Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
पाठकको पत्र

पराजयको कारण

संविधानसभाको चुनावमा एमालेले अनुमान गरेभन्दा धेरै कम सफलता पायो -पराजयको लेखाजोखा, २९ वैशाख) । तत्कालीन महासचिव माधवकुमार नेपालले यसरी पार्टर्ीी पराजय भोग्नुपर्ला र आफूले स्व मदन भण्डारीको अवसानपछि लगातार सम्हाल्दै आएको महासचिवको पदबाटै हात धुनुपर्ला भनेर सोच्ोका पनि थिएनन् होला । तर, निर्ण्र्ााजनताको हो । जनताले खसाल्ने र उचाल्ने कौशल समयसमयमा देखाउ“दै आएका छन् । यसपटक पनि यो कौशलता देखाएरै छाडे ।

एमालेको राजनीतिक सिद्धान्तको धरातल मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद हो । यो नै यस पार्टर्ीीे दिर्ग्दर्शन हो र यो नै पार्टर्ीीई जीवित राख्ने मुटु हो । तर नेपालमा सशक्त राजनीतिक पार्टर्ीी रूपमा उभिएको एमालेलाई किन जनताले मत दिएनन् - के यो राजनीतिक सिद्धान्तप्रति नै अविश्वास भएर हो - होइन, यो सिद्धान्तले के भन्छ भन्ने कुरालाई जनतासमक्ष्ँ, जनताको भाषामा, जनजीवनमा त्यसका नेताहरूले पुर्‍याउन नसकेर हो  ।

उषा हमाल

इमेलबाट

मेलमिलाप नै हितकर

नेपाली काङ्ग्रेस, नेकपा एमाले र अन्य साना दक्षिणपन्थी दलहरूमा पनि राजालाई नभई राजसंस्था वा राजतन्त्रप्रति सहानुभूति राख्ने थुप्रै छन् -माओवादी सत्तारोहणस“गै उठेका प्रश्न, २९ वैशाख) । अनेक अवरोध, थुनछेक, माओवादीको डर, त्रास, भय, आतङ्क र बुथ कब्जाका बाबजुद पनि सङ्क्रमणकालको अन्त्य र शान्तिका लागि सबैले स्वीकारेको संविधानसभा चुनावमा राजाको पक्षमा प्रस्ट वकालत गरेको पार्टर्ीीाप्रपा नेपाललाई करबि १ लाख १० हजार मत प्राप्त भएको छ । सम्पर्ूण्ा जनताको मतको मूल्याङ्कन हुनर्ुपर्छ । हाम्रै छिमेकी मुलुकहरू र केही ठूला अन्य देशहरूमा पनि राजसंस्थालाई कतै सांस्कृतिक अधिकार दिएर त कतै 'सेरेमोनियल' बनाएर राखिएका उदाहरणहरू छन् ।

सबै कुराको बाधक राजतन्त्र नै हो भन्ने गलत धारणा कसैले राख्नु ह“ुदैन । गणतन्त्र स्थापित हु“दैमा सबै समस्याको हल हुन्छ भन्ने ग्यारेन्टी दलका नेताहरूले गर्न सक्छन् भने आमूल परविर्तन गर्न सक्ने महान् जनता आफ“ै संलग्न भएर नारायणहिटीबाट राजालाई निर्मल निवास पुर्‍याउन तयार छन् । जनआन्दोलन-२ मा जनता राजसंस्थाविरुद्ध नभई राजा ज्ञानेन्द्र, उनको निरङ्कुश शासन र युवराज पारसको कुकृत्यविरुद्ध सडकमा ओर्लिएका थिए । यदि राजा हटेपछि पनि देशमा अहिलेकै जस्तो अन्योल-अशान्ति रहिरहने हो, जनताले सास्ती नै खेपिरहने हो भने यी नेताहरू पनि देश छोड्न तयार हुनर्ुपर्छ । त्यसैले सबैलाई सबैतिर उचित ठाउ“ दिएर सहमति र मेलमिलापस“ग अघि बढ्नु नै सबै नेपालीका लागि हितकर हुनेछ ।

सञ्जीव सोडारी

तान्द्राङ, गोरखा, हाल ः काठमाडा“ै

रहस्यमय अमेरिकी दृष्टि

लामो समयदेखि अमेरकिी आ“खा माओवादीमाथि पर्दै आएको छ -प्रचण्ड-पावेल भेटको अर्थ, २९ वैशाख) । माओवादीले जनविश्वास पाए पनि अमेरकिाले कहिल्यै राम्रो आ“खाले हर्ेन सकेको थिएन । आफ्नो स्वार्थ पूरा नभएपछि अमेरकिाले माओवादीलाई आतङ्ककारीको सूचीबाट नहटाउने ढिपी गर्दै आएको थियो  । तर, संविधानसभामा नेकपा माओवादी सबैभन्दा ठूलो दल बनेपछि अमेरकिी धारणामा एकाएक परविर्तन आएको छ । यसपछाडिको रहस्य माओवादीले गम्भीर भएर पत्ता लगाओस् ।

थीरबहादुर दाहाल

खोटाङ, हाल ः मलेसिया

मिलीजुली शासन

जनताले दिएको आदेश सबै मिलेर शासन गर भन्ने हो -काङ्ग्रेस-एमालेका विकल्प, २९ वैशाख) । संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीलाई सरकारको नेतृत्व गर्न अन्य राजनीतिक दलको र्समर्थन र सहयोग आवश्यक छ । जनमतको कदर गर्ने हो भने सहमतिमा सरकार बन्नर्ुपर्छ । साथै, सबै मिलेर शासन गर्नु भन्ने आदेशको मनसाय बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा विपक्षीको भूमिका आवश्यक छैन भनेको होइन । दैनिक सत्ता सञ्चालन गर्न सत्तापक्ष र विपक्षको भूमिका उत्तिकै महत्त्वपर्ूण्ा हुन्छ व्यवस्थापिका-संसद्मा  । तर, गठबन्धनका राजनीतिक दल किन विपक्षीको भूमिका स्वीकार्दैनन्, बुझ्न सकिएको छैन ।

विडम्बना, सामान्य बहुमत प्राप्त गर्न नसकेका दलले पनि एक्लै सरकार हा“क्ने आ“ट गरेको पनि सुनिन्छ । त्यसकारण माओवादीले सामान्य बहुमत जुर्टाई दैनिक सत्ता सञ्चालन गर्ने र व्यवस्थापिकामा विपक्षीको भूमिका -औपचारकि) मान्यता दिई अघि बढ्ने कुरामा सबैको सहमति हुनर्ुपर्छ ।

दामोदर पौड्याल

झम्सीखेल-२, ललितपुर

काङ्ग्रेस हारका कारण

विगतका परण्िाामलाई आधार मानेर नेपाली काङ्ग्रेस नतिजा आफ्नै पक्षमा आउने कुरामा ढुक्क देखियो -काङ्ग्रेसले किन हार्‍यो - २९ वैशाख) । त्यसैले संविधानसभा निर्वाचनमा र्समनाक पराजय भोग्नुपर्‍यो । माओवादी र एमालेको चुनावी टक्करबाट आफ्नो विजय सुनिश्चित देखेको थियो उसले । तर, चुनावी परण्िाामस“गै सबै अनुमान र इतिहासको उलटफेर भयो । जनआन्दोलनपछि पार्टर्ीी जनताबीच जुन ढङ्गबाट सम्बन्ध स्थापित हुनुपर्ने हो, त्यस्तो सम्बन्ध कायम हुन सकेन, चुनावी माहौलका बेला पनि सो खाडल पर्ुर्ने काम पार्टर्ीीेतृत्वबाट हुन सकेन, उल्टै भ्रष्ट नेतालाई उम्मेदवार बनाउने, नातावाद, प्रतिद्वन्द्वीलाई कमजोर आकलन र युवावर्गलाई बेवास्ता गर्नु नै काङ्ग्रेस पराजयका कारण हुन् ।

मणि सुब्बा

त्रिभुवन विश्वविद्यालय, कर्ीर्तिपुर

कर्ण्ाालीको स्वास्थ्य

अधिकांश ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पह“ुच पुग्न सकेको छैन -कमजोर कर्ण्ााली, ८ वैशाख) । सेवा सुचारु भए पनि उपचार पर्याप्त नभएका गुनासा दिनप्रतिदिन बढ्दै गएका छन् । अझ विशेषतः कर्ण्ााली अञ्चलमा अवस्थित जिल्लाहरूमा देखिएका यस्ता समस्याहरूलाई सकभर चा“डो समाधान गर्ने बेला आएको छ । अस्पताल नजिक नहु“दा सुत्केरी व्यथा र पखाला लागेको अवस्थामा ठीक समयमा उपचार नपाउ“दा मृत्यु हुन पुगेको घटनाले त्यस क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । नया“ सरकार कर्ण्ााली क्षेत्रको स्वास्थ्य विकासमा संवेदनशील हुने हो कि -

बुद्धिलाल तामाङ

पृथ्वीनारायण-३, गोरखा

अनुहार मात्र नया“

संविधानसभाको चुनाव भएर नया“ अनुहारहरू आए पनि तिनले देशलाई कुनै परविर्तन गर्लान्जस्तो लाग्दैन -नया“ नेपाल, १ वैशाख) । जनताकै पिठ्यू“मा घोडा चढेर जनताकै खिल्ली उडाउने प्रवृत्तिका नेताहरूका कारण मुलुक पछाडि परेको हो । अब त सुधारएिर आउनुपर्ने हो ।

इन्द्रकुमार श्रेष्ठ

दियाले-३, ओखलढुङ्गा

 

सङ्केतबिनाको सुनामी

संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य कार्यक्रम, खाद्य तथा कृषि सङ्गठनजस्ता अन्तर्रर्ााट्रय सङ्घसंस्था तथा सङ्गठनहरूले खाद्यान्न सङ्कटको खतरा देखाइरहेका छन् -मूल्यवृद्धि रोक्न पहल, २९ वैशाख) । अझ कतिपयले त विश्वमा 'शान्त सुनामी' आउने भन्दै प्रलयको सङ्केत गर्न भ्याइसके । न भर्ूगर्भविद्हरूको कुनै चेतावनी, न जमिन डगमगाएको छ, न छालहरू उर्लिएका छन्, न भौतिक संरचनाहरू विनाशको क्रमको थालनी भएको छ । तर, सुनामीको लहरको सुरुवात भइसकेको छ, सुनामी आइसकेको छ । कुनै सङ्केतबिनाको सुनामी ! वास्तवमै यो खाद्यान्न सङ्कटको सुनामी हो, भोकमरीको सुनामी हो ।

पछिल्लो समय विकासोन्मुख होस् वा विकसित जुनसुकै अर्थतन्त्रमा खाद्यान्न सङ्कटका प्रस्ट सङ्केतहरूले सरोकारवालाहरूको ध्यानाकर्षा गरेको छ । गरबि मुलुकका जनता आफ्नो आम्दानीको ७५ प्रतिशतसम्म खाद्य सामग्रीको उपभोगमा खर्च गर्छन् तैपनि तिनका परकिारहरूको सूचीमा पोषणयुक्त खाद्यान्नहरूको कमी हुन्छ ।

अर्कोतर्फविकसित मुलुकका अधिकांश जनता आफ्नो आयस्रोतको बढीमा १५ देखि १८ प्रतिशत मात्रै खर्च गरेर पनि पोषणयुक्त खाद्यान्नको उपभोग गररिहेका हुन्छन् । वर्तमान मूल्यवृद्धिको शैलीले गरबि जनताले आम्दानी बढाउनुपर्ने देखिन्छ, जुन सामान्य अवस्थामा सम्भव छैन । यस्तोमा उनीहरूले भोकमरीविरुद्ध कडा आवाज उठाउनुपर्नेछ, जसको परण्िााम अत्यन्तै भयावह हुनसक्छ ।

खाद्यान्न उत्पादनको लागतमा वृद्धि हुनु, तापक्रम परविर्तनले उत्पादनलाई प्रभावित गर्नु आदि कारणहरूको योगले विश्वव्यापी रूपमा बढ्दै गइरहेको खाद्यान्नको मूल्यले एकातर्फखाद्यान्नको अभाव सिर्जना भइरहेको छ भने अर्कोतर्फखाद्यान्न प्राप्तिका लागि दङ्गा, भिडन्त र पर््रदर्शनी हुनेजस्ता गतिविधिहरू बढ्दै गई सामाजिक विचलनको सम्भावना पनि उच्च छ । यो विश्वव्यापी समस्या अहिले सबैको टाउको दुखाइ बन्दै गर्दा समस्या समाधानको साझा प्रयास खोजिनर्ुपर्छ ।

गोकर्ण्र्ाासाद उपाध्याय

मार्तडी, बाजुरा


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur