|

हालै एउटा कार्यक्रममा प्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालाले शेरबहादुर देउवालाई 'डिर्स्र्टब' गर्नुभयो ।
देउवा बोल्दै हुनुहुन्थ्यो, प्रधानमन्त्री कोइराला 'साइड-टक'मा
। साइड-टकलाई टेलिभिजनको माइकले टिपेका कारण वँस्तवमा
डिर्स्र्टब भइरहेको थियो । यत्तिकैमा देउवाले कोइरालालाई
चुप लाग्न आग्रह गर्नुभयो, त्यो पनि माइकमै । दर्शक सबैले
त्यस दृश्यलाई मन पराए । एकैछिन हा“सो र रमाइलो भयो ।
यो तस्बिर खिचेपछि मेरो मनमा एउटा कुरा उब्जियो, के बाबुराम
भट्टर्राई बोल्दै गर्दा प्रचण्डले साइड-टक गरेको भए भट्टर्राईले
प्रचण्डलाई चुप लाग्न भन्नुहुन्थ्यो, त्यो पनि माइककै
सामुन्ने ?
|