Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
पुस्तक समीक्षा


नेपाली साहित्यमा कहिल्यै नउठेका कुरा पहिलोपल्ट म प्रस्तुत गर्दैछु ।" यो एक किसिमको गर्व पनि हो र हा“क पनि । कुनै पनि स्रष्टाले आजको युगमा आफ्ना कुरा यति मच्चाएर र यति हुइ“क्याएर भन्नु हा“क नै हो । सायद यति हुइ“क्याएर नभनेसम्म यसको आवाज पुग्नुपर्ने कानहरूसम्म थुरनि पुग्दैन । यो कुनै शक्तिशाली घुय“त्रो हुइ“क्याएजस्तै हो । जति हुइ“क्याएर बजार्न सक्यो त्यसको थरक र प्रभाव त्यति नै शक्तिशाली र श्रवणीय हुन्छ । सम्भवतः लेखकलाई यही विचारले यहा“ काम गरेको हुनसक्छ । गोविन्दराज भट्टर्राई सिद्धान्त र समालोचनाको आफ्नो पछिल्लो कृति उत्तरआधुनिक विमर्शमा यसरी छताछुल्ल पोखिएका हुन् ।
हरेक परविर्तनहरू समयजस्तै तीव्र बेगवान छन् । जो समयको परविर्तनस“ग बग्न सक्तैन, त्यसले विकास र विस्तारको नवीनतम अनुभूति प्राप्त गर्न सक्तैन । राजनीति र सामाजिक परविर्तनस“गस“गै कला-साहित्यका सिद्धान्त र प्रयोगले पनि असीम फड्को मारेको हुन्छ । यसलाई आत्मसात् र समायोजन गर्दै हरेक स्रष्टाले आफ्नो अस्ितत्व र पहिचानलाई जीवन्त बनाउन सक्छ ।
यसै विचारको मियोमा उभिएर भट्टर्राईले यो कृति रचेका हुन् । यसमा उनले समग्र सिर्जनात्मक विधाहरूको बिस्कुन फि“जाएर तिनमा भएका चामल, बिया“ र घुनहरूको पृथकीकरण र व्याख्यान प्रस्तुत गरेका छन् । स्वभावतः यसमा चामलको बाहुल्य र बिया“-घुनको मात्रा कम छ । उत्तरआधुनिकताको कसीमा नेपाली रचनाहरूलाई घोटेर तिनको विश्लेषण गर्दा उनले चामललाई बढी प्राथमिकता दिनु उचित हो पनि  ।
कृति सात परच्िछेद र ५४ खण्डमा विभक्त छ । जस अर्न्तर्गत उत्तरआधुनिकवादमाथि कलम चलाउने नेपाली स्रष्टाहरूको परिचयात्मक टिप्पणी प्रस्तुत गरएिको छ । यस क्रममा देवकोटा, समदेखि शङ्कर लामिछाने हु“दै उनी पछिल्लो पुस्ताका शारदा सुब्बा र शिवानीसिंह थारूसम्मका कृतिहरूमा बगेका छन् । यति मात्र होइन, उनले यसमा प्रदीप नेपाल, भागीरथी श्रेष्ठ, सनत रेग्मी, लैनसिंह बाङ्देल, डायमनशमशेर राणाका कृतित्वलाई पनि नमन गरेका छन् । ज्याक अताली, हेलेन सिक्सुदेखि ज्याक डेरडिा र मिसेल फुकोसम्मलाई कोट्याउन भ्याएका छन् । यी विदेशी साहित्यकारहरूस“ग तुलनात्मक विश्लेषण गर्दै भट्टर्राईले उत्तरआधुनिकताको चस्मालाई यी पुराना स्थापितकै लहरमा किशोर हस्ताक्षरहरूतर्फपनि सावधानीपर्ूवक घुमाउने जमर्को गरेका छन् ।
उनले कविता, आख्यान, निबन्ध, चित्रकला, संस्मरण र नाटक आदि सबै विधाहरूको चिरफार गर्न भ्याएका छन् । उत्तरआधुनिक विमर्शमा उनले स्वदेशभित्रका मात्र होइन, विदेशमा बसेका नेपाली र्सजकहरूलाई पनि चर्चा गरेका छन् । यस कृतिमा उनले नेपाली सिर्जनशीलताका गौरवशाली गाथाहरूलाई विस्मृतिको धङ्घङेबाट झिकेर आजको सापेक्षित मोडमा ल्याएर पाठक र समालोचकहरूलाई मज्जाले सम्झाएका छन् । र, ओझेल परेका आजका पुस्ताका सशक्त सिर्जनाहरूलाई पढ्न झकझक्याएका छन् । यो नै उनको शक्तिशाली घु“यत्रो हो । उनले कसैलाई छाडेका छैनन् । मुकेश मल्ल, हररिाज भट्टर्राई, देश सुब्बा, मिजास तेम्बे, काङमाङ नरेश र होम सुवेदीलाई पनि आफ्नो वादमा ढालेर उनीहरूका कृतिमाथिको फलाफल खुट्याएका छन् ।
यो कृति पढ्दा उत्तरआधुनिकताको राम्रो ज्ञान त हुन्छ नै । यसबाहेक नेपाली सिर्जनामा लागेर बेग्लै धार र समयचेतनामा आफ्ना कलमका निबहरू खियाउने लेखकहरूका वैशिष्ट्यलाई पनि भट्टर्राईको लेखनीले न्याय गरेको छ । यो एउटा कृति पढेर समग्र नेपाली साहित्यमा आदिदेखि आजसम्म भित्रिएका नवीनतम प्रयोग र बान्कीहरूको साङ्गोपाङ्गो प्रस्तुतिको अध्ययन गर्न सकिन्छ ।
यसमा उनले आफ्ना अधिकांश भूमिकाहरूलाई समेटेका छन् । हुन त उनका भूमिकाहरू पढ्दा उनी कृतिभन्दा त्यसस“ग गा“सिएका अङ्ग्रेजी साहित्यलाई बढी केन्द्रमा राखेर कलम चलाउ“छन् भन्ने अनुभूति हुन्छ । तर, त्यसले पनि विश्वसाहित्यमा आज चलेका प्रयोगहरूको धेरथोर अध्ययन गराउ“छ ।
समष्टिमा यो सिद्धान्त र समालोचनाको गाथा हो । तर, पढ्दा बढो रोमाञ्चक मोडतिर घचेड्दै जान्छ । सामान्य विद्यार्थीदेखि समालोचनाका पण्डितसम्मलाई एकरसको आनन्द प्रदान गर्छ । सुरुमा भट्टर्राईको 'नेपाली साहित्यमा कहिल्यै नउठेका कुरा पहिलोपल्ट म प्रस्तुत गर्दैछु' भन्ने भनाइले दा“तमा अभिमानको ढुङ्गा बिझेजस्तो अनुभव हुन्छ । तर, पुस्तकका पन्नाहरू पल्टि“दै जा“दा त्यो ढुङ्गा वास्तविकताको रसिलो चमेना हुनपुग्छ । यसमा प्रयुक्त कृष्णराज अधिकारीका रेखाचित्रहरूले यस्तो चमेनास“ग कोकाकोलाको तृप्ति प्रदान गर्छन् ।
रमण घिमिरे

प्रसङ्गवश

सर वाल्टर स्कटको ऐतिहासिक उपन्यास इभानहोए फेर िपढ्दैछु । हुन त यो बेलायती कथामा आधारति उपन्यास हो । तर, युरोप, अमेरकिा र अस्ट्रेलियामा अझै यसलाई रुचिसाथ पढ्ने गरएिको छ । अङ्ग्रेजी भाषा-साहित्यमा बेलायती लेखक स्कटको सम्मानित स्थान छ । उनका रोबवे, द लेडी अफ द लेक, वाभरलेलगायतका किताब पनि चर्चित छन्  ।
धेरैपटक पढेर हो कि किन हो, इभानहोए मलाई धेरै महत्त्वपर्ूण्ा उपन्यास लाग्छ । सन् ११९४ को त्यसै घटनाबाट इस्लाम धर्मावलम्बीहरूलाई आतङ्ककारी देख्न थालिएको हो । जर्मनी, अमेरकिा, ब्रिटेनका रोमन क्याथोलिकहरूमा अझै यसको धेरथोर प्रभाव छ । मुस्िलमलाई मार्‍यो भने धर्म हुन्छ भन्ने अन्धविश्वास छ कतिपयमा । र्
इश्वरका नाममा नरहत्याको नारा एकताका निकै चल्यो । अहिले यो नचाहिने कुराजस्तो पनि लाग्छ । तर, घोडा चढेर मुसलमानहरूलाई मार्न क्रुसेडमा दौडने धर्मभीरुहरू अझै होलान् । हजार वर्षघिको त्यस घटनाले पश्चिमा र मुस्िलमको मानसिक द्वन्द्व स्पष्ट देखाउ“छ  । यस उपन्यासमा थुप्रै पात्रहरू छन् । जस्तो- लेडी रोवेना, राजा रचिार्ड, युवराज जोन आदि ।
तिनै स्कट, एलेक्जेन्डर डुमस, भिक्टर ह्युगोको रोमान्सेली लेखनबाट प्रभावित अएन रान्डको फाउन्टेनहेड र एटलस स्रुग्ड पनि मलाई रुचिकर लाग्छन् । रुसी मूलकी अमेरकिी रान्ड उपन्यासकार एवम् दार्शनिक हुन् । उनका दुवै उपन्यास वेस्ट सेलर हुन् । अहिले पनि अमेरकिाको सामाजिक, आर्थिक, व्यापारकि एवम् अन्तर्रर्ााट्रय नीतिहरू उनकै दर्शनमा आधारति छन् । उनी आख्यानका सहारामा आप\mनो दार्शनिक विचारहरू र्छलङ्ग पार्न सफल छिन् ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur