नेपालबाहिर
सानो नेपाल
सन्तोष आचार्य/हङ्कङ्
बोलीचालीमा
अहिले पनि दार्जीलिङलाई ७६औ“ जिल्ला भनि“दै आएको छ । त्यसो
हो भने हङ्कङ्लाई नेपालको ७७औ“ जिल्ला भने कसो होला - हो,
यदि तपाईं हङ्कङ्मा हुनुहुन्छ र यहा“को भौतिक विकासलाई अपवाद
मान्ने हो भने तपार्इंले विदेशिएको अनुभव गर्नैपर्दैन । नेपालबाहिर
एउटा सानो नेपालको अनुभूति दिन्छ हङ्कङ्ले ।
नेपालका विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति,
भेषभूषा, रहनसहन र गीत-सङ्गीत जीवन्त देखिन्छ हङ्कङ्मा । यहा“का
जोर्डन, युनलङ्, चिम सा चर्ुइ, वानचाई, याउमाते, चुनवान आदि
सहरमा रहेको नेपाली बस्तीका बाटाघाटामा नेपाली भाषामा नै आफ्ना
दुःखसुख साटासाट गर्दै हि“डिरहेका नेपालीहरू प्रशस्त भेटिन्छन्
। र्सार्वजनिक बिदाका दिन तपाईं स्टारफेरी वा भिक्टोरयिा पार्कमा
पुग्नुभयो भने बग्रेल्ती नेपाली अनुहारहरू नेपाली लबजमा बरबराइरहेको
भेट्न सक्नुहुन्छ ।
नेपालीका रेस्टुरा“ तथा किराना पसलमा गुन्द्रुक,
तामा, मस्यौरादेखि सुकुटीसम्म खरदि गर्न त पाउनुहुन्छ नै,
त्यही“ घन्किरहेको पाउनुहुन्छ, रेश्मा सुनुवारको 'मै ठूली
भइछु रे...'जस्ता गीतहरू । स्थानीय डिस्को थेकहरूमा नेपाली
युवकयुवतीहरू हिन्दी र अङ्ग्रेजी गीतहरूमा मात्र होइन, नेपाली
गीत 'च्याङ्वा हो च्याङ्वा...'मा मस्त नाचिरहेको भेट्न मुस्िकल
पर्दैन । 
छोयला खान मन लाग्यो कि सेकुवा, कतै तपार्इंको
स्वादे ज्रि्रोले भटमास सा“देको खान खोज्यो कि ढि“डो रोज्यो
- यी सब हाजिर छन् । यहा“ नेपालीद्वारा नेपालीलाई नै लक्षित
गरी वैधानिक रूपमा खोलिएका आधा दर्जनभन्दा बढी रेस्टुरा“हरूले
तपार्इंको चाहना पूरा गर्छन् नै । अझ अवैधानिक रूपले खोलिएका
दर्जना“ै 'रेष्टुरा“'हरूले नेपाली परकिार मात्र होइन, अवैधानिक
रूपले यहा“ छिरेका नेपालीहरूलाई पनि रोजगार दिएर जसोतसो टिक्ने
आधार पनि दिएका छन् ।
नेपालमा जस्तै थुप्रै किराना पसलहरू चलाएर
बसेका छन् नेपालीहरू । वाईवाई चाउचाउ खाने कि शिखर चुरोट,
मुरली मकै खाने कि तितौरा, पुस्टकारी कि गुदपाक- सबथोक पाइन्छ
यहा“ । नेपाली क्यालेन्डर चाहियो कि नया“ वर्षो पात्रो, नेपाली
गीत-सङ्गीतका चक्का चाहियो कि नेपाली चलचित्रका डीभीडीहरू
या नेपालबाट प्रकाशित पत्रपत्रिकाहरू चाहियो, नपाइने केही
छैन । अझ मदिराप्रेमीलाई भने गोर्खा बियरदेखि रोयल स्ट् याग
हि्वस्कीसम्म छान्न पाउने सुविधा उपलब्ध छ । स्थ्ँानीय नेपाली
व्यवसायी सुरज गुरुङका अनुसार, नेपाली समुदायको अत्यधिक बसोवास
भएकाले नेपाली वस्तुहरूको हङ्कङ्मा उच्च माग छ । भन्छन्, "नेपाली
समुदायका लागि हङ्कङ्-नेपाल पानीप“धेरोजस्तो भएकाले पनि हङ्कङ्मा
अधिकांश नेपाली सरसामानहरू सहजै आइपुग्छन् ।"
१७ हजार नेपाली
सरकारी तथ्याङ्क अनुसार जातीय, क्षेत्रीय,
वर्ग, पेसा गरी १७ हजार नेपाली अर्थात् 'आईडी होल्डर'हरूको
बसोवास छ हङ्कङ्मा । त्यसमा पनि ९८ प्रतिशत त जनजाति समुदायका
छन् । यो 'मिनी नेपाल'मा विभिन्न जातजाति र भाषाभाषीले आफ्ना
परम्परा, रहनसहन, भेषभूषा र संस्कृतिको उत्तिकै जगर्ेना गरेका
छन् । आफ्नो पहिचानप्रति उनीहरू र्सतर्क देखिन्छन् । 
नेपाली नया“ वर्षहोस् वा दस“ै-तिहार, फागु-ल्होसार
आदि जस्ता पर्वहरूमा एकअर्कामा शुभकामना आदान-प्रदान गर्न
र त्यही मेसोमा खानपिन र नाचगान गर्न चुक्दैनन् नेपालीहरू
। व्यस्त हु“दाह“ुदै पनि आफ्नो कामबाट समय निकालेर यस्ता गतिविधिमा
सहभागी हुन्छन् । नेपाली समुदायले आफ्नो बिदाको सदुपयोग कुनै
न कुनै रूपमा गररिहेकै हुन्छ । जस्तो ११ मे -वैशाख २९)मा इन्डिया
क्लबमा यहा“को तमु प्ये ल्हु सङ्घले आफ्नो चौथो अधिवेशन गर्दैछ
भने स्थानीय किरा“त र्राई यायोक्खाले जेठ १२ गते साकेला उभौली
पर्व मनाउ“दैछ ।
यहा“का नेपालीहरूलाई भेट्दा यस्तो लाग्छ,
उनीहरू हङ्कङे माटोमा बसे पनि नेपालीपनलाई नछाड्ने शपथ खाएका
छन् । नेपालीपन जिउ“दै राख्न पराइभूमिमा पराइ हुन नदिएको स्थानीय
एभरेस्ट साप्ताहिकका सम्पादक किसन र्राईको अनुभव छ । भन्छन्,
"यहा“का नेपालीहरूले आफ् नोपन टिकाइराख्न अथक् प्रयत्न
गरेका छन् । यस अर्थमा यहा“ नेपालीहरू अग्रपङ्क्तिमा छन् ।"
खेलकुद, साहित्य, शिक्षा, गीत-सङ्गीत, पत्रकारतिा,
खानपिन, भेषभूषा र भाषामा आफ् नोपन त्यागेको छैन हङ्कङे नेपाली
समाजले । नेपालको राजनीति, आर्थिक, सामाजिकलगायत सबै गतिविध्रि्रति
उनीहरूको मनको तार पनि उत्तिकै जोडिएको छ । अझ यहा“ बसेर उनीहरू
नेपालमा आर्थिकलगायतका सहयोग प्रदान गर्न हिचकिचाउ“दैनन् ।
धरान-हङ् कङ् मञ्चको सक्रियतामा धरानमा निर्माण भएको घन्टाघर
यसैको उदाहरण हो ।
सहयोगी सञ्चारमाध्यम
एसियाको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने
हङ्कङ्मा अल्पसङ्ख्यकका रूपमा रहेका भारतीय, पाकिस्तानी, फिलिपिनी,
इन्डोनेसियाली आदिका तुलनामा नेपाली समाजमा आफ् नोपन भेटिन्छ
। नेपालीहरूले आफ्नै प्रयासमा स्थापना गरेका सञ्चारमाध्यमहरू
पनि यहा“का नेपालीहरूलाई एक-आपसमा जोड्ने कडी बन्न पुगेका
छन् । आर्थिक रूपले खासै फाइदा नभए पनि आफ्नो समय खर्चेर यहा“को
नेपाली समाजलाई सूचना र मनोरञ्जन प्रदान गर्दैछन्, यी नेपाली
भाषाका सञ्चारमाध्यमहरू । एभरेस्ट साप्ताहिक, सनराइज साप्ताहिक,
एचके नेपाल डटकम, नेपाल डट एचके, आलोपालो डटकमजस्ता सञ्चारमाध्यमहरूले
नेपालीहरूको सूचनाको तिर्सनालाई मेटाउने र उनीहरूलाई एक सूत्रमा
उन्ने प्रयास गरेका छन् ।
यति हु“दाह“ुदै पनि विभिन्न उद्देश्य राखी
जातिगत तथा क्षेत्रगत रूपमा यहा“ सयौ“ नेपाली सङ्गठनहरू स्थापित
छन् । र, मुख्य उद्देश्यका लागि एक-आपसमा सङ्गठित नहुने संस्कार
भने अलि का“डा बिझाउने खालको छ । यहा“ ७० वटाको हाराहारीमा
नेपालीका विभिन्न सङ्घसंस्थाहरू छन् । यी संस्थाहरूका बीच
छाता सङ्गठन भनेर हङ्कङ् नेपाली महासङ्घ खोलिए पनि त्यसमा
आधा मात्र समेटिएका छन् । 
हङ्कङ् नेप्लिज फेडरेसनका पर्ूवअध्यक्ष हेजेन
र्राई क्षणिक र सीमित स्वार्थका लागि सानो चित्तसहित संस्था
खोल्ने र एउटा संस्थाले अर्कोलाई पटक्कै नगन्ने प्रवृत्तिले
गा“जेको अनुभव सुनाउ“छन् । यसैले होला, उद्देश्य अनुरूप संस्थाले
गहकिलो काम गर्नसकेको छैन । त्यस्ता संस्थाहरू मङ्की हिल होस्
वा ताई मोसान केन्द्र्रीय पार्कमा बार-बे-क्युका साथ मनोरञ्जनमा
मात्रै सीमित छन् । यहा“को नेपाली समाजमा कताकता नैतिक मूल्यको
ह्रास हुने हो कि भन्ने डर छ । डर त यो पनि छ, चरम स्वार्थ
र विचारको सा“घुरोपनले समाज विषाक्त हुने हो वा यहा“को नया“
नेपाली पुस्ता एकलका“टे र असामाजिक हुने हो - आफ् नो सोचाइ
र प्रयत्न केवल आफूभित्र सीमित भएर असामाजिक भइदिने हो कि
भन्ने भय पनि उत्तिकै छ ।
विदेशी धर्तीमा नेपालीपन बोकेर हि“डेका यहा“का
नेपालीहरूमा कताकता एक किसिमको नियास्रोपन पनि भेटिन्छ । त्यसैले
उनीहरू सक्दो आफ्नो कर्मथलोलाई नेपालीपनले ढाक्न खोज्छन् ।
ह“सिलो अनुहारभित्र पनि रोदनका डोबहरू भेटिन्छ । यसैले आफूले
भोग्नु र अरूले देख्नुमा फरक पर्दो नै हो । हङ्कङ्का नेपाली
महावाणिज्यदूत केशवप्रसाद भट्टर्राईले ७ फेब्रुअरी २००८ मा
हङ्कङ्मा आयोजित एउटा बृहत् कविगोष्ठीमा छोटो हङ्कङ् बसाइको
उकुसमुकुस यसरी पोखे ः
आफूले आफै“लाई बिर्सर्ेेतो
अनि, आफूलाई मात्र सम्झी बा“की सबैलाई बिर्सर्ेेतो
कोही पलपल सास्तीमा बा“चिरहेछ
कोही हरपल मस्तीमा डुबिरहेछ
अरूको जस्तो पनि हुन नखोजेको
आफ्नैजस्तो पनि बन्न नसकेको
यो कस्तो कस्तो -
तपाईं-हामीले भोगेको अरूले देखेको यो हङ्कङ्
।