|
नेपालप्रेमी नायक
हरेकपटक
काठमाडौ“ आइपुग्दा नेपालीको सम्मानले भावविभोर हुन्छन्, देवानन्द,
८२ । यसपटक उनी राष्ट्रिय पुस्तक पर््रदर्शनी तथा शैक्षिक मेलाको
मौका पारेर नेपाल आए । तर, आफ्नो व्यक्तिगत र चलचित्र जीवनका
रोमान्टिक आत्मकथा रोमान्सिङ् विथ लाइफ हस्ताक्षर गरेर पाठकको
हातमा सुम्पने अवसर पनि उनले छाडेनन् । उनको किताबमा त्यस्तो
के छ त - भन्छन्, "तपार्इं आफै“ पढ्नुहोस्, थाहा पाउनुहुन्छ
।"
भारतीय चलचित्र जगत्का नामूद हस्ती देवानन्द
चार २० उमेर काटिसकेको कसैले अनुमान गर्न सक्दैन । जमानामा उनको
कालो पहिरन देखेर युवतीहरूले कौसीबाट हाम फालेको चर्चा सुनिन्थ्यो
। नेपालसित उनको सम्बन्ध निकै पुरानो हो । देवानन्दको पहिलो
चलचित्र लभ इन अन मेरीको सुटिङ् नेपालमा भएको थियो । त्यसपछि
जोनी मेरा नाम, हरेराम हरेकृष्णजस्ता चलचित्रको छायाङ्कन पनि
यतै भयो । भन्छन्, "नेपाल चलचित्र छायाङ्कनको स्र्वर्ग
हो ।" तीन वर्षघि नेपाली चलचित्रकर्मीहरूले उनलाई विशेष
राष्ट्रिय चलचित्र पुरस्कारले सम्मान पनि गरेका थिए ।
नेपालका राजपरविारस“ग आत्मीय मित्रता रहेको
बताउने देवानन्द स्वर्गीय राजा वीरेन्द्रको विवाहमा पनि सामेल
भएका रहेछन् । सन् १९४६ देखि भारतीय चलचित्रमा छाएका देवानन्दको
पहिलो चलचित्र हो, हम एक है । त्यसपछि बाजी, जाल, मुनिमजी, सीआईडीजस्ता
चलचित्रहरूमा उनले अभिनय गरे । पुस्तक मेलामा उनी आफ्ना प्रशंसकहरूलाई
भन्दै थिए, "तपाईंहरू नआत्तिनुहोस्, म दिनभर तपाईंहरूकै
साथ रहनेछु ।" |
|
हजाम सभासद्
हजाम
पेसामा संलग्न महोत्तरी सुनामाईकी रामशीला ठाकुर, ३०, संविधानसभाको
सदस्य बन्न पुगेकी छन् । उनलाई समानुपातिकतर्फाट नया“ संविधान
लेख्ने ठाउ“मा पुर्याउने दल हो, नेपाल कम्युनिस्ट पार्टर्ीीसंयुक्त)
। ४ कक्षा पढ्दादेखि नै हजाम पेसा अ“गालेकी रामशीला ग्राहकहरूका
घर-घरमा गएर कपाल काट्ने गर्थिन् । संयुक्तका पर्ूवमहासचिव विष्णुबहादुर
मानन्धरको प्रभावका कारण १३ वर्षता राजनीतिमा चासो दिन थालेकी
उनी नाटक, सामाजिक कार्यलगायत बालविकास अभियानमा पनि संलग्न
छिन् ।
महिलाभन्दा पुरुषहरूको कपाल काट्न सिपालु छिन्
रामशीला । उनले यसै वर्षएसएलसी दिएकी हुन् । अहिले उनी नतिजाको
प्रतीक्षामा छिन् । गाउ“मा कपाल काट्दा धान र अन्य खाद्यान्न
मात्र पाएको उनको अनुभव छ । भन्छिन्, "राजविराजमा भएको
संयुक्तको तीनदिने अधिवेशनमा नौ सय रुपिया“ कमाएकी थिए“ ।"
उनलाई राजनीतिमा पतिले पनि साथ दिएका रहेछन् ।
एक सन्तानकी आमा रामशीला सभासद्को भत्ताको
केही अंश पीडित महिलाहरूको उत्थानमा लगाउन चाहन्छिन् । संविधानसभामा
उनी विशेषतः दलित समुदायको हकहितको पक्षमा आवाज उठाउने पक्षमा
छिन् । तर, सभासद् बनेपछि पनि उनी हजाम पेसा छाड्ने पक्ष्ँमा
भने छैनन् । भन्छिन्, "राजधानीका धेरै हजाम पसलहरूबाट अफर
आइरहेका छन् । सभासद् बने पनि म दिनको एक घन्टा कपाल काट्ने
काम गर्छर् |