गगन संवाद
"गगन थापा आयो," प्रथम पुरुषले
मुख बिगार्दै सोध्नुभो, "सोडा कि आइस् -"
"सोडा," द्वितीय पुरुषले भन्नुभो
।
"मलाईचाहि“ पानी, घा“टी ख्याप्प समातेको
छ," तृतीय पुरुषले गिलास अघि सार्नुभो ।
"धन्न मनमोहन आएन," प्रथम पुरुषले
भन्नुभो ।
"त्यो ट्वा“टे -" द्वितीय पुरुषले
सोध्नुभो ।
"किसुनजी प्राइमिनिस्टर भएका बेला त्यसको
फर्र्ति हर्ेर्नुपथ्र्यो," तृतीय पुरुषले ऐतिहासिक उत्खनन
गर्नुभो ।
"गगनचाहि“ कसरी आयो -" द्वितीय
पुरुषकोे चिन्तास“गै मिसिएको जिज्ञासाको जवाफ दि“दै प्रथम
पुरुषले भन्नुभो, "गिरजिा दाजुलाई ठलो प्रेसर थियो ।"
"मलाई जगदीश आएकोचाहि“ स्वाद लाग्यो,"
गिलासको तरल पेय स्वाट्ट पार्दै प्रथम पुरुषले नै दोहोर्याउनुभो,
"त्यसले प्रकाशशरणलाई चेक गर्छ ।"
"ए भाइ भै“सीको भित्र्या“स छ -"
द्वितीय पुरुषले सोध्नुभो ।
"यहा“ केको भै“सीको भित्र्या“स खोजिराखेको
भन्या † बरु चिकेन ससेज मागौ“ न †" तृतीय पुरुषले भन्नुभो
।
"जगदीशको एउटा कुरा थाहा छ -"
द्वितीय पुरुषको जिज्ञासाको जवाफमा प्रथम पुरुष बोल्नुभो,
"पञ्चायतकै बेलादेखिको खेलाडी हो । नेविसङ्घ गठन गर्न
जा“दा प्रकाशशरणलाई नै लखेटेको होइन त † अर्जुन दाइ जिल्ला
पञ्चायतमा हुनुहुन्थ्यो ।" सबैका गिलासमा पेय थप्दै भन्नुभो,
"धन्न आयो ।"
"लाद्रद्रस्टमा, मनमोहनको नाम काटेर
बल्ल उसको नाम थपियो, मलाई सोध्नोस् न †" द्वितीय पुरुषले
गिलास स्वाट्ट पार्नुभो, चुरोट सल्काउनुभो र धवा“ फाल्नुभो
।
"साढे ४ बजेसम्म मनमोहनकै नाम थियो,"
प्रथम पुरुषले भन्नुभो, "गिरजिा दाजु आउनुभो एउटा लिस्ट
दिएर भन्नुभो- हामी संवेदनशील अवस्थामा छौ“, सहमत हुनोस् ।"
"यसरी हाम्रो नाम पर्यो," द्वितीय
पुरुषले पर्ववर्ती घटना सम्भ“mदै भन्नुभो, "मलाई मनमोहन
पटक्कै मन पर्दैन ।"
"परङ् द्र रङ् द्र रङ् बोलेको छ, कम्युनिस्टको
आलोचना गरेको छ," प्रथम पुरुषले कुरा सक्नुअघि सोध्नुभो,
"कम्युनिस्टलाई गाली गरेर के हुन्छ -"
"दुःखको कुरो गगन आयो," तृतीय
पुरुषले भन्नुभो, "यसपालि गिरजिा दाजुले रेसिस्ट गरेको
भए अर्कोपटक त्यसको हालत पनि मनमोहनको जस्तै हुन्थ्यो ।"
"गगनले बिहे गर्यो
होइन -" द्वितीय पुरुषले सोध्नुभो ।
"गर्यो तर भोजसमेत ख्वाएन," प्रथम
पुरुषले जवाफ दिनुभो ।
"कञ्जुस," द्वितीय पुरुष बोल्नुभो
।
"मख्खीचुस," तृतीय पुरुषले भन्नुभो
।
"सुजाताले छोरीको बिहेमा कस्तो सानदार
भोज ख्वाउनुभा'थ्यो," प्रथम पुरुषले दुखित भएर भन्नुभो,
"बिचरा चुनाव हार्नुभो ।"
"अब सुजाता के गर्नुहोला -" द्वितीय
पुरुषले सोध्नुभो ।
"जर्मनी र्फकने कुरा छ," प्रथम
पुरुषले जवाफ दिनुभो ।
"त्यसो गर्नु हु“दैन," द्वितीय
पुरुषले भन्नुभो, "पार्टर्ीीई चाहिने मान्छे †"
"एक हाफ थपौ“ है †" प्रथम पुरुषले
भन्नुभो, "खोइ तपाईंहरको बा“की नै छ ।" अनि, प्रस्ताव
राख्नुभो, "ल ग्याम्बे †"
"आरजु आएको राम्रो भो," द्वितीय
पुरुषले भन्नुभो ।
"खानदानी महिला †" प्रथम पुरुषले
सही थाप्दै भन्नुभो, "शेरबहादुरजीस“ग शारीरकि सम्बन्ध
नभएको भए राप्रपाका जरसाहेबहरले नोमिनेट गर्थे ।"
"आमा उताबाट हुनुहुन्छ नि †" तृतीय
पुरुषले सचना प्रवाह गर्नुभो ।
"गगनले कति पढेको छ -" प्रथम पुरुषले
सोध्नुभो ।
"एमए," द्वितीय पुरुषले जवाफ दिनुभो
।
"तर, फर्रर अङ्ग्रेजी बोल्छ,"
प्रथम पुरुषले आर्श्चर्य व्यक्त गर्नुभो ।
"अङ्ग्रेजी को बोल्दैन - पशुपतिका माग्ने
त बोल्छन्," द्वितीय पुरुषले चित्त दुखाउनुभो ।
"पशुपतिका माग्ने त कुन्नि, दार्जीलिङका
ट्याक्सी ड्राइभरचाहि“ गज्जबले बोल्दा र'छन्," प्रथम
पुरुषले सुनाउनुभो ।
"आई क्यान अल्सो स्पीक इङ्लिस †"
तृतीय पुरुषले भन्नुभो, "आई क्यान स्पीक वेटर देन गगन
†" त्यसपछि सोध्नुभो, "सु लाई अङ्ग्रेजीमा के भन्छन्
-"
द्वितीय पुरुषले एक क्षण सोचेर बताउनुभो,
"सु लाई अङ्ग्रेजीमा जुत्ता भन्छन् ।"
"होइन," तृतीय पुरुषले प्रतिवाद
गर्दै भन्नुभो, "लगाउने सु होइन ।" त्यसपछि कान्छी
औ“ला देखाएर भन्नुभो, "यस्तो...†"
"किन चाहियो -" द्वितीय पुरुषले
सोध्नुभो ।
"मलाई जानुपर्यो," तृतीय पुरुषले
भन्नुभो ।
"जीवनप्रेमजी," प्रथम पुरुषले
भन्नुभो ।
"शोभाकरजी †" द्वितीय पुरुष बोल्नुभो
।
"पुरुषोत्तमजी पनि पीडित मान्छे हो,"
प्रथम पुरुषले भन्नुभो, "पार्टर्ीी तलबसमेत दिएको छैन
। "
"तपाईं कसरी चल्नु भा'छ -" द्वितीय
पुरुषले सोध्नुभो ।
"म त दाहिने-देब्रे गरेर चल्दैछु,"
प्रथम पुरुषले भन्नुभो, "पुरुषोत्तमजी चाहि“ त्यो पनि
गर्नुहुन्न ।"
"सभासद्को तलब कति हुन्छ -" द्वितीय
पुरुषले सोध्नुभो ।
"चानचुन ६० हजार," प्रथम पुरुषले
जवाफ दिनुभो ।
"एक महिनाको -" द्वितीय पुरुषले
परक प्रश्न गर्नुभो ।
"हो त †" यसो भनेर दुवैले एकअर्कालाई
म्वाइ“ खानुभो ।
"गगनले पाउने पनि उत्ति नै हो -"
द्वितीय पुरुषले सोध्नुभो ।
"हो," प्रथम पुरुषले दुःख व्यक्त
गर्नुभो ।
"भाषण गरी हि“डेको भरमा ६०-६० हजार
†" द्वितीय पुरुषले मुख बिगार्नुभो ।
"एक हाफ थपौ“ है," प्रथम पुरुषले
भन्नुभो ।
"जाने होइन र -" द्वितीय पुरुषले
सोध्नुभो ।
"फर दी रोड," प्रथम पुरुषले अनुरोध
गर्नुभो ।
बेराले सचना दियो, "बार बन्द भो †"
प्रथम पुरुषले सोध्नुभो, "के रे †"
उसले दोहोर्यायो, "वार बन्द भो †"
प्रथम पुरुषले ठूलो स्वरमा सोध्नुभो, "रेस्टुरा“को
मोल कति हो -"
बेराले सोध्यो, "किन सर -"
प्रथम पुरुषले भन्नुभो, "म यो रेस्टुरा“
किन्छु ।"
बेराले सोध्यो, "मलाई चिन्नुभो -"
प्रथम पुरुषले भन्नुभो, "को हौ भाइ
-"
बेराले भन्यो, "म पनि सभासद् हु“ ।"
अनि भन्यो, "उतै भेटौ“ला †" |