Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
  कूटनीति

 

नेपाली नियोग

न्युयोर्कमा ँसरकारी’ नेपाली

अमेरिकामा पनि नेपालकै सरकारी कार्यालयको नियति

गगनचुम्बी महलहरूलाई छिचोल्दै विद्युतीय भर्‍याङ् चढेर १७ औ“ तलामा पुग्दा नेपाली कूटनीतिज्ञहरू तामझामसहित बसेका देखिन्छन् । न्युयोर्कको म्यानहाटनमा रहेको संयुक्त राष्ट्रसङ्घ -यूएन)का लागि नेपाली स्थायी प्रतिनिधि र नेपाली कन्सुलर अड्डा हो यो ।

झट्ट हर्ेदा यी कार्यालय जनसर्म्पर्कका हिसाबले वासिङ्टन डीसीस्थित नेपाली दूतावासभन्दा व्यस्त लाग्छन्् । यद्यपि, केहीबेर त्यहा“ रहने हो भने त्यो गलत लाग्छ । भित्र पसेपछि न्युयोर्क होइन, नेपालकै कुनै सरकारी कार्यालयमा पुगेको अनुभूति हुन्छ  । कार्यालयको भौतिक स्वरूपले नेपाली सरकारीपनको झल्को दिन्छ  । वास्तविक दृश्य यस्तो छ ः बाहिर प्रतीक्षालयमा राहदानी बनाउन पा“च-सात जना बसिरहेका छन् । भित्रपट्ट िनियोगका पा“च-छ जना कर्मचारीको समूह कर्ुर्सर्ीीोडेर चियाको चुस्कीस“गै नेपाली राजनीतिक घटनाक्रमको गफमा मस्त छन । टेबलमा न्युयोर्कबाट प्रकाशित हुने नेपाली पत्रपत्रिकाहरू र अमेरकिी पत्रिकाका दैनिक संस्करणहरू छरएिका छन् ।

वाषिर्क झन्डै चार करोडको बजेट पाउने नियोगमा हाल सात जना नेपाली कर्मचारी छन् । यो सङ्ख्यास“गै अतिरत्तिm कर्मचारी र सवारी चालकको रूपमा चार जना अमेरकिीहरू पनि कार्यरत छन् । यूएनका लागि स्थायी प्रतिनिधि मधुरमण आचार्य भन्छन्, "चुस्त कार्यसम्पादनका लागि यो सङ्ख्या अपुग छ । तथापि, आर्थिक समस्याका कारण पर्ूर्ति गर्न सक्ने स्थितिमा छैनौ“ ।"

यूएनका लागि स्थायी प्रतिनिधिको कार्यालयस“गै कन्सुलरको अड्डा एक ठाउ“मा नराख्न सम्बद्ध अमेरकिी अधिकारीहरूले आफूहरूलाई दबाब दिइरहेको बताउ“छन्, आचार्य । थप्छन्, "अमेरकिी कानुनी प्रावधान नै यस्तो छ । तर, के गर्नु † स“गै रहनु हाम्रँे बाध्यता हो ।"

न्युयोर्कको यो अड्डा रहेको फ्ल्याट र अधिकारीहरूको आवासगृह भने नेपाल सरकारकै स्वामित्वमा छ । स्रोतका अनुसार, नेपाली नियोगमा कार्यरत अमेरकिी कर्मचारीहरूलाई अमेरकिी श्रम अनुसार पारश्रिमिक दिन गाह्रो पररिहेको छ । एक कर्मचारी भन्छन्, "काम थोरै भएका कारण उनीहरूले सम्झौता गरेका छन्, नत्र ड्राइभरकै पारश्रिमिक राजदूतको भन्दा बढी पर्न जान्छ ।" कूटनीतिक मर्यादा अनि नेपाली राष्ट्रिय पर्वमा आयोजना गरनिे भोजभतेरको खर्च त छ“दैछ ।

आर्थिक समस्या देखाउ“दै नियोगका केही नेपाली कर्मचारीहरूबाट जागिर छोड्ने गुनासाहरू आउन थालेको बताउ“छन् आचार्य । स्थायी प्रतिनिधि र कन्सुलरलाई छाडेर बा“की अरूको पारश्रिमिक आठ सयदेखि बढीमा एक हजार अमेरकिी डलरको हाराहारीमा छ । त्यो अमेरकिा बसोवासका लागि न्यून हो । अमेरकिी श्रम बजारमा नेपाली जनशक्तिको बढ्दो पलायनको पृष्ठभूमिमा कूटनीतिक सेवाका कर्मचारीहरूको जागिर छोड्ने गुनासाहरू यथार्थमा परण्िात हुने सम्भावनालाई नकार्न सकि“दैन ।

यूएनका लागि स्थायी नेपाली मिसनको कार्यसम्पादन कस्तो छ त - स्थायी प्रतिनिधि आचार्य भन्छन्, "शान्ति प्रक्रियालाई अगाडि बढाउनेबारे यूएनस“गको समन्वय नै हाम्रो प्राथमिकता हो, जुन निकै सकारात्मक रूपले बढिरहेको छ ।" शाही शासनकालमा सुरक्ष्ँा परष्िाद्को अस्थायी सदस्यमा इन्डोनेसियास“ग हार खेपेपछि नेपालले अहिले भने अभियानलाई थाती राखेको छ । आचार्यका अनुसार, द्वन्द्वमा रुमल्लिएकै अवस्थामा यस्तो अभियानलाई विश्व समुदायले सघाउ“दैन । अब अवस्था सुध्रिएको छ, यसबारेमा सरकारी निर्ण्र्ााभएपछि अभियान प्रभावकारी हुनसक्छ । यूएनका महासचिव बान की मुनको सम्भावित नेपाल भ्रमणका लागि पनि मिसनले पहल गररिहेको छ ।

स्थायी प्रतिनिधि आचार्य न्युयोर्क क्षेत्रमा गरिने जातीय, क्षेत्रीयसम्बन्धी नेपाली कार्यक्रमका अघोषित प्रमुख अतिथि पनि हुन् । करबि ६० हजार बराबरीको नेपाली समुदाय रहेको न्युयोर्कका अतिरत्तिm कनेक्टीकट र न्युजर्सर्ीीोत्रलाई समेत हर्ेन न्युयोर्कको कन्सुलर कार्यालयको पहिलो काम भनेको राहदानी बनाउने नै हो । यस कार्यालयमा अधिकांश नेपाली राहदानी नवीकरणकै लागि आउ“छन् । पछिल्लो तथ्याङ्क अनुसार, डीसीको दूतावास र न्युयोर्क गरेर बर्सर्ेे झन्डै १५ हजार राहदानी नवीकरण गरन्िछ, त्यसमा आधाभन्दा बढी न्युयोर्कबाटै हुन्छ ।

दिनेशजङ्ग शाह/न्युयोर्क


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur