Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
हामी नेपाली


मनुज चौधरी

प्रचण्डलाई खुला पत्र

प्रिय प्रचण्डजी †

तपार्इं अत्यन्त व्यस्त भएकाले यो पत्र पढ्ने समय तपाईंस“ग नहुन सक्छ । तर, केवल पा“च मिनेटको कुरा हो, पढिदिनुभयो भने यो छद्मभेषी स्तम्भकार अत्यन्त आभारी हुनेछ ।

सम्भवतः अब छिट्टै तपार्इंले सरकारको नेतृत्व सम्हाल्नुहुनेछ । अहिले तपार्इं आफ्नो दलका उच्चस्तरीय बैठकहरूमा एकपटक सत्ता हात परेपछि ५० वर्षम्म शासन गर्न सकिने कुरा गर्दै हुनुहु“दोरहेछ । नेपाली सेनालाई दर्ुइ वर्षभत्र प्रशिक्षित गर्न सकिने, माओवादीको ओझेलमा एमाले कमजोर बनेर जाने, नेपाली काङ्ग्रेसको मनोबल नराम्रँेस“ग खस्कने र नेपाललाई सा“च्चिकै माओवादीमय बनाउन सकिने तपाईंहरूको निष्कर्षरहेछ । हो, तपार्इंमा एक जना क्रान्तिकारी राजनीतिज्ञमा हुनुपर्ने कुटिलता, क्रूरता, कूटनीति र दक्ष्ँता सबै भएको देखियो । यी वर्षरूमा सत्तारुढ राजनीतिज्ञहरूबाट आजित भएको नेपाली मनोविज्ञानलाई तपार्इंले एकैसाथ हिंसाको बलले गलित र विचारको बलले उत्साहित तुल्याइदिनुभयो । तर, ती दिनहरू तपाईंका लागि अब समाप्त भएका छन् । आउ“दा दिनहरूमा तपाईंलाई जनताले हिंसाबाट तर्सिएर या विचारबाट बहकिएर होइन, कामका आधारमा मूल्याङ्कन गर्नेछन्  ।

काम गर्दा क्षणिक राजनीतिक स्वार्थ पूरा गर्न देशलाई दूरगामी रूपमा असर पर्ने कामहरू कृपया नगरििदनुहोला । नेपाली सेनालाई दर्ुइ वर्षभत्र माओवादीमुखी बनाउन सकिने तपाईंको निष्कर्षपर्ूण्ारूपमा राजनीतिक स्वार्थप्रेरति 'एजेन्डा' हो । तपाईंले हिंसाको संस्कृतिलाई संस्थागत गरेर देशलाई एउटा श्राप लगाइसक्नुभएको छ, जसले तपार्इंको सत्तँलाई पनि आउ“दा दिनहरूमा निरन्तर सताइरहनेछ । देशमा बा“की एउटा मात्र सबभन्दा शक्तिशाली र सङ् गठित संस्थालाई लोकतान्त्रीकरणका नाममा राजनीतीकरण गर्नुभयो भने त्यो नेपालका लागि अर्को ठूलो श्राप हुनेछ ।

सेनालाई मात्र होइन, तपार्इंले सरकारका अन्य अङ्गहरूलाई पनि पार्टर्ीीखी बनाउन प्रयास गर्नुहुने सम्भावना छ । तपाईंले सकारात्मक पाइलाहरू चालेर सत्तामाथिको पकड बलियो तुल्याउन खोज्नुभयो भने तपाईंको शासन ५० वर्षकायम रहला । तर, अधिकांशले गर्ने गल्ती दोहोर्‍याउ“दै आफ्नो मान्छेको संस्कृतिलाई पर््रवर्द्धन गरेर सत्ता टिकाउन खोज्नुभयो भने छिट्टै तपाईंहरूको पनि अन्य राजनीतिक दलहरूकै जस्तो हविगत हुनेछ । हिंसाको राजनीति शून्य हु“दा र देशमा राजनीतिक चेतना धेरै कम रह“दाको अवस्थामा त आफ्नो मान्छेले पञ्चायत जोगाइदिन सकेनन् भने अहिलेको हिंसात्मक र उच्च राजनीतिक चेतनाको वातावरणमा आफ्नो मान्छेले तपार्इंको सत्ता जोगाइदेलान् भनेर सोच्नु भूल हुनेछ । राम्रँे काम गर्नुभयो भने अरूका मान्छे पनि तपार्इंका आफ्नो मान्छे हुनेछन् । नत्र तपार्इंका आफ्ना मान्छेहरू पनि खुम्चि“दै पार्टर्ीीार्यकर्ता या पद र पैसालोलुप भ्रष्टहरूमा सीमित हुनेछन् ।

तपार्इंलाई लामो समय शासन टिकाउने महत्त्वाकाङ्क्षा छ भने तपाईंहरूको अहिलेसम्मको सबभन्दा सशक्त हतियार उपयोगको रणनीतिलाई अझ सशक्त ढङ्गबाट प्रयोग गर्नोस् । पहिले गरेजसरी शत्रु, मित्र सबैलाई उपयोग गर्नोस् । कसैलाई फकाउनोस्, कसैलाई धम्क्याउनोस्, कसैका सामु लम्पट भइदिनोस् । राष्ट्रिय स्वार्थका लागि जेजे हुनर्ुपर्छ, हुनोस् । यो अन्तिम घडीमा पनि म त भन्छु, राजतन्त्र पनि नफ्या“क्नोस् । त्यसलाई खोपीमा राखेर भोलि पर्दाखेर िउपयोग गर्नोस् ।

संविधानसभाको निर्वाचनपछि तत्काल देखिएको स्थिरताबाट तपार्इं धेरै ढुक्क हुनुभएको होला । म गलत सावित भएमा खुसी हुनेछु तर आउ“दा दिनहरू तपाईंका लागि जनयुद्धका दिनहरूभन्दा चुनौतीपर्ूण्ा हुनेछन् । त्यसमा पनि हामी जस्तो भूराजनीतिक अवस् थामा छौ“ र हामीले जेजस्ता विदेशी हस्तक्ष्ँेपहरू आजसम्म खेपेका छौ“, त्यसबाट तपाईंलाई बाह्य शक्तिहरूले निहित स्वार्थ भएका आन्तरकि शक्तिहरूलाई प्रयोग गरेर कुनै हालतमा शान्तिले शासन गर्न दिने छैनन् । देशमा शान्ति र स्थिरता नै भएन भने देश कसरी बनाउनुहुन्छ - आज मधेसले स्वायत्तता मागेको छ । भोलि उनीहरूले चाहेजति तपाईंले दिन नसकेपछि हेररिाख्नोस्, त्यहा“ आत्मनिर्ण्र्ााो अधिकारको माग उठ्नेछ । त्यसमा पनि सीमापारकिा जनतास“गको सामीप्य, सीमापारकिो विकासको आकर्षा अनि सीमापारकिो उक्साहटको राजनीति सबैको समीश्रणबाट तपार्इंले धान्नै नसक्ने स्थिति सिर्जना हुनसक्छ । जनयुद्धका बेलाजस्तो डरधम्कीले अब समस्या सुल्झनेवाला छैन । अनि, के गर्नुहुन्छ -

नेपालजस्तो भूराजनीतिक र आन्तरकि परििस्थति भएको देशमा स्थिरता, विकास र राष्ट्रिय अखण्डता राजनीतिक आस्  थाभन्दा माथि उठेको राजनीतिले मात्र हासिल हुनसक्छ । शत्रु होस् या मित्र, राष्ट्रिय स्वार्थका लागि सहयोगी हुने कुनै पनि व्यक्ति या संस्थालाई उपयोग गर्न सक्नुमै तपाईंको भलाइ छ । त्यसैले अझै पनि बलियो सांस्कृतिक र परम्परागत आधार भएको राजतन्त्र र बलियो सङ्गठनात्मक शक्ति भएको नेपाली सेना सङ्कटको घडीमा तपार्इंका लागि सबभन्दा शक्तिशाली सहयोद्धा हुनेछन् । वर्तमान अन्योल, अनिश्चय र हिंसाको वातावरणमा सेनालाई लोकतान्त्रीकरणका नाममा राजनीतीकरण गर्नु र सामन्तवाद अन्त्य गर्ने नाममा राजतन्त्र फ्या“क्नु राष्ट्रका लागि अत्यन्त घातक हुनसक्छ ।

हो, देशको यो दुरावस्थाका लागि राजतन्त्र ठूलो हदसम्म जिम्मेवार छ । तर, अब तपाईंको राष्ट्र निर्माणको गन्तव्यमा बाधा पुर्‍याउने तागत त्यसमा रत्तिभर छैन । गणतन्त्रको क्ष्ँणिक वेग र विजय दन्कि“दो उन्मादले नेपालको आन्तरकि र भूराजनीतिक अवस्थालाई बदल्न सक्दैन । विश्वास गर्नोस्, यो सामन्तवादको पृष्ठपोषक, राजतन्त्रको पर््रवर्तक, स्वार्थप्रेरति लिच्चडको चीत्कार होइन  । सम्भवतः तपाईंभन्दा खरो, निःस्वार्थ र दक्ष्ँताको कदर गर्ने राष्ट्रवादी गणतन्त्रवादीको पुकार हो ।

नेपाललाई राजनीतिज्ञ होइन, एक जना राजनेताको खा“चो थियो । त्यो खा“चो पूरा गर्ने अवसर तपाईंलाई प्राप्त भएको छ । विगतमा राजा वीरेन्द्र, गिरजिाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रलाई समयले त्यस्ता अवसरहरू प्रदान नगरेका होइनन् । तर, ती सबै इतिहासमा केवल राजनीतिक पात्रका रूपमा सीमित हुने भएका छन् । त्यस्ता राजनीतिक पात्रहरू त इतिहासमा कति जन्मिए कति । तर, राजनेताहरू विरलै जन्मन्छन् । सन् '६० को दशकका एक जना विवादास्पद तर चर्चित ब्रिटिस राजनीतिज्ञ इनोक पावेलले अहिलेसम्म पनि बारम्बार उद्धृत भइरहने गरी एकपल्ट भनेको, "हरेक राजनीतिज्ञको जीवन विफलतामा अन्त्य हुन्छ ।" आशा छ, तपाईं थोरै अपवादहरूमध्येका एक हुनुहुनेछ । तपाईंलाई यो छद्मभेषीको धेरैधेरै शुभकामना †

शुभेच्छुक

मनुज चौधरी


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur