Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

  नेपाल
  झटारो
  चरितचर्चा
  आँखीझ्याल
  अभिमत
  आउट अफ फ्रेम
  हामी नेपाली
  संवाद
  राजनीति
  छोटकरी
  आवरण
  सीमापारि
  शान्तिप्रक्रिया
  अर्थ
  खेलकुद
  डायास्पोरा
  प्रवास
  बसिबिया“लो
  जीवन र कला
  अनुभूति
  साहित्य
  पुस्तक
  इन्द्रेणी
  नोटबुक
 
  दृष्टिकोण

अब सरकारमा होइन, जनतामा


गुरुराज घिमिरे

अब सरकारमा होइन, जनतामा

नेपाली काङ्ग्रेसले २००७ सालको जनक्रान्तिको घोषणापत्र तयार गर्दा नै संविधानसभाको निर्वाचनमार्फ बन्ने नया“ संविधानका आधारमा राज्य सञ्चालन गर्ने उद्घोष गरेको थियो । अन्ततः त्यो उद्घोष अहिले झन्डै छ दशकपछि र्सार्थक भएको छ । तर, यो काङ्ग्रेसको नेतृत्वमा सफल भए पनि नेकपा माओवादीको सशस्त्र व्रि्रोहको शान्तिपर्ूण्ा रूपान्तरणको पर्ूवर्सतका रूपमा उसैको मुख्य मुद्दा भएर सम्पन्न भएको छ ।

माओवादी नेताहरूलाई राम्ररी थाहा भएको तथ्य के हो भने नेपाली काङ्ग्रेसको नेतृत्वमा बाहेक उनीहरूको बलबुताबाट मात्र यो सम्भव छैन र थिएन । त्यसैले उनीहरूले राजास“गका अनेक सत्ता-साझेदारीका प्रयासहरू निर्रथक भएपछि काङ्ग्रेसलगायत सात दलस“ग १२ बु“दे समझदारी गरेर अन्ततः यसलाई सम्भव तुल्याए । नेतृत्व जसको भए पनि हामीले स्वीकार्नैपर्ने यथार्थ के हो भने माओवादीहरू प्रखर रूपमा संविधानसभाका पक्षमा नउभिएका भए यो सम्भव नै थिएन  ।

लगभग ६० वर्षेखि पहिलो राजनीतिक शक्तिका रूपमा रहेको नेपाली काङ्ग्रेस दोस्रो स्थानमा झरेको छ भने माओवादी आ“धी-तुफानका बीच पनि नेकपा एमालेले आफूलाई महत्त्वपर्ूण्ा उदार वामशक्तिका रूपमा स्थापित गरेको छ । तर्राईमा नया“ शक्तिहरू उदाएका छन् । वषौर्ंदेखिको काङ्ग्रेसको आधार इलाकाका रूपमा रहेको तर्राईलाई मधेसी जनअधिकार फोरमलगायतले आफ्नो आधार इलाका बनाएका छन् । कसैले सोच्दै नसोचेका राजनीतिक दलहरूसमेत राज्यले अवलम्बन गरेको समानुपातिक निर्वाचन प्रणालीका कारण संविधानसभामा पुगेका छन् । संविधानसभा सा“च्चै नै समानुपातिक र समावेशी हुने भएको छ । र, सबै नेपालीका भावना नया“ बन्ने संविधानमा समेटिने आधार तयार भएको छ ।

यस्तो परििस्थतिमा देशभर एउटा बहस प्रारम्भ भएको छ, त्यो के भने अबको सरकार कस्तो बन्छ, बन्नर्ुपर्छ र सरकारको नेतृत्व यसले वा उसले गर्छ । यो बहस स्वाभाविक पनि छ, कारण २ सय ४० वर्षो शाही राजवंश शासकीय जीवनका आखिरी दिन गन्दैछ । यो चानचुने र सामान्य परविर्तन होइन । विश्वका शक्तिराष्ट्रहरू आर्श्चर्यचकित पनि छन्, कारण यो सबै युगान्तकारी परविर्तन नेपाली जनता आफ्नै बलबुतामा गर्दैछन्  । नया“ संविधान कस्तो बन्छ, त्यो त दर्ुइ वर्षछिको कुरा भयो, अहिले भने नया“ बन्ने सरकारबारेको चासो र छलफलले उच्च प्राथमिकता पाएको छ ।

खासगरी नेपालको सबैभन्दा जेठो र लोकतान्त्रिक मूल्य-मान्यताप्रति प्रतिबद्ध पार्टर्ीीेपाली काङ्ग्रेसभित्र चल्न थालेका छलफल र केही नेताहरूमार्फ अभिव्यक्त विचारहरूले राजनीतिक वृत्तमा टीकाटिप्पणीको स्थिति पैदा गरेको छ । के काङ्ग्रेसले कहिल्यै सत्ता छाड्नु हु“दैन - के वामपन्थीहरू कहिल्यै सत्तामा आउनु हु“दैन - अथवा जनादेशको उच्च सम्मान गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन काङ्ग्रेसले वातावरण बनाइदिनु हु“दैन - यस्ता प्रश्न या आग्रहहरू जतासुकै प्रकट भइरहेका छन् ।

नेपाली काङ्ग्रेसभित्र अहिले पनि एउटा डरलाग्दो प्रवृत्ति विद्यमान छ । त्यो के भने पुरानो लोकतन्त्रवादी पार्टर्ीीएकाले जनताले सधै“भर िमत हालिदिनुपर्ने, देशी-विदेशी शुभचिन्तकहरूले सदैव साथ दिनुपर्ने अनि स्वयम् पार्टर्ीी भने जनतालाई आफूस“गै राखिराख्न सिन्को पनि भा“च्नुनपर्ने । वास्तवमा यही प्रवृत्तिका कारण काङ्ग्रेसले छ दशकदेखिको आफ्नो राजनीतिक आसन संविधानसभा निर्वाचनमार्फ गुमाउनुपरेको हो । अहिले पनि काङ्ग्रेसका एकथरी व्यक्तिहरू पराजयमा माओवादीको दोष देखाएर आफ्नो अकर्मण्यता ढाकछोप गर्ने र पार्टर्ीीे सत्तामा टिकिरहने दाउमा छन् । र, अर्कोथरी कुनै उपायबाट राजतन्त्र जोगाउन सके त्यसैको बलमा आफ्नो पुनरुत्थान हुनसक्ने सपना बोकेका पटकपटकको राजनीतिक परीक्षणमा अनुत्तर्ीण्ा भएका असान्दर्भिक व्यक्तिहरू छन् । त्यसैगरी अग्रगमनका क्रान्तिकारी कुरा गर्ने तर पर्ूण्ारूपेण सामन्ती र यथास्थितिवादी चरत्रि भएका र दिनमा एक घन्टा पनि पार्टर्ीी लागि काम नगर्ने कागजी बाघका रूपमा नाम कमाएका, चारिित्रक रूपमा पथभ्रष्ट व्यक्तिहरू पनि छन् । यस्ता प्रवृत्ति कायम रहेसम्म पार्टर्ीीई अघि बढाउनु त परै जाओस्, जोगाइराख्न पनि सकि“दैन ।

पार्टर्ीीत्र केही व्यक्तिहरू काङ्ग्रेसले सत्ता छाड्नु नहुने जिकिर गररिहेका छन् । सत्ता छाडेपछि त आकाशै खस्छ भनेझै“ गरी माओवादीलाई सरकारको नेतृत्व गर्ने जनादेश नै प्राप्त नभएको र ३० प्रतिशत मत पाएको आधारमा माओवादीले बा“की ७० प्रतिशतको नेतृत्व गर्न नसक्ने भनाइ उनीहरू राखिरहेका छन्  । घामजत्तिकै र्छलङ्ग कुरा के हो भने संविधानसभाको निर्वाचन परण्िाामले माओवादी पार्टर्ीीई अग्रणी र ठूलो पार्टर्ीीनाएको छ । निर्वाचन कसरी भयो - मतदाताको विवेकलाई आतङ्कद्वारा कसरी बन्धक बनाइयो - इच्छाविपरीत कसरी मतदान गर्नुपर्‍यो - यो एउटा विश्लेषणको कुरा हो । यसमा सत्यता पनि छ । तर, निर्वाचनमा गइसकेर पराजयको परण्िााम आएपछि यस्ता कुरा निकाल्नुको कुनै अर्थ छैन  । एउटा लोकतन्त्रवादी पार्टर्ीीे कार्यकर्ता वा नेताका निम्ति यो शोभनीय हु“दैन । जनताले निर्भीकतापर्ूवक मत हाल्न पाइरहेका छैनन् भन्ने लागेको थियो भने स्थितिमा सुधार ल्याउन कसैले रोकेको थिएन, सत्ताको सा“चो आफ्नै हातमा थियो । तर्सथ, परण्िाामको गणितका आधारमा पहिलो मौका माओवादीलाई नै दिनर्ुपर्छ, उसले नसके मात्र अरूको हक लाग्छ र विकल्पहरूमा जान सकिन्छ ।

सत्ताको नेतृत्व माओवादीलाई दिनु भनेको राज्यको बागडोर सदाका लागि उसैलाई बुझाएको भनेर पनि बुझ्नु हु“दैन । यसका निम्ति केही पर्ूवर्सतहरू अनिवार्य छन् । किनभने, यो संविधान नलेखेसम्म निर्वाचनबाट प्राप्त गणितका आधारमा अल्पकालीन रूपमा देश चलाउने साझा सहमतिका आधारमा टेकेर सत्ता सञ्चालन गर्न दिएको मौका मात्र हो । यो र्सर्सत हुन्छ । लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा, बहुलवादको जगर्ेना, वाक् तथा प्रेस स्वतन्त्रता, मानव अधिकारको प्रत्याभूति, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन र लोककल्याणकारी राज्यजस्ता लोकतन्त्रका आधारभूत मान्यताहरूविपरीत माओवादी चल्न सक्दैन । त्यस्तै फरक विचारलाई निषेध गरेर राष्ट्र चलाउन सकिन्न । संविधानसभामा सबैले प्राप्त गरेको मत भनेको सहमतिमा संविधान बनाउन र राष्ट्र चलाउनका लागि हो, माओवादीको एजेन्डामा मुलुक अघि बढाउन होइन । र, माओवादीको घोषणापत्र लागू गर्न पनि होइन । त्यसैले विशुद्ध नया“ लोकतान्त्रिक संविधान लेख्न यो संविधानसभाको उपयोग हुनर्ुपर्छ ।

सत्ताको बेफुर्सर्दीले गर्दा यसपटक काङ्ग्रेसको बासमती चामल पनि बिकेन तर माओवादीको पीठो बिक्यो । उसले मकैको पीठोको यसरी विज्ञापन गर्‍यो कि जनता नलोभिइरहन सकेनन् । काङ्ग्रेसले आफूस“ग भएको वास्नादार बासमती चामलको प्रचार गर्न सकेन, जनतालाई थाहा दिन सकेन । त्यो किनभने नेपालको राजनीतिलाई निरङ्कुशताको जन्जिरबाट मुक्त गरेर यहा“सम्म ल्याइपुर्‍याउनमा काङ्ग्रेसको जति योगदान अरू कुनै पार्टर्ीीे छैन । ०६२-६३ को जनआन्दोलन पनि काङ्ग्रेसकै अविचलित नेतृत्वका कारण सफल भएको हो । यसका नेता गिरजिाप्रसाद कोइरालाको अडानकै कारण संसद् पुनःस्थापित भयो, आजसम्मको यात्रा तय गर्न सकियो । अजिङ्गरको रूपमा रहेका राजालाई मुसो बनाउने महान् कार्य काङ्ग्रेसकै नेतृत्वमा सम्पन्न भयो  । जनताका लुटिएका अधिकारहरू फिर्ता गराउनेदेखि हिंसाको बाटोमा हि“डेका माओवादीहरूलाई शान्तिको मार्गमा ल्याउने काम काङ्ग्रेसले गर्‍यो । एमालेलगायत सबै पार्टर्ीीलाई एउटै छातामुनि ल्याएर नया“ युगको थालनी गर्ने श्रेय पनि काङ्ग्रेसलाई नै जान्छ ।

तर, यी सबै कुरा जनतालाई बुझाउने काम काङ्ग्रेसबाट कहिल्यै भएन । त्यस्तै ०४६ यताका विकासका सबै प्रतिफलहरू काङ्ग्रेसद्वारा नै सम्पादित हुन् भन्ने कुरा पनि जनतासम्म पुग्न पाएन, बरू नकारात्मक पक्षको मात्र प्रचारप्रसार भयो । काङ्ग्रेस कसैको विचारलाई निषेध गर्दैन र सबैको भूमिकालाई उचित ढङ्गबाट संयोजन एवम् समायोजन गर्दै अघि बढ्न चाहन्छ भन्ने लोकतान्त्रिक विचारलाई पनि जनमानसमा पुर्‍याउन सकिएन । परण्िााममा पराजय बेहोर्नुपर्‍यो ।

पराजयको महत्त्वपर्ूण्ा कारण नै सत्ता थियो  । हामी सबैले यस्तो एउटा प्रवृत्ति देखियो र भोगियो पनि कि सत्तँमा पुगेपछि जनता दोस्रो दर्जाका हुन्छन् र आफू पहिलो दर्जाको । यही विभेदले पार्टर्ीीनतास“ग टाढि“दै गयो । यसरी टाढिएको पार्टर्ीी जनतास“गै अपेक्षा गर्नु विडम्बना नै थियो । तर, हामीले अपेक्षा भने गर्‍यौ“, जनताले दिएनन् । तर्सथ, सत्य के हो भने सत्तँबाट बिदा लिएर आफूले गरेका योगदान र राम्रा कामहरूको फेहरस्ित बोकेर काङ्ग्रेस जनसमक्ष गइहाल्नर्ुपर्छ । त्यसका लागि एउटा धारलिो पार्टर्ीींयन्त्र तयार गर्नुपर्छ । जनताले पत्याएका राम्रँ मान्छेहरूलाई जिम्मेवारी दिनर्ुपर्छ, जनताका सुखदुःखको हिस्सेदार बन्नर्ुपर्छ  । सत्ताको कचिङ्गलबाट आफूलाई अलग राख्नर्ुपर्छ । तर, नया“ संविधान बनाउने ऐतिहासिक अभिभारा बहन गर्नबाट भने चुक्नुहुन्न ।

लोकतन्त्रको उज्यालो पक्ष भनेकै विपक्षी विचारको कदर गर्दै आफ्नो हारलाई सहर्षस्वीकार गर्ने र पुनः जित्ने अभियानमा सरकि हुनु हो । हारका कारणहरूको खोजी गर्ने, पहिल्याउने र कमजोरी हटाउने सङ्कल्प गर्नु हो । त्यस्तै विगतका आफ्ना उज्याला पक्ष्ँहरूको सङ्कलन, सम्प्रेषण र जनतालाई भविष्यप्रति आश्वस्त गराउने क्रियाकलाप सञ्चालन गर्नु हो । बासी पात्रहरूको परविर्तन र नया“लाई जिम्मेवारी, सेनापति बदल्ने र फौजलाई सुसज्जित गर्ने निष्ठा, इमानदारी र योग्यताको उच्च मूल्याङ्कन गर्दै आत्मकेन्द्रित चिन्तन परत्ियाग गर्नु हो । र, साथै उच्च आत्मविश्वासयुक्त नेतृत्वको चयन गर्नु पनि हो । पुरानो, थोत्रो र मिति गुज्रेको इन्जिन राखेर चा“डै गन्तव्यमा पुग्न गाडी हुइ“क्याउ“दा दर्ुघटना हुन्छ नै, जस्तो भर्खरै सम्पन्न निर्वाचनमा भयो ।

-घिमिरे नेपाल विद्यार्थी सङ्घका पर्ूवसभापति हुन् ।)


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur