व्यावसायिक पत्रकारहरूको
अपिल
फेरि एकपटक नेपाल पत्रकार महासङ्घको केन्द्रीय
महाधिवेशन हु“दैछ । फेर िएकपटक पत्रकारका निजी मामिलालाई निर्देशित
गर्न विभिन्न राजनीतिक शक्तिकेन्द्रहरू सक्रिय भएका छन् । र,
फेर िएकपटक तिनै साना-ठूला राजनीतिक दरबारहरूबाट टिकट लिएर महासङ्घको
केन्द्रीय नेतृत्व हत्याउने अव्यावसायिक प्रतिस्पर्धा सुरु भएको
छ । हामी अपिल गर्र्छौं- समाजलाई आ“खा देखाउने भनिएका हामी पत्रकारहरू
स्वयम् अन्धो नबनौ“ । राजनीतिक आशर्ीवाद लिएर आएका अनि पत्रकारतिा
नै नगर्ने कथित पत्रकारहरूलाई आफ्नो नेता नबनाऔ“ । जो-जो व्यावसायिक
रूपमा प्रतिबद्ध छन्, उनीहरूलाई मात्र नेतृत्वमा पुर्याऔ“ ।
पत्रकार महासङ्घ मुलुकभर छरएिर रहेका पत्रकारहरूको
छाता सङ्गठन हो । तर, विडम्बना यो छाताभित्र अनेक गैरपत्रकारहरू
पनि घुस्न सफल भएका छन् अनि कैयौ“ व्यावसायिक पत्रकारहरूचाहि“
अझै यसमा समेटिन सकेका छैनन् । महासङ्घ स्वयम्ले पनि प्रेस स्वतन्त्रताबाहेक
सञ्चारकर्मीका अन्य व्यावसायिक हकहितका मुद्दाहरू जोडतोडका साथ
उठाउन सकिरहेको छैन । कारणहरू अनेक छन्, जस्तै ः
राजनीतीकरण
ः व्यक्तिगत रूपमा अन्य नागरकिसरह पत्रकारले पनि राजनीतिक आस्था
राख्न सक्छ । तर, पत्रकारतिामै राजनीतिक आग्रह-पर्ूवाग्रह देखियो
भने त्यसले व्यवसायलाई धमिल्याउनेबाहेक केही गर्दैन । अहिले
त्यही भइरहेछ । हाम्रो सञ्चारजगत् आजसम्म विभिन्न राजनीतिक धारबाट
प्रभावित छ । महासङ्घको नेतृत्वमा पनि विभिन्न दल वा दरबारको
पक्षपोषण गर्ने व्यक्तिहरूको हालीमुहाली रह“दै आएको छ । यही
कारण उनीहरू आमपत्रकारभन्दा आफूलाई टिकट दिने शक्तिकेन्द्रप्रति
बढी बफादार देखिएका हुन् । यो परम्परा तोड्नर्ैपर्छ । कमसेकम
राजनीतिक झन्डा नबोकेका पत्रकारहरूलाई मात्र हामीले आफ्नो नेता
बनाउनर्ुपर्छ । किनभने, हामी कुनै दलविशेषलाई मत दिन गइरहेका
छैनौ“, राजनीतिमुक्त व्यावसायिक अगुवाहरू खोजिरहेका छौ“ ।
शुद्धीकरण ः हामी आफै“मा पनि शुद्धीकरण आवश्यक
छ । वर्षा एकपटक विज्ञापन बटुलेर एक पातो पत्रिका निकाल्ने अनि
पत्रकारतिाको आवरणमा गलत क्रियाकलाप गर्नेहरूलाई निरुत्साहित
पार्नैपर्छ । त्यसका निम्ति पत्रकार हुनका लागि आवश्यक न्यूनतम
योग्यता/मापदण्ड निर्धारण गर्नैपर्छ । र, विभिन्न पेसागत संस्था,
एनजीओ, विकासे संस्था आदिमा काम गर्ने अपत्रकारहरूलाई समेत सदस्यता
दिने परम्परा बन्द गर्नर्ैपर्छ । यो महाधिवेशनमा प्रतिनिधि भएर
आएका अनुहारहरू नियाल्नु भयो भने तपाईंले पत्रकार होइन, कुनै
एनजीओकर्मी, कुनै कलाकार, कुनै सरकारी जागिरे, कुनै सिनेकर्मी,
कुनै व्यापारी, कुनै जासुसलाई समेत भेट्न सक्नु हुनेछ । अझ तपार्इंले
एसोसिएट सङ्घ/संस्थाका नामबाट छानिएका पार्ष्हरूको सूची हर्ेर्नुभयो
भने त गैरपत्रकारहरूको फेहरस्ित नै पाउनु हुनेछ । के उनीहरू
हाम्रा नेता बन्न वा हाम्रा नेता छान्न योग्य छन् - छैनन् भने
किन आवाज नउठाउने - पत्रकार महासङ्घलाई पत्रकारहरूकै मात्र सङ्गठन
बनाउने हो भने यसको सदस्यता वितरणका निम्ति व्यावसायिक क्रियाशीलताको
स्पष्ट मापदण्ड बनाउनर्ैपर्छ । र, त्यसकै आधारमा मात्र सूचना
विभागको प्रेस-पास वितरणका लागि समेत पहल गर्नुपर्छ । त्यसैले
पेसागत मर्यादा जोगाउन जुन-जुन उम्मेदवारहरू यस्ता कठोर कदम
चाल्न तयार छन्, उनीहरूलाई मात्र छानौ“ ।
अलोकतान्त्रिक विधान ः गैरपत्रकारहरूले महासङ्घमा
प्रवेश पाउनुका पछाडि हाम्रो आफ्नै अलोकतान्त्रिक विधानले काम
गरेको छ । खासगरी पा“च वा दस जना पत्रकारले एक जना पार्ष् छान्ने
र ती पार्ष्ले मात्र केन्द्रीय नेतृत्व छान्न पाउने पुरातन प्रथा
नै गलत छ । यही प्रावधानलाई भर्याङ बनाएर पार्ष् सङ्ख्या बढाउन
जो पायो त्यहीको हातमा महासङ्घको सदस्यता पुग्ने गरेको छ । महाधिवेशनमा
आफ्नो भोट घट्ने भएकाले केन्द्रीय नेतृत्वमा रहेकाले पनि गैरपत्रकारहरूको
बाढीलाई रोक्न चाहेको देखि“दैन । महासङ्घमा जमिनदारी कायमै राख्न
चाहनेहरूबाट जबरजस्ती लादिएका पार्ष्हरूमार्फ गरनिे अप्रत्यक्ष
निर्वाचन प्रणाली आमपत्रकारहरूलाई मान्य छैन । सीमित प्रतिनिधिहरूमध्ये
केहीलाई पार्टर्ीीे ह्वीप लगाएर र केहीलाई ख्वाएर, पियाएर चुनाव
जित्न सकिन्छ भन्ने भ्रष्ट मानसिकताका कारण मात्र निरन्तरता
पाइरहेको हो यो प्रणालीले । त्यसैले आमसहभागिताका लागि ठेकेदारी
प्रथालाई बढावा दिने अहिलेको विधानबाट पार्ष् परम्पराका अलोकतान्त्रिक
दफाहरू तत्काल खारेज गरनिर्ुपर्छ । किनभने, प्रस्ट छ, पत्रकारको
विवेकको प्रतिनिधित्व ऊ स्वयम्ले मात्र गर्न सक्छ । त्यसैले
पार्ष्/प्रतिनिधिमार्फ नभई हरेक साधारण सदस्यले प्रत्यक्ष निर्वाचनबाट
केन्द्रीय नेतृत्व छान्न पाउने गरी तत्काल विधान संशोधन गरनि
आवश्यक छ । बार एसोसिएसनले यसैगरी नेतृत्व छान्न सक्छ भने हामी
पत्रकारहरूले किन नसक्ने - तर, यहा“नेर फेर िपनि ध्यान दिनुपर्ने
कुराचाहि“ उही सदस्यता वितरणस“ग जोडिएको छ । त्यसैले सदस्यता
नवीकरणको नया“ अभियान चलाएर गैरपत्रकारलाई पाखा लगाउने आ“ट जसमा
छ, यसपटक तिनैलाई अगाडि बढाऔ“ ।
हकहितको संरक्षण ः पत्रकार महासङ्घ प्रेस स्वतन्त्रता
र आमपत्रकारहरूको हकहित संरक्षणका लागि कार्यरत संस्था हो ।
यसले प्रेस स्वतन्त्रताका पक्षमा उल्लेखनीय योगदान गरेको पनि
छ । तर, त्यसबाहेक पत्रकारका अन्य हकहितका निम्ति यसले के-कति
भूमिका निर्वाह गरेको छ - कुन-कुन सञ्चार संस्थामा कति पत्रकारको
सुरक्षा र सेवा-सुविधा वृद्धिका लागि सङ्र्घष्ा गरेको छ - पत्रकारहरूलाई
सुविधा र आधुनिक प्रविधिले सुसज्जित तुल्याई पेसालाई थप दक्ष
एवम् मर्यादित बनाउन महासङ्घले सरकार वा सम्बन्धित सञ्चार संस्थाहरूसमक्ष
कतिपटक कुरा उठाएको छ -
कतिसम्म भने श्रमजीवी पत्रकार ऐनसमेत अहिलेसम्म
कार्यान्वयन हुनसकेको छैन । बढ्दो एनजीओकरण भएका कारण महासङ्घ
पत्रकारको हकहितभन्दा अरू बाटोमा अल्झने खतरा छ । महासङ्घलाई
एनजीओ बनाउने कि ट्रेड युनियन - यसलाई दातृ निकायहरूको प्रँेजेक्ट
चलाउने एनजीओ होइन, आमपत्रकारहरूको हकहित संरक्षण गर्ने र आवश्यक
पर्दा त्यसका लागि लड्नसमेत सक्ने ट्रेड युनियनका रूपमा विकास
गर्न जरुरी छ । के यसपटकको महाधिवेशनमा पनि यी कुराहरू नउठाउने
-
यो अपिल हामी केही पत्रकारहरूद्वारा तयार पारएिको
भए तापनि हामीलाई लाग्छ, पेसागत मर्यादा र व्यावसायिक इमानदारीप्रति
बफादार रही नेपाली पत्रकारतिाको बृहत्तर हित चाहने सबैको चाहनाको
प्रतिविम्ब हो । माथि उठाइएका कतिपय मुद्दाहरू आफै“मा पर्ूण्ा
छैनन्, धेरै पक्षहरू छुटेका पनि हुनसक्छन् । यसलाई पर्ूण्ाता
दिने कार्यमा मतदानपर्ूव र मतदानमार्फ सबैको थप सहयोग आवश्यक
छ । यसपटक कम्तीमा निम्न कुराहरूमा ध्यान पुर्याऔ“ ः
- विभिन्न दल-दरबारबाट टिकट लिएर आउने र तिनको
झन्डा बोक्नेलाई नेतृत्वमा पुर्याउने गल्ती नगरौ“ ।
- हामीले चुन्ने नेताको आचरण, पेसागत निष्ठाको
सही जा“च गरौ“ । व्यावसायिक पत्रकारतिाका लागि व्यावसायिक
नेतृत्व चयन गरा“ै ।
- महासङ्घलाई सा“च्चिकै पत्रकारहरूको हकहितका
लागि मरमिेट्ने संस्थाका रूपमा विकास गर्न चाहनेलाई छानौ“
।
- प्रत्यक्ष निर्वाचनलाई निषेध गर्ने हाल
विद्यमान विधानका अलोकतान्त्रिक दफाहरू खारेजीको पहल गर्ने
प्रत्याभूति लिऊ“ ।
- महासङ्घमा बढ्दो एनजीओकरण रोक्ने प्रतिबद्धता
मागौ“ ।
- मागेर वा धम्क्याएर होइन, लेखेर र श्रम
गरेर जीवनयापन गर्नेहरूलाई चुनौ“ ।
- महासङ्घ बनाउने नाममा एनजीओहरूलाई एसोसिएट
सदस्यता दिने र तिनमा काम गर्नेहरूलाई पत्रकारको लाइसेन्स
दिने प्रथा रोक्ने वचनबद्धता मागौ“ ।
- आमसञ्चारकर्मीको बृहत्तर हितका लागि आफ्नो
स्वार्थलाई तिलाञ्जलि दिन सक्ने र आवश्यक जोखिम मोल्न सक्ने
क्षमता छ/छैन, उचित जा“च गरौ“ ।
- नवीन सोच, नया“ विचार र जुझारु नेतृत्व
चयन गरौ“ ।
- -नेपाल पत्रकार महासङ्घको महाधिवेशनको पर्ूवसन्ध्यामा
व्यावसायिक पत्रकारहरूद्वारा प्रेषित पत्रबाट)
|