| |
|
पुस्तक समीक्षा |
|

नेपाली साहित्यमा कहिल्यै नउठेका कुरा पहिलोपल्ट म प्रस्तुत
गर्दैछु ।" यो एक किसिमको गर्व पनि हो र हा“क पनि । कुनै
पनि स्रष्टाले आजको युगमा आफ्ना कुरा यति मच्चाएर र यति हुइ“क्याएर
भन्नु हा“क नै हो । सायद यति हुइ“क्याएर नभनेसम्म यसको आवाज
पुग्नुपर्ने कानहरूसम्म थुरनि पुग्दैन । यो कुनै शक्तिशाली घुय“त्रो
हुइ“क्याएजस्तै हो । जति हुइ“क्याएर बजार्न सक्यो त्यसको थरक
र प्रभाव त्यति नै शक्तिशाली र श्रवणीय हुन्छ । सम्भवतः लेखकलाई
यही विचारले यहा“ काम गरेको हुनसक्छ । गोविन्दराज भट्टर्राई
सिद्धान्त र समालोचनाको आफ्नो पछिल्लो कृति उत्तरआधुनिक विमर्शमा
यसरी छताछुल्ल पोखिएका हुन् ।
हरेक परविर्तनहरू समयजस्तै तीव्र बेगवान छन् । जो समयको परविर्तनस“ग
बग्न सक्तैन, त्यसले विकास र विस्तारको नवीनतम अनुभूति प्राप्त
गर्न सक्तैन । राजनीति र सामाजिक परविर्तनस“गस“गै कला-साहित्यका
सिद्धान्त र प्रयोगले पनि असीम फड्को मारेको हुन्छ । यसलाई आत्मसात्
र समायोजन गर्दै हरेक स्रष्टाले आफ्नो अस्ितत्व र पहिचानलाई
जीवन्त बनाउन सक्छ ।
यसै विचारको मियोमा उभिएर भट्टर्राईले यो कृति रचेका हुन् ।
यसमा उनले समग्र सिर्जनात्मक विधाहरूको बिस्कुन फि“जाएर तिनमा
भएका चामल, बिया“ र घुनहरूको पृथकीकरण र व्याख्यान प्रस्तुत
गरेका छन् । स्वभावतः यसमा चामलको बाहुल्य र बिया“-घुनको मात्रा
कम छ । उत्तरआधुनिकताको कसीमा नेपाली रचनाहरूलाई घोटेर तिनको
विश्लेषण गर्दा उनले चामललाई बढी प्राथमिकता दिनु उचित हो पनि
।
कृति सात परच्िछेद र ५४ खण्डमा विभक्त छ । जस अर्न्तर्गत उत्तरआधुनिकवादमाथि
कलम चलाउने नेपाली स्रष्टाहरूको परिचयात्मक टिप्पणी प्रस्तुत
गरएिको छ । यस क्रममा देवकोटा, समदेखि शङ्कर लामिछाने हु“दै
उनी पछिल्लो पुस्ताका शारदा सुब्बा र शिवानीसिंह थारूसम्मका
कृतिहरूमा बगेका छन् । यति मात्र होइन, उनले यसमा प्रदीप नेपाल,
भागीरथी श्रेष्ठ, सनत रेग्मी, लैनसिंह बाङ्देल, डायमनशमशेर राणाका
कृतित्वलाई पनि नमन गरेका छन् । ज्याक अताली, हेलेन सिक्सुदेखि
ज्याक डेरडिा र मिसेल फुकोसम्मलाई कोट्याउन भ्याएका छन् । यी
विदेशी साहित्यकारहरूस“ग तुलनात्मक विश्लेषण गर्दै भट्टर्राईले
उत्तरआधुनिकताको चस्मालाई यी पुराना स्थापितकै लहरमा किशोर हस्ताक्षरहरूतर्फपनि
सावधानीपर्ूवक घुमाउने जमर्को गरेका छन् ।
उनले कविता, आख्यान, निबन्ध, चित्रकला, संस्मरण र नाटक आदि सबै
विधाहरूको चिरफार गर्न भ्याएका छन् । उत्तरआधुनिक विमर्शमा उनले
स्वदेशभित्रका मात्र होइन, विदेशमा बसेका नेपाली र्सजकहरूलाई
पनि चर्चा गरेका छन् । यस कृतिमा उनले नेपाली सिर्जनशीलताका
गौरवशाली गाथाहरूलाई विस्मृतिको धङ्घङेबाट झिकेर आजको सापेक्षित
मोडमा ल्याएर पाठक र समालोचकहरूलाई मज्जाले सम्झाएका छन् । र,
ओझेल परेका आजका पुस्ताका सशक्त सिर्जनाहरूलाई पढ्न झकझक्याएका
छन् । यो नै उनको शक्तिशाली घु“यत्रो हो । उनले कसैलाई छाडेका
छैनन् । मुकेश मल्ल, हररिाज भट्टर्राई, देश सुब्बा, मिजास तेम्बे,
काङमाङ नरेश र होम सुवेदीलाई पनि आफ्नो वादमा ढालेर उनीहरूका
कृतिमाथिको फलाफल खुट्याएका छन् ।
यो कृति पढ्दा उत्तरआधुनिकताको राम्रो ज्ञान त हुन्छ नै । यसबाहेक
नेपाली सिर्जनामा लागेर बेग्लै धार र समयचेतनामा आफ्ना कलमका
निबहरू खियाउने लेखकहरूका वैशिष्ट्यलाई पनि भट्टर्राईको लेखनीले
न्याय गरेको छ । यो एउटा कृति पढेर समग्र नेपाली साहित्यमा आदिदेखि
आजसम्म भित्रिएका नवीनतम प्रयोग र बान्कीहरूको साङ्गोपाङ्गो
प्रस्तुतिको अध्ययन गर्न सकिन्छ ।
यसमा उनले आफ्ना अधिकांश भूमिकाहरूलाई समेटेका छन् । हुन त उनका
भूमिकाहरू पढ्दा उनी कृतिभन्दा त्यसस“ग गा“सिएका अङ्ग्रेजी साहित्यलाई
बढी केन्द्रमा राखेर कलम चलाउ“छन् भन्ने अनुभूति हुन्छ । तर,
त्यसले पनि विश्वसाहित्यमा आज चलेका प्रयोगहरूको धेरथोर अध्ययन
गराउ“छ ।
समष्टिमा यो सिद्धान्त र समालोचनाको गाथा हो । तर, पढ्दा बढो
रोमाञ्चक मोडतिर घचेड्दै जान्छ । सामान्य विद्यार्थीदेखि समालोचनाका
पण्डितसम्मलाई एकरसको आनन्द प्रदान गर्छ । सुरुमा भट्टर्राईको
'नेपाली साहित्यमा कहिल्यै नउठेका कुरा पहिलोपल्ट म प्रस्तुत
गर्दैछु' भन्ने भनाइले दा“तमा अभिमानको ढुङ्गा बिझेजस्तो अनुभव
हुन्छ । तर, पुस्तकका पन्नाहरू पल्टि“दै जा“दा त्यो ढुङ्गा वास्तविकताको
रसिलो चमेना हुनपुग्छ । यसमा प्रयुक्त कृष्णराज अधिकारीका रेखाचित्रहरूले
यस्तो चमेनास“ग कोकाकोलाको तृप्ति प्रदान गर्छन् ।
रमण घिमिरे |
प्रसङ्गवश |
सर
वाल्टर स्कटको ऐतिहासिक उपन्यास इभानहोए फेर िपढ्दैछु । हुन
त यो बेलायती कथामा आधारति उपन्यास हो । तर, युरोप, अमेरकिा
र अस्ट्रेलियामा अझै यसलाई रुचिसाथ पढ्ने गरएिको छ । अङ्ग्रेजी
भाषा-साहित्यमा बेलायती लेखक स्कटको सम्मानित स्थान छ । उनका
रोबवे, द लेडी अफ द लेक, वाभरलेलगायतका किताब पनि चर्चित छन्
।  
धेरैपटक पढेर हो कि किन हो, इभानहोए मलाई धेरै महत्त्वपर्ूण्ा
उपन्यास लाग्छ । सन् ११९४ को त्यसै घटनाबाट इस्लाम धर्मावलम्बीहरूलाई
आतङ्ककारी देख्न थालिएको हो । जर्मनी, अमेरकिा, ब्रिटेनका रोमन
क्याथोलिकहरूमा अझै यसको धेरथोर प्रभाव छ । मुस्िलमलाई मार्यो
भने धर्म हुन्छ भन्ने अन्धविश्वास छ कतिपयमा । र्
इश्वरका नाममा नरहत्याको नारा एकताका निकै चल्यो । अहिले यो
नचाहिने कुराजस्तो पनि लाग्छ । तर, घोडा चढेर मुसलमानहरूलाई
मार्न क्रुसेडमा दौडने धर्मभीरुहरू अझै होलान् । हजार वर्षघिको
त्यस घटनाले पश्चिमा र मुस्िलमको मानसिक द्वन्द्व स्पष्ट देखाउ“छ
। यस उपन्यासमा थुप्रै पात्रहरू छन् । जस्तो- लेडी रोवेना, राजा
रचिार्ड, युवराज जोन आदि ।
तिनै स्कट, एलेक्जेन्डर डुमस, भिक्टर ह्युगोको रोमान्सेली लेखनबाट
प्रभावित अएन रान्डको फाउन्टेनहेड र एटलस स्रुग्ड पनि मलाई रुचिकर
लाग्छन् । रुसी मूलकी अमेरकिी रान्ड उपन्यासकार एवम् दार्शनिक
हुन् । उनका दुवै उपन्यास वेस्ट सेलर हुन् । अहिले पनि अमेरकिाको
सामाजिक, आर्थिक, व्यापारकि एवम् अन्तर्रर्ााट्रय नीतिहरू उनकै
दर्शनमा आधारति छन् । उनी आख्यानका सहारामा आप\mनो दार्शनिक
विचारहरू र्छलङ्ग पार्न सफल छिन् ।
|
|