Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
  डायास्पोरा जीवनशैली
नेपालबाहिर सानो नेपाल

सन्तोष आचार्य/हङ्कङ्

बोलीचालीमा अहिले पनि दार्जीलिङलाई ७६औ“ जिल्ला भनि“दै आएको छ । त्यसो हो भने हङ्कङ्लाई नेपालको ७७औ“ जिल्ला भने कसो होला - हो, यदि तपाईं हङ्कङ्मा हुनुहुन्छ र यहा“को भौतिक विकासलाई अपवाद मान्ने हो भने तपार्इंले विदेशिएको अनुभव गर्नैपर्दैन । नेपालबाहिर एउटा सानो नेपालको अनुभूति दिन्छ हङ्कङ्ले ।

नेपालका विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, भेषभूषा, रहनसहन र गीत-सङ्गीत जीवन्त देखिन्छ हङ्कङ्मा । यहा“का जोर्डन, युनलङ्, चिम सा चर्ुइ, वानचाई, याउमाते, चुनवान आदि सहरमा रहेको नेपाली बस्तीका बाटाघाटामा नेपाली भाषामा नै आफ्ना दुःखसुख साटासाट गर्दै हि“डिरहेका नेपालीहरू प्रशस्त भेटिन्छन्  । र्सार्वजनिक बिदाका दिन तपाईं स्टारफेरी वा भिक्टोरयिा पार्कमा पुग्नुभयो भने बग्रेल्ती नेपाली अनुहारहरू नेपाली लबजमा बरबराइरहेको भेट्न सक्नुहुन्छ ।

नेपालीका रेस्टुरा“ तथा किराना पसलमा गुन्द्रुक, तामा, मस्यौरादेखि सुकुटीसम्म खरदि गर्न त पाउनुहुन्छ नै, त्यही“ घन्किरहेको पाउनुहुन्छ, रेश्मा सुनुवारको 'मै ठूली भइछु रे...'जस्ता गीतहरू । स्थानीय डिस्को थेकहरूमा नेपाली युवकयुवतीहरू हिन्दी र अङ्ग्रेजी गीतहरूमा मात्र होइन, नेपाली गीत 'च्याङ्वा हो च्याङ्वा...'मा मस्त नाचिरहेको भेट्न मुस्िकल पर्दैन ।

छोयला खान मन लाग्यो कि सेकुवा, कतै तपार्इंको स्वादे ज्रि्रोले भटमास सा“देको खान खोज्यो कि ढि“डो रोज्यो - यी सब हाजिर छन् । यहा“ नेपालीद्वारा नेपालीलाई नै लक्षित गरी वैधानिक रूपमा खोलिएका आधा दर्जनभन्दा बढी रेस्टुरा“हरूले तपार्इंको चाहना पूरा गर्छन् नै । अझ अवैधानिक रूपले खोलिएका दर्जना“ै 'रेष्टुरा“'हरूले नेपाली परकिार मात्र होइन, अवैधानिक रूपले यहा“ छिरेका नेपालीहरूलाई पनि रोजगार दिएर जसोतसो टिक्ने आधार पनि दिएका छन् ।

नेपालमा जस्तै थुप्रै किराना पसलहरू चलाएर बसेका छन् नेपालीहरू । वाईवाई चाउचाउ खाने कि शिखर चुरोट, मुरली मकै खाने कि तितौरा, पुस्टकारी कि गुदपाक- सबथोक पाइन्छ यहा“ । नेपाली क्यालेन्डर चाहियो कि नया“ वर्षो पात्रो, नेपाली गीत-सङ्गीतका चक्का चाहियो कि नेपाली चलचित्रका डीभीडीहरू या नेपालबाट प्रकाशित पत्रपत्रिकाहरू चाहियो, नपाइने केही छैन । अझ मदिराप्रेमीलाई भने गोर्खा बियरदेखि रोयल स्ट् याग हि्वस्कीसम्म छान्न पाउने सुविधा उपलब्ध छ । स्थ्ँानीय नेपाली व्यवसायी सुरज गुरुङका अनुसार, नेपाली समुदायको अत्यधिक बसोवास भएकाले नेपाली वस्तुहरूको हङ्कङ्मा उच्च माग छ । भन्छन्, "नेपाली समुदायका लागि हङ्कङ्-नेपाल पानीप“धेरोजस्तो भएकाले पनि हङ्कङ्मा अधिकांश नेपाली सरसामानहरू सहजै आइपुग्छन् ।"

१७ हजार नेपाली

सरकारी तथ्याङ्क अनुसार जातीय, क्षेत्रीय, वर्ग, पेसा गरी १७ हजार नेपाली अर्थात् 'आईडी होल्डर'हरूको बसोवास छ हङ्कङ्मा । त्यसमा पनि ९८ प्रतिशत त जनजाति समुदायका छन् । यो 'मिनी नेपाल'मा विभिन्न जातजाति र भाषाभाषीले आफ्ना परम्परा, रहनसहन, भेषभूषा र संस्कृतिको उत्तिकै जगर्ेना गरेका छन् । आफ्नो पहिचानप्रति उनीहरू र्सतर्क देखिन्छन् ।

नेपाली नया“ वर्षहोस् वा दस“ै-तिहार, फागु-ल्होसार आदि जस्ता पर्वहरूमा एकअर्कामा शुभकामना आदान-प्रदान गर्न र त्यही मेसोमा खानपिन र नाचगान गर्न चुक्दैनन् नेपालीहरू  । व्यस्त हु“दाह“ुदै पनि आफ्नो कामबाट समय निकालेर यस्ता गतिविधिमा सहभागी हुन्छन् । नेपाली समुदायले आफ्नो बिदाको सदुपयोग कुनै न कुनै रूपमा गररिहेकै हुन्छ । जस्तो ११ मे -वैशाख २९)मा इन्डिया क्लबमा यहा“को तमु प्ये ल्हु सङ्घले आफ्नो चौथो अधिवेशन गर्दैछ भने स्थानीय किरा“त र्राई यायोक्खाले जेठ १२ गते साकेला उभौली पर्व मनाउ“दैछ ।

यहा“का नेपालीहरूलाई भेट्दा यस्तो लाग्छ, उनीहरू हङ्कङे माटोमा बसे पनि नेपालीपनलाई नछाड्ने शपथ खाएका छन् । नेपालीपन जिउ“दै राख्न पराइभूमिमा पराइ हुन नदिएको स्थानीय एभरेस्ट साप्ताहिकका सम्पादक किसन र्राईको अनुभव छ । भन्छन्, "यहा“का नेपालीहरूले आफ् नोपन टिकाइराख्न अथक् प्रयत्न गरेका छन् । यस अर्थमा यहा“ नेपालीहरू अग्रपङ्क्तिमा छन् ।"

खेलकुद, साहित्य, शिक्षा, गीत-सङ्गीत, पत्रकारतिा, खानपिन, भेषभूषा र भाषामा आफ् नोपन त्यागेको छैन हङ्कङे नेपाली समाजले । नेपालको राजनीति, आर्थिक, सामाजिकलगायत सबै गतिविध्रि्रति उनीहरूको मनको तार पनि उत्तिकै जोडिएको छ । अझ यहा“ बसेर उनीहरू नेपालमा आर्थिकलगायतका सहयोग प्रदान गर्न हिचकिचाउ“दैनन् । धरान-हङ् कङ् मञ्चको सक्रियतामा धरानमा निर्माण भएको घन्टाघर यसैको उदाहरण हो ।

सहयोगी सञ्चारमाध्यम

एसियाको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने हङ्कङ्मा अल्पसङ्ख्यकका रूपमा रहेका भारतीय, पाकिस्तानी, फिलिपिनी, इन्डोनेसियाली आदिका तुलनामा नेपाली समाजमा आफ् नोपन भेटिन्छ  । नेपालीहरूले आफ्नै प्रयासमा स्थापना गरेका सञ्चारमाध्यमहरू पनि यहा“का नेपालीहरूलाई एक-आपसमा जोड्ने कडी बन्न पुगेका छन् । आर्थिक रूपले खासै फाइदा नभए पनि आफ्नो समय खर्चेर यहा“को नेपाली समाजलाई सूचना र मनोरञ्जन प्रदान गर्दैछन्, यी नेपाली भाषाका सञ्चारमाध्यमहरू । एभरेस्ट साप्ताहिक, सनराइज साप्ताहिक, एचके नेपाल डटकम, नेपाल डट एचके, आलोपालो डटकमजस्ता सञ्चारमाध्यमहरूले नेपालीहरूको सूचनाको तिर्सनालाई मेटाउने र उनीहरूलाई एक सूत्रमा उन्ने प्रयास गरेका छन् ।

यति हु“दाह“ुदै पनि विभिन्न उद्देश्य राखी जातिगत तथा क्षेत्रगत रूपमा यहा“ सयौ“ नेपाली सङ्गठनहरू स्थापित छन् । र, मुख्य उद्देश्यका लागि एक-आपसमा सङ्गठित नहुने संस्कार भने अलि का“डा बिझाउने खालको छ । यहा“ ७० वटाको हाराहारीमा नेपालीका विभिन्न सङ्घसंस्थाहरू छन् । यी संस्थाहरूका बीच छाता सङ्गठन भनेर हङ्कङ् नेपाली महासङ्घ खोलिए पनि त्यसमा आधा मात्र समेटिएका छन् ।

हङ्कङ् नेप्लिज फेडरेसनका पर्ूवअध्यक्ष हेजेन र्राई क्षणिक र सीमित स्वार्थका लागि सानो चित्तसहित संस्था खोल्ने र एउटा संस्थाले अर्कोलाई पटक्कै नगन्ने प्रवृत्तिले गा“जेको अनुभव सुनाउ“छन् । यसैले होला, उद्देश्य अनुरूप संस्थाले गहकिलो काम गर्नसकेको छैन । त्यस्ता संस्थाहरू मङ्की हिल होस् वा ताई मोसान केन्द्र्रीय पार्कमा बार-बे-क्युका साथ मनोरञ्जनमा मात्रै सीमित छन् । यहा“को नेपाली समाजमा कताकता नैतिक मूल्यको ह्रास हुने हो कि भन्ने डर छ । डर त यो पनि छ, चरम स्वार्थ र विचारको सा“घुरोपनले समाज विषाक्त हुने हो वा यहा“को नया“ नेपाली पुस्ता एकलका“टे र असामाजिक हुने हो - आफ् नो सोचाइ र प्रयत्न केवल आफूभित्र सीमित भएर असामाजिक भइदिने हो कि भन्ने भय पनि उत्तिकै छ ।

विदेशी धर्तीमा नेपालीपन बोकेर हि“डेका यहा“का नेपालीहरूमा कताकता एक किसिमको नियास्रोपन पनि भेटिन्छ । त्यसैले उनीहरू सक्दो आफ्नो कर्मथलोलाई नेपालीपनले ढाक्न खोज्छन् । ह“सिलो अनुहारभित्र पनि रोदनका डोबहरू भेटिन्छ । यसैले आफूले भोग्नु र अरूले देख्नुमा फरक पर्दो नै हो । हङ्कङ्का नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टर्राईले ७ फेब्रुअरी २००८ मा हङ्कङ्मा आयोजित एउटा बृहत् कविगोष्ठीमा छोटो हङ्कङ् बसाइको उकुसमुकुस यसरी पोखे ः

आफूले आफै“लाई बिर्सर्ेेतो

अनि, आफूलाई मात्र सम्झी बा“की सबैलाई बिर्सर्ेेतो

कोही पलपल सास्तीमा बा“चिरहेछ

कोही हरपल मस्तीमा डुबिरहेछ

अरूको जस्तो पनि हुन नखोजेको

आफ्नैजस्तो पनि बन्न नसकेको

यो कस्तो कस्तो -

तपाईं-हामीले भोगेको अरूले देखेको यो हङ्कङ्  ।

 

फलामे ढोका खुला

संसारकै अत्याधुनिक सहर हङ्कङ्मा पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्मका लेखक, पत्रकार, कवि, साहित्यकार, नेता, अभिनेता, गीतकार, सङ्गीतकार, गजलकारदेखि चित्रकारसम्म सबै भेटिन्छन् । सन् '९० को दशकमा कामदारका रूपमा सवा सयको हाराहारीमा रहेका नेपालीलाई बेलायत अधीनस्थ तत्कालीन हङ्कङ् सरकारको अध्यागमन विभागले जन्मदर्ता भएको प्रमाणपत्रका आधारमा पहिचानपत्र -आईडी कार्ड) बा“ड्न थालेपछि नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको हो । तर, हाल यहा“बाट बेलायततिर स्थानान्तरण हुनेको लस्कर पनि छ“दैछ ।

यसरी हङ्कङ्मा नेपालीहरू बसोवास गर्न थालेको दर्ुइ दशक पुग्दैछ  । तर, यहा“को नेपाली समुदाय व्यापारकि क्षेत्रमा बल्ल वामे र्सर्दैछ  । खासगरी रेस्टुरा“ व्यवसाय, कन्स्ट्रक्सन, म्यानपावर, मनी एक्सचेन्ज आदिमा नेपालीहरू क्रियाशील छन् । तर, विभिन्न सामानका आयात र निर्यातमा पाइला राख्ने नेपाली पनि बढ्दैछन् । हरेक वर्षबाह्रै महिना वानचाईको भ्यागुते घर, जो ठूलो पर््रदर्शनीस्थल हो, मा आयोजना गरनिे व्यापारकि मेलामा स्टल राख्ने परपिाटी भने अझै सुरु हुनसकेको छैन ।

व्यापारमा निकै अगाडि रहेका पाकिस्तानी र बङ्गलादेशीहरूले समेत आधिकारकि रूपमा देशीय व्यापारकि संस्था दर्ता गर्न नसकेको अवस्थामा हङ्कङे नेपालीहरूको भने हालै यहा“को सरकारबाट नेपाल चेर्म्बर्स अफ कमर्स विधिवत् रूपमा स्वीकृति पाई दर्ता भएको छ । अरूले भन्दा चा“डै वैधता पाएकामा खुसी हुनु त स्वाभाविकै हो । तर, आगामी दिनमा यसलाई बुद्धिमत्तापर्ूण्ा ढङ्गले, व्यापार-व्यवसायमा लाग्ने सबैलाई समेटेर नेपालीहरूको व्यापारकि भविष्यका लागि कसरी सहयोग गर्न सकिन्छ भनेर गम्भीर नभए दर्ता मात्रले खासै महत्त्व राख्दैन । जेहोस्, हङ् कङ् को व्यापारमा भविष्य खोज्ने नया“ पुस्ताका नेपाली व्यापारीहरूका लागि एउटा फलामे ढोका खोलेर सहज बनाइदिएको छ ।

साङ्गीतिक तथा साहित्यिक कार्यक्रमहरू भइरहने हङ्कङ् मा नेपालीहरू वर्षा एकपटक भए पनि भानुभक्त र देवकोटालाई सम्झन्छन् । यहा“का लेखक, कवि, साहित्यकार आदि सबै एउटै छातामुनि भने अटाउन सकेका छैनन् ।

यहा“को विमानस्थलको आगमनकक्षमा दिइने १५ दिने 'भिजिटर भिसा' बन्द गरएिपछि यहा“का नेपालीहरू अप्ठ्यारोमा छन् । कसैको मृत्यु, बिरामी वा अन्य कुनै कारणले आफ्नालाई यहा“ बोलाउनुपर्दा धेरै झन्झट बेहोर्नुपर्दछ । हुनत हाम्रो देशमा तत्कालीन समयमा भएको माओवादी जनयुद्धको बहानामा नेपालीहरूलाई चीन हु“दै हङ्कङ् ल्याएर छोडिदिने गिरोह सक्रिय भई अत्यधिक मात्रामा शरणार्थी आवेदन आउन थालेकाले भिसा बन्द गरएिको हङ्कङ् सरकारले स्पष्ट गरेको छ । तर, नेपाली र नाइजेरयिनलाई एउटै कोटीमा राखेर भिसा बन्द गर्नुचाहि“ दुःखद मान्नर्ुपर्दछ । आगामी दिनमा 'माओको देशमा' अहिले 'माओवादीमय' भएको गणतान्त्रिक नेपालका जनताले भिसाको यस्तो झन्झट बेहोरी रहलान् या यसबाट मुक्त होलान्, हर्ेन बा“की छ ।

-पौड्याल हङ्कङ्मा बस्छन्


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur