चोमोलोङ्मा चुम्यो
ओलम्पिक ज्योतिले
चीन सरकार ओलम्पिक ज्योतिलाई उसकै शब्दको चोमोलोङ्मा
अर्थात् सगरमाथाको चुचुरोमा पुर्याउन सफल भएको छ । ओलम्पिक
ज्योति दौडका क्रममा थुप्रै मुलुकमा तिब्बत र्समर्थक पर््रदर्शनकारीबाट
तनाव झेल्नुपरे पनि चिनिया“ खेलाडीले अन्ततः वैशाख २६
गते बिहान ३ बजे ज्योतिलाई सगरमाथाको चुचुरोमा पुर्याइछाडे
। ज्योति दौड ग्रीसको एथेन्सबाट सुरु भएको हो ।
इतिहासमै पहिलोपटक गृष्मकालीन ओलम्पिक खेल आयोजना गरिरहेको
चीनका लागि त्यही छेकोमा तिब्बती र्समर्थकहरूले सुरु गरेको
पर््रदर्शनका कारण ज्योति सगरमाथा पुर्याउनु प्रतिष्ठाको
विषय बनेको थियो । ओलम्पिक ज्योति सगरमाथाको शिखरमा पुर्याइएको
यो नै पहिलो घटना हो । यसस“गै यस्तै थुप्रै पहिलो हुने
कर्ीर्तिमानका साथै बेइजिङ् ओलम्पिकलाई विगतको भन्दा भव्य
रूपमा सम्पन्न गर्ने चीनको एउटा प्रयास सफल भएको छ । ज्योति
दौडमा तिब्बती र्समर्थकहरूले अवरोध पुर्याउने आशङ्काका
कारण यस वर्षचीनले आफ्नो उत्तरी मोहडाबाट सगरमाथा आरोहण
रोकेको थियो । नेपाल सरकारले पनि चीनको आग्रहबमोजिम वैशाख
१९ देखि २९ सम्म आरोहणमा प्रतिबन्ध लगाएको थियो तर चीनले
ओलम्पिक ज्योति पुर्याएलगत्तै वैशाख २६ बाट फुकुवा गरिएको
छ ।
ज्योति सगरमाथा पुर्याउने अभियानमा नेपाल सरकारले गरेको
सहयोगप्रति चीन सरकारले एक विज्ञप्ति जारी गर्दै आभार
व्यक्त गरेको छ । "ज्योति सुरक्षित तवरले शिखर पुर्याउने
अभियानमा नेपालले देखाएको सद्भावले नेपाल र चीनबीचको मैत्रीपर्ूण्ा
सहयोगलाई उजागर गरेको छ," चिनिया“ प्रधानमन्त्रीलाई
उद्धृत गर्दै वैशाख २६ गते जारी विज्ञप्तिमा भनिएको छ
। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि ओलम्पिक ज्योति
सगरमाथाको शिखरमा पुर्याउन सफल भएकोमा चीन सरकार र चिनिया“
जनतालाई बधाई ज्ञापन गरेका छन् ।
उता चिनिया“ अधिकारीहरूले ज्योतिको सफल आरोहणस“गै नेपाली
भूमिमा विगत दर्ुइ महिनादेखि जारी तिब्बती र्समर्थकको
पर््रदर्शन केही मत्थर हुने आशा गरेका छन् । चिनिया“ अधिकारीका
अनुसार, बढी प्रचार पाइने भएकाले तिब्बत र्समर्थक पर््रदर्शनकारीले
ओलम्पिक ज्योतिलाई लक्षित गरेर आन्दोलन चर्काएका हुन्,
जुन अब न्यून हुनेछ । साथै, भारतमा निर्वासित तिब्बती
धार्मिक नेता दलाई लामाका प्रतिनिधि र चिनिया“ अधिकारीबीच
बेइजिङ्मा चालू वार्ता पनि सकारात्मक दिशामा अघि बढेकाले
तिब्बती समस्या चा“डै समाधान हुने आशा उनीहरूको छ ।