको अन्तिम मिति वैशाख २० गते सा“झ ५ बजे नाघिसक्दा पनि नामावली बुझाउन दलका प्रतिनिधिहरू आयोग आउने क्रम जारी थियो ।

समानुपातिकतर्फप्रतिनिधित्व गर्ने २५ राजनीतिक दलहरूमध्ये सबभन्दा पछाडि सूची बुझाउन आयोग पुग्नेमा नेपाली काङ्ग्रेस रहेको छ । केन्द्रीय समितिबाट अन्तिम नाम छनोट गर्न ढिलाइ भएकाले काङ्ग्रेसका लक्ष्मण घिमिरे र शोभाकर पराजुली साढे ५ बजे मात्र आयोग पुगेका थिए । सूची तयार गर्न ढिला हुने भएपछि जीवनप्रेम श्रेष्ठ भने पहिल्यै आयोग पुगेका थिए । "खोइ त तपाईंहरूको सूची -" कर्मचारी श्रेष्ठस“ग माग्थे । उनी भन्थे, "एकछिनमा आउ“दैछ ।"

तेस्रो ठूलो दल नेकपा एमालेका तर्फाट नामावली बुझाउन ४ः५५ बजे केन्द्रीय सदस्य भीम रावल र विष्णु रमिाल आयोग पुगेका थिए । निर्वाचनबाट सबभन्दा ठूलो दल बन्न पुगेको माओवादीका दीनानाथ शर्मा र जनार्दन शर्मा 'प्रभाकर' भने दिउ“सै गएका थिए । पार्टर्ीी नागरकितामा फरक-फरक नाम हुने माओवादीको निर्ण्र्ााा भने भूमिगत अवस्थाको 'छद्म नाम' नै पठाइएको प्रभाकरको भनाइबाट बुझिन्थ्यो । उनले सोधे, "मेरो नागरकितामा जनार्दन शर्मा छ तर पार्टर्ीी प्रभाकर भन्छ । त्यस्ता नामले समस्या त पर्दैन -" कर्मचारी निकास दि“दै थिए, "ब्राकेट प्रयोग गर्दा भइहाल्छ ।"

झगडाका कारण पटक-पटक फुटेको नेपाल सद्भावना पार्टर्ीीानन्दीदेवीको वैधानिकताको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । वैशाख २० गते ४ बजेपछि पार्टर्ीीे निर्ण्र्ाालिएर सरतिा गिरी आयोग पुग्दा त्यसअघि नै पार्टर्ीीे निर्ण्र्ााआयोगमा बुझाइसकिएको थियो । निर्ण्र्ााबुझाउन एक जना वकिलसहित आयोग पुगेकी गिरीले दर्ता गर्न केही समय कर्ुर्नुपरेको थियो भने सोही पार्टर्ीी तर्फाट भनेर आपर्ूर्तिमन्त्री श्यामसुन्दर गुप्ताले आफ्ना छोरा राकेश गुप्ता र रेणु मण्डलको नाम १६ गते नै बुझाइसकेका थिए ।

मन्त्री गुप्ताले संविधानसभा चुनावअघि चैत २० गते आर्थिक सहयोग गर्न भनेर बोलाइएको केन्द्रीय नेताहरूको बैठकमा खाली कागजमा सही गराएर राखेको अनि त्यसैमा नया“ मिति राखी आयोगमा बुझाएको गिरी पक्ष्ँको आरोप छ । गिरीहरूको सूचीमा चाहि“ सरतिा गिरी स्वयम् र व्यापारी मोतीलाल दुगडको नाम समावेश छ । अन्तिम परण्िााम र्सार्वजनिक गर्नुअघि सद्भावना पार्टर्ीीे आधिकारकि उम्मेदवारबारे छानबिन गर्ने जिम्मा अब आयोगकै थाप्लोमा परेको छ ।

समानुपातिक सूचीमा प्राप्त सिटको ३७.८ प्रतिशत उत्पीडित जाति/आदिवासी जनजाति, ३१.२ प्रतिशत मधेसी, ३०.२ प्रतिशत अन्य जाति -बाहुन, क्ष्ँेत्री, ठकुरी, सन्न्यासी र मुसलमान) तथा १३ प्रतिशत दलितको प्रतिनिधित्व हुनैपर्ने व्यवस्था छ  । त्यसै अनुसार छनोट हुने भएकाले संविधानसभा स्वतः समावेशी हुनेछ ।

समावेशी माओवादी

समानुपातिकतर्फसय जना सदस्य पाएको माओवादीले धेरै नया“ अनुहारहरू पठाएको छ । तिनमा दलित, जनजाति, महिलालगायत निम्न वर्गको उल्लेख्य प्रतिनिधित्व छ । माओवादीबाट समानुपातिकको अन्तिम सूचीमा छनोट भएकामध्ये २०२८ सालमा सशस्त्र झापा आन्दोलनको नेतृत्व गरी १६ वर्षजेल बसेका भीष्म धिमाल पनि परेका छन्, जो जग्गा भाडामा लिएर ललितपुरको ठैबमा भै“सीपालन र खेतीपाती गर्दै आएका छन् । उनी एमालेबाट माओवादीनिकट भएका हुन् ।

मुक्त कमैया समाजका अध्यक्ष सुकदैया चौधरी, सैन्यविद् इन्द्रजित र्राई, देशभक्त-राष्ट्रवादी गणतान्त्रिक अभियानका संयोजक पर्ूवअञ्चलाधीश र्सर्ूयबहादुर सेन ओली, भिक्षु श्रेणेन्द्र आनन्द, जनजाति महासङ्घका रामबहादुर थापा र पत्रकार महासङ्घका केन्द्रीय सदस्य विनोद पहाडी पनि माओवादीका तर्फाट संविधानसभाका लागि समानुपातिक सूचीमध्येबाट छानिएका छन् ।

माओवादीका छ जना केन्द्रीय सदस्यहरू मोहन वैद्य, दीनानाथ शर्मा, मातृकाप्रसाद यादव, लोकेन्द्र विष्ट मगर, नारायण शर्मा र नन्दकुमार प्रर्साईं समानुपातिकतर्फाट संविधानसभामा जानेमा परेका छन् । त्यस्तै, केन्द्रीय सल्लाहकार्रर् इश्वरीप्रसाद दाहाल, अधिवक्ताद्वय खिमलाल देवकोटा र एकराज भण्डारी पनि समानुपातिकबाट छानिएका छन् ।

माओवादीका तर्फाट संविधानसभामा पुग्नेहरूमा नेतानिकट, नेता-पत्नी र नातेदारहरू पनि छन् । माओवादी अध्यक्ष्ँ प्रचण्ड पीए जोखबहादुर महरा -प्रताप) र उनकै स्वकीय सचिव श्रीराम ढकाल -प्रशान्त) पनि संविधानसभा सदस्यका लागि सिफारसि गरएिका छन् भने छोरी रेणु दाहाल पनि छानिएकी छन् । त्यसबाहेक माओवादी केन्द्रीय सदस्य देवप्रसाद गुरुङकी पत्नी यशोदा सुवेदी, वर्षान पुन 'अनन्त'की पत्नी ओनसरी र्घर्तीमगर, हितमान शाक्यकी पत्नी अमृता थापा, वाईसीएलका अध्यक्ष्ँ गणेशमान पुनकी पत्नी कमला रोका, वाईसीएल इन्चार्ज कुलप्रसाद केसी 'स्वनाम'की पत्नी तारा र्घर्ती आदि पनि संविधानसभा सदस्यका लागि छानिएका छन् । यद्यपि, उनीहरू नाता-सम्बन्धका कारणले भन्दा माओवादी आन्दोलनमा छुट्टै भूमिका रहेका कारण छनोटमा परेका हुन् ।

काङ्ग्रेसको पुरानै पारा

नेपाली काङ्ग्रेसले छानेको समानुपातिकतर्फ७३ सदस्यको नामावली हर्ेदा संविधानसभा चुनावमा खाएको हारपछि पनि सो दल सुध्रने लक्षण देखि“दैन । विगतका चुनावमा हारेका कारण प्रत्यक्ष्ँ निर्वाचन लड्न आ“ट नगरेका तर पार्टर्ीीब्जा गरेर बस्नेहरू पनि यसपटक पर्याप्तै छानिएका छन् ।

पहिलो नम्बरमा प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाको नाम राख्ने काङ्ग्रेसले केन्द्रीय सदस्यहरू वलदेव शर्मा मजगैया, लक्ष्मणप्रसाद घिमिरे, प्रदीप गिरी, पर्ूण्ाबहादुर खड्का, मीनेन्द्र रजिाल, प्रकाशशरण महत, जिपछिरङि लामा शर्ेपालगायतलाई छानेको छ । शेरबहादुर देउवापत्नी आरजु राणा पनि संविधानसभासद्मा छानिएकी छन् । आरजुकी आमा प्रतिभा राणालाई राप्रपाले संविधानसभाका लागि छनोट गरेकाले देउवा-पत्नी र उनकी सासूसमेत संविधानसभामा पुग्ने भएका छन् ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवद्वय शोभाकर पराजुली तथा जीवनप्रेम श्रेष्ठ र प्रेस शाखाप्रमुख पुरुषोत्तम बस्नेत पनि समानुपातिक सूचीमा परेका छन् तर एक जना पनि संविधानका ज्ञाता काङ्ग्रेसको छनोटमा पर्न सकेनन्  । बन्दसूचीमा सामेल वरष्िठ अधिवक्ताहरू राधेश्याम अधिकारी र श्रीहर िअर्याललाई पठाउने चर्चा काङ् ग्रेस वृत्तमा चले पनि केन्द्रीय कार्यसमितिले छनोट गरेन । बन्दसूचीमा नाम सामेल गरएिका बुद्धिजीवी मनमोहन भट्टर्राई पनि रोजाइमा परेनन् । एक काङ्ग्रेस नेताका अनुसार, प्रतिगमनविरुद्धको आन्दोलन अनि प्रत्यक्ष निर्वाचनमा २ सय ४० क्षेत्रबाटै माग हुने युवा नेता गगन थापाको नाम पनि ठूलो कसरतपछि मात्र छनोट भएको थियो ।

सुध्रन खोज्ने एमाले

अनपेक्ष्ँित मतपरण्िााम भोगेको नेकपा एमालेले स्थायी समितिका कोही पनि सदस्यलाई समानुपातिकका लागि सिफारसि गरेको छैन । प्रत्यक्ष निर्वाचनमा पार्टर्ीीहासचिव माधवकुमार नेपालले समेत दुवै स्थानबाट हारेपछि समानुपातिकको सूचीमा रहेका एमाले कार्यवाहक महासचिव अमृतकुमार बोहरा, स्थायी समिति सदस्यहरू सहाना प्रधान र मुकुन्द न्यौपानेलाई संविधानसभामा पठाइएन ।

एमाले केन्द्रीय कमिटीले छनोट गरी निर्वाचन आयोगलाई बुझाएको सूचीमा धेरै पुरानै अनुहार देखिन्छन् । पहिलो नम्बरमा ०३३ सालमा नक्खु जेल 'ब्रेक' गर्ने गोपाल शाक्यको नाम पेस गर्ने एमालेले छविलाल विश्वकर्मा, भीम रावल, युवराज कार्की, राधा ज्ञवाली, लालबाबु पण्डित, विष्णु रमिाल, सुरेन्द्र पाण्डे र शङ्कर पोखरेल गरी नौ केन्द्रीय सदस्यहरू पठाएको छ  । नेपाली सेनाका पर्ूवजर्नेल गोपालसिंह बोहराको नाम पनि एमालेले समावेश गरेको छ । उद्योगपति विनोदकुमार चौधरीदेखि 'विकासे कार्यकर्ता' लक्की शर्ेपासमेतको नाम पनि पार्टर्ीी अगाडि सारेको छ ।

संविधानसभा सदस्यका लागि छानिएको सूचीमा नेतापत्नीहरू पनि परेका छन् । एमाले केन्द्रीय सदस्य गोविन्द कोइरालाकी पत्नी गौरा प्रर्साईं, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष्ँ उपेन्द्र महतोकी बहिनी तथा एमाले केन्द्रीय सदस्य रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतो, पर्ूवसांसद हर्कमान तामाङकी श्रीमती यशोदा अधिकारी आदि रहेका छन् । एमाले स्थायी समिति सदस्य मोदनाथ प्रश्रतिका छोरा विजय पौडेल पनि समानुपातिकबाट चुनिएका छन् । एमालेले समानुपातिकका लागि छानेका ७० जनामध्ये दर्ुइ जना अधिवक्ता अग्निप्रसाद खरेल र सपना प्रधान मल्ललाई पनि संविधानसभामा पठाउने भएको छ ।

पतिपत्नीदेखि समलिङ्गीसम्म

प्रत्यक्ष्ँतर्फनिर्वाचित २ सय ४०, समानुपातिक प्रणालीबाट चुनिने ३ सय ३५ अनि मन्त्रिपरष्िाद् ले मनोनीत गर्ने २६ गरी जम्मा ६ सय १ सदस्यीय संविधानसभा वास्तवमै समावेशी चरत्रिको हुने भएको छ । तीन ठूला दलबाहेक समानुपातिकतर्फ२२ सिट ल्याउनेे मधेसी जनअधिकार फोरमले पहाडी मूलका राष्ट्रब्याङ्  कका पर्ूवगभर्नर तिलक रावललाई छानेको छ । फोरमले समानुपातिकको सूचीमा समावेश गरेपछि चर्चामा छाएकी गायिका नलिना चित्रकारलाई भने अन्तिम छनोटमा पारएिन । आफ्नो छनोटमा दर्ुइ जना व्यापारीहरू पनि परेको फोरमले जनाएको छ । त्यस्तै अर्को मधेसवादी दल तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी चिनी व्यापारी विमल केडिया र अर्का व्यापारी कविन्द्र ठाकुरलाई छानेको छ ।

समानुपातिकतर्फआठ सिट पाएको नेकपा मालेका तर्फाट महासचिव सीपी मैनालीका पतिपत्नी नै सभासद् हुने भएका छन् । यसअघि सीता खड्का भनेर चिनि“दै आएकी मैनालीपत्नी संविधानसभामा भने निलम केसीका नामले चिनिने छन् । मालेको कोटामा सभासद् हुनेमा बा“दर विशेषज्ञ मुकेश चालिसेकी पत्नी जनककुमारी पनि छन् ।

त्यस्तै राजतन्त्रको नारा दिएर चुनाव लड्ने एक मात्र दल राप्रपा नेपालले पठाउन पाउने चार जनामध्ये एक छिन्, शाही सरकारका सञ्चारमन्त्री टङ्क ढकालकी पत्नी कुन्ती शाही । नेकपा एकीकृतका दर्ुइ सिटमध्ये एकमा पर िथापा परेका छन् ।

सबैभन्दा रोचक सभासद् छनोट गरेको छ- पा“च सिट पाएको नेकपा संयुक्तले । पा“चमध्ये एक जना हुन््, 'नील हीरा समाज'का अध्यक्ष सुनीलबाबु पन्त । पन्तले समलिङ्गी र तेस्रोलिङ् गीजस्ता यौनअल्पसङ् ख्यकको पक्ष्ँमा वकालत गर्दै आएका छन् । आफ्नो नाम छनोट गरी निर्वाचन आयोगमा पेस गरएिलगत्तै उनले भने, "अल्पसङ्ख्यकको पीडा मलाई राम्ररी थाहा छ, तेस्रोलिङ्गीको समान अधिकारका बारेमा पनि संविधानमा प्रस्ट लेखाउन मेरो पहल हुनेछ ।" संयुक्तको कोटामा महिला हजाम रामशीला ठाकुर र बहिरा राघववीर जोशी पनि संविधानसभाका लागि छानिएका छन् ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur