चाकडीमा
भ्याइनभ्याई
वरिष्ठ प्रहरी अधिकृतहरु माओवादी नेताका
घरदैलोमा
सुजित महत
करिब तीन साताअघि कैलालीबाट संविधानसभा
सदस्यको निर्वाचन जितेर र ाजधानी आइर हेका सुदूर पश्चिमका
माओवादी नेता लेखर ाज भट्टको स्वागत गर्न विमानस्थल पुग्नेहरूको
लाममा नेपाल प्रहर ीका पर्ूवमहानिर ीक्षक मोतीलाल बोहर
ालाई देख्दा त्यहा“ तैनाथ प्रहर ीहरू छक्क पर े । त्यसदिन
बोहर ा आफ्नी छोर ी, जो सशस्त्र प्रहर ी अतिरि क्त महानिर
ीक्षक -एआईजीपी सनतकुमार बस्नेतकी पत्नी हुन्, का साथ
पुष्पगुच्छासहित विमानस्थल पुगेका थिए । २०४९ सालमा तत्कालीन
महानिर ीक्षक र त्नशमशेर र ाणालाई पदावधि सकिन दर्ुइ वर्षगावै
हटाइएपछि बोहर ा उक्त पद पाउन सफल भएका थिए । कार्यकालको
अन्ततिर नेपाल प्रहर ीमा महानिर्देशक पद सिर्जना गर ेर
जागिर लम्ब्याउने असफल प्रयासपछि र ाजनीति गर्न काङ् ग्रेसमा
प्रवेश गर ेका उनी र ाजा सक्रिय र ाजनीतिमा कुदेपछि कट्टर
र ाजावादी भएका थिए । अहिले भने उनी छोर ीज्वाइ“का लागि
र ाजावादीहरूलाई छाडेर माओवादीहरूस“ग नजिकिने प्रयास गरि
र हेका छन् ।
सेनाबाट
सशस्त्र प्रहर ीमा प्रवेश गर ेका उनका ज्वाइ“ बस्नेत पनि
ससुर ाले जस्तै आफूभन्दा वरि ष्ठ तीन जना डीआईजी श्यामकृष्ण
कर्माचार्य, किशोर कुमार लामा र नार ायण पाण्डेलाई पछि
पार्दै १४ महिनाअघि एआईजी बन्न सफल भएका थिए । हाल बस्नेतभन्दा
वरि ष्ठतामा माथि र हेका एआईजीद्वय र ोहित थापा र अमर
नेम्वाङले आगामी भदौ महिनाभित्र अवकाश पाउने भएकाले उनी
सम्भवतः आगामी महानिर ीक्षक -आईजी) पनि हुन् । "शक्तिकेन्द्र
रि झाएकै भर मा वरि ष्ठलाई उछिनेर बस्नेत महानिर ीक्षकको
दौडमा अघि भएका हुन्," सशस्त्रका एक वरि ष्ठ अधिकृत
भन्छन्, "परि वर्तित शक्तिकेन्द्रका आडमा समकक्षीले
त्यसैगर ी ज्वाइ“लाई पनि पछि पारि देलान् भन्ने पिर लो
बोहर ालाई हुन सक्छ ।"
प्रहर ी अधिकार ीहरूले माओवादीस“ग सम्बन्ध
गा“स्न थालेको त यो एउटा उदाहर ण मात्रै हो । यतिबेला
नेपाल प्रहर ी र सशस्त्र प्रहर ी दुवैका अधिकृतहरूको ठूलै
भीड र ाजधानीमा माओवादी नेताहरूका निवासको चक्कर लगाइर
हेको छ । कतिसम्म भने नेपाल प्रहर ीका एक वरि ष्ठ अधिकृत
माओवादी नेताकहा“ धाउनेहरूका बार ेमा एउटा र ोचक प्रसङ्ग
नै सुनाउ“छन् । भन्छन्, "भावी गृहमन्त्रीका रूपमा
एउटाको नाम चल्छ, साथीहरू त्यतैतिर कुद्छन्, अर्कोदिन
अर्कोको नाम बाहिर आएपछि उतै भीड बढ्छ ।" जस्तो,
सुरुमा र ामबहादुर थापा 'बादल'को नाम चलेपछि प्रहर ी अधिकृतहरूको
भीड त्यतैतिर लाग्यो । तर , हल्लामा अहिलेका सूचना तथा
सञ्चार मन्त्री कृष्णबहादुर महर ाले उछिनेपछि उनको निवास
धाउनेको चाप बढ्यो । फेरि वर्षान पुन 'अनन्त'को चर्चा
चलेपछि प्रहर ी अधिकृतहरू पुष्पगुच्छासहित उनको निवासमा
पुग्न थालिहाल्ो ।
प्ा्रहर ी अधिकृतहरूको भीड लाग्नेमा
भावी गृहमन्त्रीका रूपमा चर्चित माओवादी नेता मात्र छैनन्
। कतिपयले आफ् नै जिल्ला-क्षेत्रका माओवादी नेतालाई वैसाखी
बनाउने प्रयास पनि गरि र हेका छन् । सिर ाहा, धनुषातिर
घर भएका केही अधिकृतहरू मातृका यादवकहा“ धाइर हेका छन्
। अधिकांश अधिकृतहरूको काङ्ग्रेस, एमाले र र ाजावादी नेताहरूसित
मात्र सर्म्पर्क र हेकाले माओवादीका उच्च नेतासित सम्बन्ध
बनाउन सानातिना नेताहरूको पनि उनीहरूले सहार ा लिनुपर
ेको छ ।
माओवादी नेतागणलाई रि झाउन सक्रियहरूको
सूचीमा एआईजीसम्मका प्रहर ी अधिकृतहरू छन् । उच्च अधिकृतमध्ये
कतिपयले अध्यक्ष प्रचण्डसम्म पहु“च बनाउने प्रयास गरि
र हेका छन् । स्रोतका अनुसार नायब महानिर ीक्षकद्वय केबी
र ाना र प्रकाश कु“वर ले पटकपटक नया“बजार को चक्कर काटे
पनि प्रचण्डको भेट पाउन सकेका छैनन् । अशोक श्रेष्ठलगायतका
केही पर्ूवप्रहर ी अधिकृतहरूले प्रचण्डसित भेटघाट गर्न
भ्याइसकेका छन् । त्यसमा विगतमा लामो समय र ाजदर बार मा
बिताएका पर्ूवअधिकृतहरू र हेको स्रोतको दाबी छ । यसबाहेक
कतिपय उच्च अधिकृतहरूले माओवादी नेतृत्वलाई दैनिक टेलिफोनमार्फ
मुलुकको अवस्था 'ब्रिफिङ्' गर्ने गर ेका छन् ।
चाकडीमा पछि नपर्न मोफसलमा कार्यर त
अधिकृतहरू पनि बिदा लिएर धमाधम र ाजधानीमा नेताको घर डेर
ा चहार्दैछन् । भनिन्छ, च्ााकडी कसैलाई पनि अप्रिय हुु“दैन
। त्यसैले त यो प्रवृत्ति निरुत्साहित भएको छैन । आफ्नो
क्षेत्रमा बिदा लिई र ाजधानी जान चाहने अधिकृतहरूको लाइन
लागेको स्वीकार्दै मध्य क्षेत्रका प्रहर ी नायब महानिर
ीक्षक -डीआईजी) किर ण गौतम भन्छन्, "तर , उनीहरूले
निर्वाचनका बेला खेपेको तनावपछि ताजगी पाउन बिदा लिएका
हुन् ।" उनले थपे, "त्यसमध्येका केहीको नियत
अर्कै नहोला भन्न सकिन्न ।" द्वन्द्वकालमा माओवादीको
कालो सूचीमा परि एको छ कि भन्ने पिर लो केही अधिकृतमा
पाएको डीआईजी गौतमले बताए ।
महानगर ीय प्रहर ी आयुक्तको कार्यालयमा
कार्यर त एक अधिकृत हिजो चाकडी-चाप्लुसीकै भर मा सरुवा-बढुवामा
हात माथि पार्न सफल अधिकृतहरू अहिले माओवादी रि झाउन सक्रिय
भएको टिप्पणी गर्छन् । "गलत तरि काले माथि पुगेको
हु“दा अहिले माओवादीस“ग डर ाउनेमा त्यस्तै समूह छ,"
उनी भन्छन् । जस्तो- गृहमन्त्री कृष्ण सिटौलासित नाता-सम्बन्ध
गा“सेर फाइदा उठाइर हेका एसएसपी भीष्म प्रर्साईं यतिबेला
माओवादीसित सम्बन्ध जोड्न मरि हत्ते गरि र हेका छन् ।
सामान्यतया वरि ष्ठ अधिकृतहरूलाई एक ठाउ“मा एक वर्षमात्र
बहाल गरि ने भए पनि प्रसार्इं उनैले र ोजेको महानगर ीय
ट्राफिक प्रहर ी कार्यालयमा दर्ुइ वर्षेखि र हेर गृहमन्त्री
सिटौलाको अघोषित सल्लाहकार को भूमिकामा छन् ।
नेपाल प्रहर ीमा एसएसपीको पदावधि छ वर्षहुन्छ
। पदावधि थप गर्न सकिने प्रावधान भए पनि अहिलेसम्म त्यो
कार्यान्वयन भएको थिएन । तर , पदावधि पूर ा हुन लागेका
अर्जुनजङ्ग शाहीलाई बढुवा गर्न खाली ठाउ“ नभएपछि गृह मन्त्रालयले
छ महिनाअघि उनको पदावधि थप्ने निर्ण्र्ाागर्यो । पदावधि
थप गर्ने निर्ण्र्ााप्रहर ीको इतिहासमा पहिलोपटक शाहीको
हकमा प्रयोग भएको हो । अहिले उनी पनि माओवादी रि झाउने
कसर तमा रहेको स्रोतहरू बताउ“छन् ।
त्यस्तै, दोस्रो जनआन्दोलन-२ दबाएको
अभियोगमा एआईजी र ाजेन्द्रबहादुर सिंहलाई पदमुक्त गर्न
गुटबन्दी गर्ने समूहका अधिकृतहरू पछिल्लो समय माओवादीसित
र ाम्रो सम्बन्ध भएको भनिएका सिंहले बदला लिने हुन् कि
भन्ने चिन्ताले पनि माओवादी नेतृत्वसित हिमचिम बढाउन प्रयासर
त छन् । माओवादीले एक वर्षघि गृहर ाज्यमन्त्रीका रूपमा
प्रस्ताव गर ेको भनिएका सिंहको भूमिका माओवादीले गृह मन्त्रालय
सम्हाल्न पाएमा निर्ण्ाायक हुने एकथर ी प्रहर ी अधिकृतहरूको
अनुमान छ ।
र ाजनीतीकर ण र गुटबन्दी
पञ्चायतकालमा प्रहरी प्रमुखहरूको र ाजा
वा दरबार संयन्त्रसित सोझो सर्म्पर्क हुने भएका कार ण
अरू र ाजनीतिज्ञको हस्तक्षेप कम थियो । र ाजासित सोझै
सर्म्पर्कका कार ण खड्गजित बर ाल, दर्ुलभकुमार थापालगायतका
आईजीले गृहमन्त्री र दर बार कै शक्तिशाली सचिवका दबाब
अटेर गर्ने हैसियत र ाख्थे । तर , पञ्चायतको पछिल्लो समयमा
सङ्गठन प्रमुखमाथि दर बार का आसेपासेहरू हाबी हुन थालिसकेका
थिए । डीबी लामा र हेमबहादुर सिंह प्रमुख ह“ुदा सङ्गठनमाथि
बाहिर ी शक्तिकेन्द्र हाबी हुने क्रम सुरु भइसकेको थियो
।
जानकार हरूका भनाइमा ०४६ सालपछिको पहिलो
निर्वाचित सर कार ले तत्कालीन आईजी र त्नशमशेर र ाणालाई
पदमुक्त गर ी मोतीलाल बोहर ालाई महानिर ीक्षक बनाउने निर्ण्र्ाााटै
प्रहर ीमा र ाजनीतीकर णको सुरुवात भएको हो । ३२ वर्षसेवा
अवधि पूर ा भएपछि अवकाश पाउने कानुनी प्रावधानलाई घटाएर
र ाणालाई पदमुक्त गर ी बोहर ालाई आईजी बनाएपछि पुनः सेवा
अवधि ३२ वर्षकायम गरि एको थियो । छोर ाको विवाहका लागि
प्रहर ी महानिर ीक्षकका नाममा निम्तोसमेत वितर ण गरि सकेका
र ाणाको बिदाइलाई कतिपय प्रहर ी अधिकृतहरू सङ्गठनको अधोगतिको
सुरुवात ठान्छन् । अपमानजनक बिदाइको दर्ुइ महिनामै हृदयघाटबाट
र ाणाको निधन भएको थियो ।
र ाणाको पदमुक्तिपछि बढुवा हुन र पदमा
टिक्न मात्र होइन, आकर्ष ठाउ“मा सरुवा हुन पनि शक्तिकेन्द्र
रि झाउने पर म्पर ा सुरु भयो । पदावधि चार वर्षहुने भए
पनि र ाणापछिका आईजीमा असुर क्षाभाव र हन थाल्यो, जसका
कार ण उनीहरू र ाजनीतिक शक्तिकेन्द्रलाई रि झाउन नाजायज
सम्झौता गर्न थाले । बोहर ा स्वयम् आफ्नो कार्यकालभरि
र ाणाको नियति भोग्नुपर्ने चिन्तामा र हेको त्यसबेलाका
एक वरि ष्ठ अधिकृत ब्ाताउ“छन् । नेकपा एमालेको नौमहिने
कार्यकालमा उनले तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीको
तारि फ गर ेर थाकेनन् । यतिसम्मै भनिदिए कि, "गृहमन्त्रीको
मुखमा सर स्वतीको वास छ ।"
एमाले शासनमा तत्कालीन गृहमन्त्री वामदेव
गौतमले ०५३ चैतमा आईजी बनेको एक महिनामै अच्युतकृष्ण खर
ेलको सरुवा गर ेर ध्रुवबहादुर प्रधानलाई ल्याएपछि प्रहर
ी 'फोर्स' नै दर्ुइ गुटमा विभाजित भयो । त्यसको एक महिनापछि
भएको स्थानीय निर्वाचनमा प्रहर ी बलको दुरुपयोग गर ेको
आर ोप गौतममाथि लाग्दै आएको छ । तर , सत्तामा काङ्ग्रेसको
फिर्तीस“गै खर ेल पुनः आईजी बनाइए । प्रहर ीभित्रको गुटबन्दी
दोस्रो जनआन्दोलनपछि पनि जार ी र ह्यो । बोहर ाले सुरु
गर ेको समयअगावै कर्ुर्सर्ीीत्याउन खोज्ने खेल तथा खर
ेल-प्रधान प्रकर णपछि सुरु भएको गुटबन्दी अद्यापि जार
ी छ ।
जड कोइर ाला
संविधानसभा निर्वाचनपछि प्रहर ी अधिकृतहरूको
माओवादी नेता-चाकडीप्रति प्रधानमन्त्री गिरि जाप्रसाद
कोइर ालाले नै चासो देखाए । उनले आईजीलाई बोलाएर ै आपत्ति
जनाएका र त्यसो नगर्न मातहतका अधिकृतहरूलाई निर्देशन दिन
भनेका थिए । तर , प्रहर ीलाई यो हदमा जान बाध्य बनाउन
काङ्ग्रेस र त्यसमा पनि कोइर ाला परि वार नै बढी जिम्मेवार
र हेको प्रहर ी अधिकृतहरूको भनाइ छ । विभिन्न शक्तिकेन्द्रमार्फ
प्रहर ीमा अनुचित दबाब कायम र ाख्ने प्रवृत्ति उनकै नेतृत्वको
सर कार को पालामा फस्टाएको हो । खुमबहादुर खड्का गृहमन्त्री
हु“दा ठाडो आदेशका भर मा र ाष्ट्रिय अनुसन्धान विभागमा
जागिर खाएका नेविसङ्घका कार्यकर्तालाई ०५८ सालमा नेपाल
प्रहर ीमा निर ीक्षक -इन्स्पेक्टर ) बनाएका थिए । पछिल्लो
समयमा द्वन्द्वकालका भगौडा प्रहर ीमध्ये काङ्ग्रेसनिकटकालाई
अहिलेका गृहमन्त्री सिटौलाले जागिर मा पुनःबहाली गर ेर
इमानदार प्रहर ीको मनोबल गिर ाउने काम गर े ।
शक्तिकेन्द्र रि झाउन पायक पर्ने भएकाले
वरि ष्ठ अधिकृतहरूको र ोजाइमा उपत्यकापछि पर्ूव क्षेत्र
पथ्र्यो । डीआईजी तहमा प्रहर ीमा पर्ूव क्षेत्र सरुवा
भएपछि एआईजी हुने पक्कापक्कीजस्तै हुन्थ्यो, दुवै प्रहर
ीमा । खासगर ी कोइर ाला परि वार रि झाउन सजिलो हुने भएकाले
पर्ूव क्षेत्रप्रति यस्तो आकर्षा थियो । सनतकुमार बस्नेत
पनि पर्ूव क्षेत्रमा र हेकै बेला सशस्त्रको एआईजी भएका
थिए । सशस्त्रका डीआईजी ठाकुर मोहन श्रेष्ठ पर्ूव क्षेत्रमा
र हेका बेला सुजाता कोइर ालालगायतलाई पटकपटक खाना खान
निम्तो दिएर चर्चामा र हे । हाल सुदूर पश्चिम क्षेत्रमा
र हेका तिनै श्रेष्ठ शेर बहादुर देउवाको चुनावी दौडाहामा
उनको अघिपछि थिए ।
प्रहर ी सङ्गठनमा र ाजनीतिक हस्तक्षेप
यति छ कि मन्त्रिमण्डलका सदस्य मात्र होइन, तिनका पीए
र आसेपासे पनि प्रहर ीको निर्ण्र्ााप्रक्रियामा हाबी हुन्छन्
। सरुवा-बढुवामा सङ्गठन प्रमुख होइन, बाहिर का शक्तिकेन्द्र
निर्ण्ाायक हुने भएकाले अधिकृतहरूको भीडभाड त्यस्तै ठाउ“मा
हुने गर्छ । र , सङ्गठन प्रमुख बाहिर ी दबाबसमक्ष लाचार
हुने गर्छन् । तीन महिनानाअघि वीर गन्जमा एउटा कार्यक्रमस्थलबाहिर
एक प्रहर ी निर ीक्षकले आफ् नो सरुवा भएको सुनाउ“दै भने,
"तर , म त्यहा“ होइन, अन्यत्रै जान प्रयास गर्दर्ैछु
।" त्यसको आधा घन्टापछि पुनः भेट हु“दा तिनले प्रधान
कार्यालयले गर ेको सरुवालाई आफूले चाहेको ठाउ“मा संशोधन
गर ाएको र्सगर्व बताए । आफ्नो जिल्लाका काङ्ग्रेस नेतालाई
गुहार ेको भर मा प्रधान कार्यालय उनको सरुवाको ठाउ“मा
'टिपेक्स' लगाई सच्याउन बाध्य भएको थियो ।
केहीअघि एउटा समूहले वीर गन्ज सहर को
कमाउ मानिने इनर्वा चौकीमा इञ्चार्ज -नायब निर ीक्षक)
बदल्नुपर्ने माग गर्दा प्रहर ीका डीआईजीलेे त्यसो गर्न
आफूले नसक्ने जवाफ दिएका थिए । एक प्रहर ी अधिकृतका अनुसार
, बदलीको माग गरि एका तल्लो तहका प्रहर ी भए पनि प्रधानमन्त्रीपुत्रीसित
सोझो संवाद गर्नसक्ने भएकाले डीआईजीभन्दा भार ी थिए ।
पछि तिनलाई एक एसएसपीले आकर्ष ठाउ“मा सरुवाका लागि 'लबिङ्'
गर्न र ाजधानी लिएर गएको कुर ा प्रहर ीभित्र चर्चाको विषय
भएको थियो ।
यसर ी र ाजनीतीकर ण र गुटबन्दीको सिकार
भएको प्रहर ी सङ्गठन माओवादी सरकारमा पुगेपछि कसर ी सञ्चालन
हुन्छ - चाकडी र भनसुनको प्रवृत्तिलाई माओवादीले कसर ी
नियन्त्रण गर्छ - सायद, त्यसको सङ्केत माओवादी नेतृत्वको
सरकार बनेको केही अवधिमै मिल्नेछ |